निर्णय नं. ४१५७ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१५७ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/११ २३२७ निर्णय नं. ४१५७ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. ५४४ आदेश भएको मिति : २०४६।५।११।१ मा रिटनिवेदक : केन्द्रीय कारागारमा थुनामा रहेको जयराम बासुकलाको हकमा प्रेमबहादुर बासुकला विरुद्ध विपक्षी : श्री ५ को सरकार गृह मन्त्रालय सिंहदरवारसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) मिति २०४५।६।२३ र २०४६।२।८ को नजरबन्दीको आदेशलाई लिएर मात्र प्रस्तुत रिटनिवेदन पर्न आएको र रिटनिवेदन परी सकेपछि मात्र मिति २०४६।४।८ को आदेशानुसार रिटनिवेदकलाई नजरबन्दमा राखेको देखिएको हुनाले पहिलेको कुरालाई लिएर पर्न आएको यस रिटनिवेदनबाट हाल मिति २०४६।४।८ गतेको नजरबन्दको आदेशमा विचार गर्न मिल्ने अवस्था नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री युवराज संग्रौला विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. हाल केन्द्रीय कारागारमा बन्दी बनाइनु भएका मेरा दाजु श्री जयराम बासुकला ताथली पञ्चायतका प्रधानपञ्च हुनुहुन्छ । गाउँको विकास कार्यक्रममा सक्रियतापूर्वक लाग्नु भएका बन्दी जयराम बासुकलालाई प्रत्यर्थी नं. २ ले सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(१) खण्ड ‘ख’ को आधारमा थुनामा राख्ने भनी दिएको आदेश बमोजिम प्रत्यर्थी नं. ३ ले पनि मिति २०४५।६।२३।१ देखि केन्द्रीय कारागार काठमाडौंमा नजरबन्दी गरी थुनामा राखेको छ । निज दाजुलाई थुनामा राख्नु पर्ने अवस्था कसरी सृजना भयो भनी प्रत्यर्थी नं. २ समक्ष बुझ्दा निज दाजुलाई केही समयको लागि केही कुरा बुझ्नु पर्ने भएबाट थुनामा राखिएको केही समयपछि रिहा गरिनेछ भन्ने मौखिक आश्वासन बारम्बार दिइयो । तर ९ महिना समाप्त हुँदा पनि रिहा नगरी मिति २०४६।२।१८ गतेमा जिल्ला कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारीको सहीछाप परेको विषय म्याद थप गरिएको भन्ने थुनाको म्याद बढाइएको अर्को थुनुवा पुर्जी निज बन्दीलाई बुझायो । उक्त थुनुवा पुर्जीमा मिति २०४५।६।२३ गतेको आदेशले सार्वजनिक सुरक्षा ऐन अन्तर्गत नजरबन्द राखिएकोमा नजरबन्दको अवधिको ९ महिना पुग्ने मितिबाट पुनः नजरबन्दमा राख्ने श्री ५ को सरकारको मिति २०४६।२।८ मा निर्णय भएकोले निर्णयानुसार अनुरोध गर्दछु भन्ने वाक्यांश अंकित भए बमोजिम पुनः थुनामा राख्ने कार्य यथावत गर्ने काम प्रत्यर्थीहरुबाट भएको छ । मिति ०४५।६।२३ मा दिएको थुनामा राख्ने आदेशमा थुनामा राख्नुपर्ने कारणको सर्वथा अभाव छ । यस्तो कानुन विपरीत आदेशबाट राखिएको थुनाको कार्यलाई निरन्तरता प्रदान गर्ने उद्देश्यले पुनः २०४६।२।१८ मा सोही प्रत्यर्थीले दिएको आदेश स्वतः कानुन विपरीत छ । प्रत्यर्थी नं. २ ले यो आदेश गर्दा बन्दीलाई थुनामा राख्नु पर्ने स्थिति कारण उल्लेख गरेको छैन भने थुनामा रहेको व्यक्तिबाट सार्वजनिक सुरक्षा ऐनको दफा ३(१) को खण्ड ‘ख’ मा उल्लेखित कुरामा विरोध कुन कारणले पर्न जान्छ सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ अन्तर्गत कसैलाई थुनामा राख्दा उक्त दफा ३ को उपदफा १ अन्तर्गत आदेश निकालिएको हुनुपर्दछ । उक्त दफा ३(१) बमोजिम खण्