निर्णय नं. ४१५५ - नकवजनी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१५५ - नकवजनी चोरी भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/१४ २४५९ निर्णय नं. ४१५५ ने.का.प. २०४७ अङ्क ५ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४७ सालको प्रतिवेदन नम्बर २६ आदेश भएको मिति : २०४७।५।१४।५ मा विपक्षी/वादी : श्री ५ को सरकार विरुद्ध निवेदक/प्रतिवादी : सदरखोर डिल्लीबजार थुनामा बस्ने मचाकाजी महर्जन मुद्दा : नकवजनी चोरी (१) राजदुतावासमा भएको चोरी सम्बन्धी मुद्दालाई लम्बाई राख्नु उचित समेत नहुँदा यस मुद्दालाई प्राथमिकता दिई यो प्रतिवेदन दाखिल भएको मितिले ३ (तीन) महीना भित्र मुद्दा किनारा गरी नतिजाको जनाउ दिने । (प्रकरण नं. १) आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. श्री काठमाडौं जिल्ला अदालत के प्रतिवेदनको व्यहोरा समेत पेश भयो । यसमा मुलुकी ऐन चोरीका महलको ११, १२ नं. आदिमा गरिएका कुराहरुको निमित्त चाहिने कुरा र सोही ऐनको अदालती बन्दोबस्तको ११८ नं. को देहाय १० मा भएको व्यवस्था अनुसार थुनछेकको आदेश गर्दाको अवस्थामा धरौटीको अंक तोक्दा विचार गर्नुपर्ने कुराहरु अभियुक्तलाई बयान गराउँदा बयानमा नै खुलाई राख्नु पर्नेमा सो बमोजिम बयान लिइँदा स्पष्ट रुपले खुलाउनु पर्ने कुराहरु बयानमा खुलाइएको देखिँदैन । आइन्दा यस्तो प्रकारको मुद्दाहरुमा यी कुराहरुलाई ध्यानमा राखी बयान गराउने भनी प्रस्तुत मुद्दामा प्राप्त प्रतिवेदनबाट ततिम्बा बयान गराउनु पर्ने भन्ने समेत कुरा उचित देखिँदैन । प्रस्तुत मुद्दा राजदुतावासमा भएको चोरी सम्बन्धी उपर यसरी मुद्दालाई लम्बाई राख्नु उचित समेत नहुँदा यस मुद्दालाई प्राथमिकता दिई यो प्रतिवेदन दाखिल भएको मितिले ३ (तीन) महीना भित्र मुद्दा किनारा गरी नतिजाको जनाउ दिनु होला । इतिसम्वत् २०४७ साल भाद्र १४ गते रोज ५ शुभम् । भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं : ०७५-WO-००३४ ११५१६ - सम्पत्ति शुद्धीकरण फैसला मिति : २०८०/११/०२ | मुद्दा नं : ०७८-CR-०२३६ धेरै हेरिएका नजिरहरु निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८ निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३ निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२ निर्णय नं: # ९२७३ - मानाचामल फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६ निर्णय नं: # ९३१९ - उत्प्रेषण फैसला मिति : 2070/10/20 | मुद्दा नं : ०६९–WS–००३५