निर्णय नं. ४१६० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१६० - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४७/०६/२८ २४२८ निर्णय नं. ४१६० ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४७ सालको रिट नं. ७७५ आदेश भएको मिति : २०४७।६।२८।१ मा रिट निवेदक : पशुपति वायर प्रोडक्सको तर्फबाट अधिकार प्राप्त ऐ.का प्रोप्राइटर अशोककुमार मुरारका विरुद्ध प्रत्यर्थीहरु : श्री कर कार्यालय, बिक्रीकर शाखा मोरङसमेत विषय : उत्प्रेषण (१) उत्पादित तारलाई उपयोग हुनसक्ने सम्भावनालाई ध्यानमा राखी बिक्री कर निर्धारण गर्नु विद्यमान कानुनसंगत भन्न मान्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं जिकिर र निर्णय आदेश यस प्रकार छ । २. यस उद्योगले आर्थिक ऐन, २०४३ तथा २०४४ को बिक्रीकर दरबन्दीको संकेत नं. ७३–१५ अन्तर्गत पर्ने तयारी माल Finished Product उत्पादन गरी उक्त उत्पादित माल किल्ला कांटी बनाउने उद्योगको लागि आवश्यक पर्ने हुँदा त्यस्ता उद्योगहरुलाई बिक्री वितरण गर्दै आइरहेको हाम्रो उत्पादन हार्ड ब्लाक वायर H.B. Wire मा अनुसूची ६ को दरबन्दी संकेत नं. ७३–१५ बमोजिम १०% मात्रका दरले खरिदकर्ताहरुबाट बिक्रीकर असूल उपर गरी प्रत्यर्थी कर कार्यालय बिक्री कर शाखामा बुझाउँदै आएको छु । प्रत्यर्थी नं. १ को प.सं. ०४४।०४५ (वि.क.शा.) च.नं. ६९४ मिति ०४४।१०।१५ को पत्र यस उद्योगलाई बुझाई उत्पादित एच.बी. वायरलाई बिक्रीकर दरबन्दीको संकेत ७३–१० अन्तर्गतको ठहर्याई १५% का दरले बिक्री कर असूल गर्ने ठहर गरी यस उद्योगबाट दाखिला भएको १०% रकम नपुग भएको भनी बोकी रकम दाखिला गर्न उक्त पत्र पठाइएको । उक्त पत्रानुसार सो ५% थप रकम दाखिला गर्नु पर्ने होइन भन्ने समेतको निवेदन प्रत्यर्थी नं. २ कर विभागमा दिंदा माग दावी बमोजिम नहुने भनी ०४५।३।५ मा निर्णय भएछ र सोको जानकारी ०४६।६।१२ मा मात्र प्राप्त हुन सक्यो । उक्त निर्णयको प्रतिलिपि पाउन ०४६।६।१३ मा अनुरोध गर्दा समेत प्राप्त हुनसकेको छैन । ३. उपरोक्त बमोजिम उत्पादित एच.बी. वायरमा आर्थिक ऐन, २०४४ को अनुसूची ६ को बिक्रीकर दरबन्दीको संकेत नं. ७३–१५ ले केवल १०% मात्र बिक्रीकर लगाइने हो र प्रत्यर्थी नं. १ को पत्रानुसार थप ५% बुझाउनु पर्ने होइन । यस उद्योगसंग थप ५% असूल उपर गरी लिने प्रत्यर्थीहरुको काम कारवाही निर्णय गराई तथा पत्र लेखाई लगायत सम्पूर्ण काम कारवाही बदरभागी भएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य जो जे चाहिने आवश्यक आज्ञा, आदेश वा पुर्जी जारी गरी म संग १५% बिक्री कर असूल गर्ने भनी प्रत्यर्थी नं. २ ले ०४५।३।५ मा गरेको निर्णय सो को आधारमा लेखिएका ०४५।३।१९ को च.नं. ५६४ र ०४६।६।१२ को च.नं. १३५ का पत्रहरु लगायत प्रत्यर्थी नं. १ को ०४४।१०।२५ को च.नं. ६९४ र ०४४।१०।१९ को च.नं. ६८४ का पत्रहरु र त्यस सम्बन्धी सम्पूर्ण काम कारवाही समेत बदर गरी रिट निवेदकको उत्पादनमा केवल १०% को दरले मात्र बिक्री कर लाग्ने रिट निवेदक पूर्ववतः कानुनी हकहित संरक्षण एवं प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको निवेदन । ४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखित