निर्णय नं. ७९५० - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९५० - परमादेश भाग: ५० साल: २०६५ महिना: असार अंक: ३ फैसला मिति :२०६४/०९/२४ ३९१७ निर्णय नं.७९५० ने.का.प. २०६५ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलाश माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत २०६० सालको रिट नं. ––२९६२ आदेश मितिः २०६४।९।२४।३ मुद्दा :– परमादेश । निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगन्ज स्थित थ्री डायमन कन्स्ट्रक्सन प्रा. लि. का तर्फबाट हरिकुमार श्रेष्ठ बिरुद्ध विपक्षीः नेपाल खाद्य संस्थान प्रधान कार्यालय, भद्रकाली प्लाजा, काठमाडौं समेत § आपसी समझदारीवाट विवादको समाधान हुन नसकेमा अदालतमा जान सकिने भन्नुको अर्थ साधारण अधिकारक्षेत्र अन्तर्गत शुरु अदालतमा सम्झौता बमोजिमको दायित्व बहन गराउन सो अनुरुपको प्रकृया अपनाउनु हो करारीय विवादको सम्बन्धमा रिट क्षेत्रवाट अदालतमा प्रवेश गर्न नसकिने । (प्रकरण न.५) § एक किसिमको करारीय दायित्व देखिएको अवस्थामा सम्झौतामा नै करारीय दायित्वको बिषय भन्ने उल्लेख भै विवाद समाधानको व्यवस्था समेत रहेकोमा सो बमोजिमको वैकल्पिक व्यवस्थाको मार्ग अवलम्वन नगरी अदालतको असाधारण अधिकार क्षेत्र ग्रहण गरी रिट क्षेत्रवाट प्रवेश गरेबाट अधिकार क्षेत्रात्मक त्रुटी रहेको देखिने । (प्रकरण न.८) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री मुक्त प्रधान विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री कल्याण पोखरेल अवलम्वित नजीरः ने.का.प.२०६१, निर्णय नं.७४०४, पृष्ठ ८२२ आदेश न्या.तपवहादुर मगरः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– थ्री डाईमण्ड कन्स्ट्रक्सन प्रा. लि. र विपक्षी नेपाल खाद्य संस्थान वीच मिति २०५३।३।२ मा सम्पन्न सम्झौता तथा विपक्षी नेपाल खाद्य संस्थानको २०५३।७।११ को कार्य आदेश बमोजिम नेपाल खाद्य संस्थान अञ्चल कार्यालय विराटनगरको निर्दिष्ट नक्सा बमोजिमको भवन रु. ४९,२५,६३६।७२ (अक्षरुपी उनान्चास लाख पच्चिस हजार छ सय छत्तिस पैसा वहत्तर) को लागतमा निर्माण कार्य सम्पन्न गर्ने ठेक्का प्राप्त गरी निर्माण कार्य प्रारम्भ गरी मिति २०५५।५।३१ मा निर्माण कार्य सम्पन्न गरी मिति २०५५।७।३० मा स्थानिय प्रशासन र जिल्ला भवन कार्यालय मोरङको प्राविधिक प्रतिनिधि समेतको रोहवरमा मुचुल्का तयार गरी विपक्षी नेपाल खाद्य संस्थान अञ्चल कार्यालयले सो भवन बुझि लिई प्रयोग तथा भोग चलन गर्दै आएको छ । निर्माण कार्य सम्पन्न हुँदा सो भवनको फाईनल विल रु. ४७,३१,७८५।– भएको थियो । सो विलमा संलग्न हुन छुट हुन गएको रु. ४७,०९१।– गरी जम्मा रु. ४७,८६,८७६।८० मैले भुक्तानी पाउनु पर्नेमा विभिन्न समयमा विलवाट प्राप्त गरी लिएको रु. ३७,१३,१५३।२१ र पेश्की वापत लिएको रु. २,३०,०००।– समेत जम्मा रु. ३९,४३,१५३।२१ भुक्तानी लिई विल बमोजिमको वाँकी रु. ८,४३,७२३।६२ र धरौटी रकम रु. १,८१,२५४।८० समेत जम्मा रु. १०,२४,९७८।४२ रकम म निवेदकले विपक्षीहरुवाट भुक्तानी लिन वाँकी रहेको सो रकम भुक्तानी पाउँ भनी विपक्षी नेपाल खाद्य संस्थान प्रधान कार्यालयका महाप्रवन्धक समक्ष निवेदन पत्र प्रस्तुत गरेकोमा विपक्षी प्रधान कार्यालयको योजना विभागवाट भुक्तानी दिनु भनी विपक्षी मध्येका नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको नाममा मिति २०५५।४।११ मा पत्र लेखी पठाएको भएतापनि हालसम्म भुक्तानी पाउन सकेको छैन । प्राविधिकवाट जाँचपास गरी अन्तिम विल सहितको प्रतिवेदन पेश गरी आर्थिक प्रशासन सम्बन्धी न