निर्णय नं. ७९४९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९४९ - उत्प्रेषणयुक्त परमादेश भाग: ५० साल: २०६५ महिना: असार अंक: ३ फैसला मिति :२०६४/०४/०१ ७७२९ निर्णय नं.७९४९ ने.का.प. २०६५ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के. सी. माननीय न्यायाधीश श्री गौरी ढकाल संबत् २०६३ सालको रिट नं.–३३०० आदेश मितिः २०६४।४।१।४ मुद्दाः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः ललितपुर जिल्ला ललितपुर उ.म.न.पा.वडा नं. २ बस्ने राजेन्द्र कुमार खेतान बिरुद्ध विपक्षीः नेपाल राष्ट्र बैङ्क, केन्द्रीय कार्यालय, काठमाडौं समेत § शेयरधनीलाई बैङ्क वा कम्पनीलाई नै प्रतिनिधित्व गर्ने वा बैङ्क वा कम्पनीको तर्फबाट मुद्दा गर्ने वा बैङ्क वा कम्पनीको सम्पत्ति आफ्नै सम्पत्ति हो भन्ने हक प्राप्त हुँदैन र यी आधारमा बैङ्क वा कम्पनीको तर्फवाट मुद्दा गर्न सक्दैन तर शेयरधनीको नाताले कम्पनीको हितमा आफ्नो पनि हित गाँसिएको हुँदा आफ्नो हकमा मुद्दा गर्ने हक प्राप्त हुने । § शेयरधनीले सिङ्गो बैङ्क वा कम्पनीलाई प्रतिनिधित्व गर्न नसक्ने । (प्रकरण नं.९) § कम्पनीको मामलामा शेयरधनीको Locus standi को वारेमा फराकिलो दृष्टिकोणले हेर्नुपर्ने । § देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैङ्कहरु सञ्चालन हुन नसकेको कारणले देशको Central Bank ले नियन्त्रणमा लिई सञ्चालन गर्नुपर्ने बिषयलाई महत्वपूर्ण कानूनी प्रश्न समावेश भएको सार्वजनिक सरोकारको बिषय होईन भन्न सकिदैन र यस्तो विवादलाई Public Interest Litigation भन्नुपर्ने । (प्रकरण नं.११) § देशको राज्य सञ्चालन गर्ने काम कानून बमोजिम गठित संस्थान वा निकायलाई राज्यकै instrumen- tality of the state मान्नु पर्ने हुँदा त्यस्ता निकायहरुले गर्ने कामहरु मध्ये कानूनले नै गोप्य राख्नुपर्छ भनेको कुरा र राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील बिषयका कुराहरु वाहेक अन्य सम्पूर्ण काममा गोपनियता नभई पारदर्शीता हुनुपर्ने । (प्रकरण नं.१२) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री अनिलकुमार सिंन्हा विपक्षी तर्फवाटःविद्वान सहन्यायाधिवक्ता श्री सरोज गौतम र विद्वान अधिवक्ताद्वय श्री थानेश्वर आचार्य, कुमार रेग्मी अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं धारा ८८(२) बमोजिम निवेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकारको छ :– म निवेदकले नेपाल बैङ्क लिमिटेडको रु. १००।– पर्ने १७२, ७२५ कित्ता साधारण शेयरहरु धितो पत्र वजारवाट खरिद गरी उक्त पब्लिक कम्पनीको शेयरहरुमा हक स्थापित गरेको छु । विपक्षी नेपाल राष्ट्र बैङ्कको निर्देशनमा उक्त बैङ्कको संचालक समितिलाई निष्कृय वनाई बैङ्कको व्यवस्थापन शेयरवालाहरु वाहेकका व्यक्तिहरुको जिम्मा लगाइएको छ र तत्पश्चात कम्पनीको सञ्चालक समितिको बैठक वा वाध्यात्मक रुपमा सम्पन्न गर्नुपर्ने साधारण सभा समेत पनि भएको छैन । निवेदकले विपक्षी नेपाल बैङ्क लिमिटेडको साधारण शेयरधनीको नाताले विपक्षी नेपाल राष्ट्र बैङ्कले सञ्चालक समिति निलम्वन वा विघटन गर्नु अघि सम्म साधारण सभाहरुमा भाग लिएको र विपक्षी नेपाल राष्ट्र बैङ्कको पहलमा कम्पनीको सञ्चालक समितिलाई निष्कृय तुल्याइएको कारण बैङ्कको बार्षिक साधारण सभा र त्यसले गर्ने अन्य कुनै पनि काम कारवाहीहरु हाल हुन सकेको मेरो जानकारीमा छैन । कानून बमोजिम हुनुपर्ने तथा गरिनु पर्ने साधारण सभा वोलाउन विपक्षीहरु कसैले पनि पहल नगरेवाट हाम्रो शेयर लगानीको संरक्षण हुन नसकेको तथा बैङ्कको शेयरको सूचिकरण खारेज गरेबाट शेयरको रु