निर्णय नं. ४१५६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१५६ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४७/०३/१३ २४४५ निर्णय नं. ४१५६ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४७ सालको फौ.सा.नं. ८१ फैसला भएको मिति : २०४७।३।१३।४ मा वादी : लक्ष्मण बस्नेत समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.का. कारागार शाखा लम्जुङमा थुनामा रहेको प्रेमबहादुर बस्नेत मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादीले अदालतमा बयान गर्दा कसूरमा इन्कार रही आफू वारदात स्थलमा नभएको भनी बयान गरे पनि सो को विश्वास योग्य सबूद प्रमाण गुजार्न नसकेकोले सो इन्कारी मात्र भरपर्दो मान्न नमिल्ने । (प्रकरण नं. २०) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।१०।२ को फैसला उपर साधकको रोहबाट दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. २०४४।८।१९ गते चिति गा.पं. वडा नं. १ बस्ने मेरो दाजु नाता पर्ने कालु बस्नेत गोठमा सुतेको अवस्था मरी रहेको निजकै छोरा लक्ष्मण बस्नेतले देखी हार गुहार गरेको र म समेतका व्यक्ति सो ठाउँमा गई हेर्दा कालु बस्नेत मरी रहेका देखिएकोले निज आफैं मरेको हो वा अरु कसैले कर्तव्य गरी मारेको हो मलाई थाहा छैन । निजलाई मार्ने अपराधी पत्ता लगाई कारवाही गरिपाउँ भन्ने समेत मनबहादुरको दर्खास्त । ३. घटनास्थलमा गोठभित्र कान्लो तिर चप्पल जोर १, विड सहितको बन्चरो १, खुर्पी १ समेत भएको सो ठाउँमा रगत र बमन थुप्रो लागेको बन्चरोको पासोमा १।२ छिट्का रगत लागेको लाशको नाभीस्थान देखि तल सिरकले ढाकिएको सो सिरकमा रगत लागेको देब्रे आँखामा चोट परे जस्तो नाक मुखबाट रगत आई पुरै अनुहार रगताम्य भएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. प्रेमबहादुर बस्नेतलाई सोधपुछ गर्दा मृतकलाई प्रहार गरेको लाठी खरबारीमा छ भनी भनेकोले सो ठाउँमा गई हेर्दा लाठी भेटिएको भनी लाठी बरामद भएको मुचुल्का । ५. मेरा बाबु कालु बस्नेतलाई प्रेमबहादुर बस्नेतले कुन कुन हतियार प्रयोग गरी कर्तव्य गरी मारेका हुन् निजलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत डोर मुकाममा लक्ष्मण बस्नेतले दिएको जाहेरी दर्खास्त । ६. मेरी श्रीमती बेला मौकामा बिरामी भइरहने र झारफुक गर्दा कालु बस्नेतले बोक्सा बोक्सी लगाई दियो भनी अर्को तेलबहादुर गुरुङले भनेको हुँदा सोही रिसइवीले कालु बस्नेत गोठमा सुती रहेको अवस्था लाठीले हानी मारेको हुँ भन्ने समेत प्रतिवादी प्रेमबहादुर बस्नेतले प्रहरीमा गरेको बयान कागज । ७. २०४४।८।१९ गते म प्रेमबहादुरको घरतर्फ गएको थिएँ, सोही अवस्था निज प्रेमबहादुरकी श्रीमती छट्पटाउने कराउने गरेको हुँदा तेलबहादुर गुरुङलाई बोलाई ल्याई निजबाट झारफुक गरी रहेको अवस्था प्रेम बहादुरले हातमा खुर्पा लिई कालु बस्नेतलाई काट्छु भनी निज कालु बस्नेतको घरतर्फ जान लाग्दा म समेतले निजलाई समाती खुर्पा खोसेको हुँ भन्ने समेत व्यहोराको धनबहादुरको प्रहरीमा भएको कागज । ८. मृतक बुढो मानिसको गिदी मगजमा चोट पटक लागी मुर्छा परी मरेको भन्ने लाश पोष्टमार्टम रिपोर्ट । ९. भाउजू जमुना बस्नेत दिर्घ रोगी थिइन, अघि अघि पनि निज झाँक्रीले झारफुक गर्ने गर्थे । ०४४।८।१९ गते पनि भाउजू सारै विरामी भएकोले तेलबहादुरलाई बोलाई झारफुक गर्दै थिए । त्यसै बखत दाजु प्रेमबहादुर के कुरामा हो रिसाई उत्तेजित भई हातमा खुर्पा लिई मेरो श्रीमतीलाई दुःख