निर्णय नं. ४१५९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१५९ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/१२/२८ २५०४ निर्णय नं. ४१५९ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. १४५८ आदेश भएको मिति : २०४४।१२।२८।१ मा निवेदक : जि.पर्सा लखनपुर गा.पं. वा.नं.९ बस्ने श्रीमती पानवतीदेवी अहिरनी विरुद्ध प्रत्यर्थी : जि.पर्सा लखनपुर गा.पं. वा.नं. ९ बस्ने मंगलठाकुर लोहारसमेत विषय : उत्प्रेषण (१) २ नं. अनुसूचीको अभावमा मोही कायम गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीहरुतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. भूमिसुधार कार्यालय पर्साका भू.सु. अधिकारीको मिति ०४२।३।२३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवदेनको तथ्य यस प्रकार छ :– २. जि.पर्सा लखनपुर गा.पं. वडा नं. ६ कि.नं. ८७ को नम्बरी जग्गा मेरो पतिदेवको जिवनपर्यान्त निजले र निजको शेषपछि मैले आफैंले जोत अवाद गरी आएको छु । सो जग्गाको हक प्राप्त मोही भएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी प्रतिरक्षीले भू.सु. अधिकारी समक्ष निवेदन दिनु भयो । २०२४ सालमा स्वर्गीय भइसकेको पतिदेव सुगत राउतको नाउँमा जारी गरेको म्याद स्वर्गे भइसकेको जनाई घरदैलोमा टाँसेको भनी दर्शाई २०४२।२।३ मा तामेल गरी गायब पारिएकोले मलाई जानकारी हुन सकेन । भू.सु. अधिकारीले हकवालाको नाउँमा अर्को म्याद पठाउँदै नपठाई मोहियानी हकको प्रमाणपत्र दिने ठहराई मिति ०४२।३।२३ मा निर्णय गर्नु भएको कुरा धानबाली लगाउने सन्दर्भमा प्रतिरक्षीले विवाद खडा गर्दा मोही कायम गराएको भनेकोले नक्कल मिति ०४२।४।१५।३ मा लिंदा वास्तविक कुरा विदित हुन आयो । ३. मृतक व्यक्तिलाई विपक्षी बनाई उजूरी दिनु भई म्याद जारी भएकोमा स्वर्गे भएको जनिई तामेल भए पछि हकदारका नाउँमा अ.बं. ११० नं. बमोजिम पुनः म्याद जारी गर्नु पर्ने म्याद जारी नै नगरी मोहियानी हकको प्रमाणपत्र प्रदान गरिएको अ.बं. ११० नं. र प्राकृतिक न्याय सिद्धान्त विपरीत छ । भूमिसम्बन्धी ऐनको दफा २५(१) अन्तर्गत मोही कायम गर्न १ नं. अनुसूची भराएको २ नं. प्रकाशित हुनु पर्ने सो प्रकाशित भएको प्रमाण आएको देखिँदैन । सो प्रमाण नभई मोहियानी हकको प्रमाणपत्र दिएको भू.सं. ऐनको दफा २५(१) समेतको त्रुटि हुन गएको छ । २ नं. को अभावमा ४ नं. जो.अ.नि. को मूल्य हुँदैन । ४ नं. जो.अ.नि. को आधारमा समेत गरिएको निर्णय अ.बं. १८५, १८९ र प्रमाण ऐनको दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको प्रत्यक्ष त्रुटि छ । भर्पाई मलाई अवलोकन नगराई प्रमाण लगाउन मिल्दैन । अतएवः नेपाल कानुन, संविधान विपरीत भएको निर्णयले मेरो मौलिक हकहरु समेत आघातित हुन गएकोले उत्प्रेषण लगायत उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जीद्वारा उल्लेखित निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने रिटनिवेदन । ३. विपक्षीहरुबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको मिति ०४२।५।४।३ को आदेश । ४. सो जग्गा आजसम्म निवेदिका र निजको छोरा हिरालाल यादवले नामसारी गराउनु नभएकोले दर्तावाला सुमन राउतका नाउँमा निवेदन दिनु पर्छ भने अनुसार निजको नाउँमा निवेदन दिई ०२२।१०।१८ का निर्णय अनुसार मोह