निर्णय नं. ८७५३ - कीर्ते जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७५३ - कीर्ते जालसाजी भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०९/०८ ४४२२ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ फौ.पु.नं.३६३४ फैसला मितिः २०६८।९।८।६ मुद्दाः–कीर्ते जालसाज । पुनरावेदक वादी : जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं १३ बस्ने रामचन्द्र गौतम विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उ.म.न.पा. वडा नं १३ बस्ने शिवराज गौतम समेत शुरू फैसला गर्नेः मा.न्या श्री दीपककुमार कार्की पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री बोधरीराज पाण्डे मा.न्या.श्री कृष्णप्रसाद बस्याल § नजीर न्यायाधीश निर्मित कानून हो । कानून सरह नै यसको व्याख्यालाई अनुशरण गरिन्छ । कानूनमा अन्यथा व्यवस्था भएमा बाहेक यो जहिले पनि पश्चात्लक्षी हुने, भूतलक्षी नहुने । § नजीरको सिद्धान्तमा बृहद इजलासको व्याख्याले तथा समानस्तरको इजलासको व्याख्या भए पछिल्लो व्याख्याले मान्यता पाउँछ । तर, व्याख्या सो भएको मितिपछि मात्र क्रियाशील हुन्छ । मिति २०४६।१०।१२ मै सो वेला कायम ऐन तथा सोको व्याख्यात्मक नजीर समेतको समग्र कानूनका आधार उल्लेख नै गरी दर्ता भई विचाराधीन हुन पुगेको मुद्दालाई मिति २०५४।१०।१७ मा भएको नजीर लगाई खारेज गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता बोर्णबहादुर कार्की प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय प्रमोदकुमार बैद्य र कृष्णप्रसाद सापकोटा अवलम्बित नजीरः § नेकाप २०३१, नि.नं ८१४ § नेकाप २०५५, नि.नं ६६२५, पृष्ठ ६३६ सम्बद्ध कानूनः § कीर्ते कागज महलको १८ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– हाम्रा पिताका दुईभाइ छोराहरूमा जेठा विपक्षी शिवराज गौतम र कान्छो म रामचन्द्र गौतम हुँ । आमा चन्द्रकला गौतम हुनुहुन्छ । प्रतिवादी शिवराज २०३८ सालमा छुट्टिभिन्न हुनु भएको थियो । त्यस्तै अवस्थामा पिता २०३७ सालमा परलोक हुनुभयो । २०४५ सालमा आमाको मृत्यु भएपछि बाबु आमाका नाउँको जग्गा नामसारी गर्नु पर्‍यो भनी बुझ्दै जाँदा आमाका नाउँ दर्ता रहेको कसेनी गाउँ विकास समिति वडा नं. १(क) मा केही जग्गा दर्ता भएको र मिति २०४६।९।१२ मा स्रेस्ता हेर्दा चन्द्रकला गौतम जग्गा दिने, विपक्षी जीवलालका बाबु पदमलाल लिने भै मिति २०३१।१।१७ गते कि.नं ६८ र ७० समेतका जग्गा १–१९–१० राजीनामा पास गरेछन् । सो लिखतको अन्तरसाक्षीमा विपक्षी शिवराज ऋणीको छोरा भनी साक्षी बसेका रहेछन् । जग्गा लिने पदमलाल परलोक भएपछि निजका छोरा जीवलाल समेतले उक्त जग्गा प्राप्त गरी उक्त जग्गामध्ये कि.न. ६८ को १–१०–१५ मध्ये ०–१०–० जग्गा र एै कि.नं ७० को ससीम ०–८–१५ जग्गा प्रतिवादी जीवलालले ऐ.कि.नं ६८ मध्ये ०–९–१७½ प्रतिवादी रविलालले र ऐ.कि.नं ६८ को जग्गामध्ये ०–९–१७½ प्रतिवादी वेदनिधिले मिति २०४०।२।८ मा अंशबण्डा गरी लिनु दिनु गरेका रहेछन् । सोको नक्कल मिति २०४६।९।१२ मा सारी लिई हेर्दा सम्पूर्ण कुरा थाहा भयो । आमा परलोक भएपछि आमाको शेषपछि अंश हक खाने म छोरा भएकोले शुरुमा पास गरी लिने पदमलाल परलोक भैसकेकोले नालेस दिन नपरी जालपरिपञ्च रची स्व.आमा चन्द्रकलालाई थाहा नदिई पास गराउने शिवराज र हाल जग्गा दर्ता कायम राख्ने विपक्षी जीवलाल, रविलाल, वेदनि