निर्णय नं. ४१६१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१६१ - ज्यान भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४७/०४/१६ २४५८ निर्णय नं. ४१६१ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ५४४ फैसला भएको मिति : २०४७।४।१६।३ मा पुनरावेदक/वादी : नरबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : गोरखा, पालुङटार गा.पं. वा.नं. ६ बस्ने खडु भन्ने गन्यु गिरीसमेत मुद्दा : ज्यान (१) मृतकलाई हेलचक्राई गरी हात मुक्काबाट कुट्दा कुठाउँमा लाग्न गई भवितव्यबाटै मृत्यु हुन गएको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको ६(२) नं. बमोजिमको सजायँ गर्ने गरेको क्षे.अ. को इन्साफमा त्रुटि नदेखिने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.बब्बरप्रसाद सिंह १. प.क्षे.अ. को मिति २०४२।२।६ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो भैंसी गन्थु गिरीको धानको विहाडमा आहाल बसेछ गन्थु गिरीले सो भैंसी धपाई आफ्ना घर गोठमा लगी बाँधेछन् सो कुरा मेरी श्रीमतीले थाहा पाई मेरो भैंसी फुकाई देउ भन्न जाँदा गन्थु गिरी र निजकी श्रीमती भई कुटपिट गरी मारी फालेको कुरा थाहा भएकोले जाहेर गर्न आएको छु, कानुन बमोजिम होस भन्ने व्यहोराको नरबहादुर गुरुङको मिति २०४०।३।७ गतेको जाहेरी दर्खास्त । ३. लाश सडेको हुनाले मृत्युको कारण यकीन गर्न सकिन्न भन्ने मृतक कृष्ण मायाको सम्बन्धमा भएको गोरखा अस्पतालको मिति ०४०।३।९ को पोष्ट मार्टम रिपोर्ट । ४. खेतको व्याहाडमा भैंसी आई आहाल बसी बीऊ खाई दिएकोले घरमा भैंसी बाँध्न खोज्दा जाहेरवालाकी श्रीमती कृष्णमाया गुरुङसेनी आई भैंसी बाँध्न नदिई लग्न लागेकोले म र मेरी श्रीमतीले हातपात मुक्काले हानेको हुँदा सोही कारणबाट निज कृष्णमायाको मृत्यु भएको, कानुनले जो ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४०।३।१२ गते प्र.गन्थु गिरी र निजकी श्रीमती सुकमाया गिरीको एकै मिलानको प्रहरीमा गरेको कागज । ५. कृष्णमायाको मृत्यु सम्बन्धमा कर्तव्य भवितव्य के हो, म भन्न सक्दिन र प्रतिवादीहरुले मारे नमारेको पनि मलाई केही थाहा छैन भन्ने सरजमीनका १ दफाका संते गिरी र कृष्णमायाको मृत्यु प्रतिवादीहरुको कर्तव्यबाट भयो होला जस्तो लाग्दैन निज कृष्णमायाको मृत्यु लडी मरेको जस्तो लाग्छ भन्ने व्यहोराको अधिकांश व्यक्तिहरुको मिति २०४०।३।१७ को सरजमीन मुचुल्का । ६. मुक्काले तथा लातले निज कृष्णमायाको शरीरमा गोठमा र तल मुल बाटोमा समेत पटक पटक हान्दा सोही चोट पटकबाट निज कृष्णमायाको तत्काल मृत्यु हुन गएको देखिँदा निज गन्थु गिरी, सुकमाया गिरीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत मिति २०४०।३।२१ को प्रहरी प्रतिवेदन । ७. म र मेरी श्रीमती भई कुटपिट गरी मारे मराएको होइन छैन, कृष्णमाया गुरुङसेनी भैंसी लखट्दै जाँदा बाटामा आफैं लडी मरेकी हुन् । निजको श्रीमान जाहेरवाला नरबहादुर गुरुङ अघि देखिको पुरानो झगडिया भएकोले लडी मरेकी श्रीमतीलाई मैले र मेरी श्रीमतीले कुटपिट गरी मारेका हुन् भनी इवी साध्न झुठ्ठा जाहेरी दिएका हुन् भन्ने समेत खडु भन्ने गन्थु गिरीको अदालतमा गरेको बयान । ८. जाहेरवालाको जग्गा सम्बन्धी मुद्दा यसै अदालतमा परी हारजित समेत भएको छ, सो रिसइवी साधन गर्न मलाई र मेरो श्रीमानलाई मारे भनी झुठ्ठा उजूर गर