निर्णय नं. ४१६२ - डाँका खुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१६२ - डाँका खुन भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४७/०६/२२ २४४९ निर्णय नं. ४१६२ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.पु.नं. ३१९, २९९, ३३१ फौ.सा.नं. ७४ फैसला भएको मिति : २०४७।६।२२।२ मा पुनरावेदक/वादी : धर्मध्वज थापाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.मोरंग दादरबेरीया गा.पं. वा.नं. ५ बस्ने बिक्रम खवाससमेत पुनरावेदक/प्रतिवादी: जि.का.कारागार शाखा, भद्रगोल काठमाडौंमा थुनामा रहेको रामनारायण खवाससमेत विरुद्ध प्रत्यर्थी/वादी : धर्मध्वज थापाको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका खुन (१) सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन नआएको र मृत्यु भएको भन्ने शंकारहित प्रमाण गुज्रन नआएकोले ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको निर्णय न्यायसंगत नदेखिने । (प्रकरण नं. ४०) (२) मार्नमा सहमत भई वारदात स्थलमा उपस्थित रहेको देखिएकोले ज्यानसम्बन्धीको १७(३) अन्तर्गतको कसूर गरेको ठहर्‍याएको इन्साफ मनासिबै ठहर्ने । (प्रकरण नं. ४१) पुनरावेदक/वादी तर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी., विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डाना फैसला न्या.बब्बरप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।२।१० को फैसला उपर चित्त नुबुझी वादी तथा प्रतिवादीहरुको न्या.प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मिति २०४२ भाद्र १८ गते ठकरुवा वातर १, ठूले भन्ने क्षेत्री १, उजारु थारु १, जोखन सरदार १, ओजिलाल खवास १, हरिप्रसाद सरदार वातर १, रणबहादुर भन्ने केशरबहादुर बस्नेत १ समेत भई बिगो रु. १३७४०। को धनमाल डाँका गरी मेरी श्रीमती जीवन देवीको हत्या समेत गरेको हुँदा कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. मृतक जीवन देवीको दुबै हात पाता फर्काई बाँधेको फलामको हिस्सा बाहेक अं. ५ हात उचा र १।। गोलाईको छातीमा गडेको भाला थुती हेर्दा दुवै पट्टी धार भएको ८ इन्च चौडाई १।। को बोट भएको फलामे भाला लाशको मुटुमा घोचेको, लाशमा घोचेको भाग लम्बाई १।।” चौडाई इन्चभित्रको हड्डीको भाग समेत देखिएको, पछाडि पातामा बायाँ पट्टि प्वाल परेको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. धारिलो हतियारले छातीमा दाहिने पट्टि लाग्नाले तुरुन्तै मृत्यु भएको भन्ने मेडिकल अधिकृतको राय भएको पोष्टमार्टम फाराम । ५. ०४२ भाद्र १८ गते साँझ अर्जिलाल खवास, झेलिया खवास, कलिया खवास, हरिप्रसाद वातर, रामनारायण खवास, निमालाल खवास, बिक्रम खवास, कलिया खवास समेत भई जाहेरीवालाको घरमा डाँका गरी फर्कन लाग्दा मृतक जीवनदेवीले तिमीहरुलाई चिने भनेकाले रामनारायणले छातीमा भाला रोपी मारी पश्चिम पट्टि बाँसघारीमा जम्मा भई बक्सा खोली हेर्दा रु. ९००।– र सारीहरु समेत रहेछ । रेडियो अर्जिलालले लगेका छन् भन्ने समेत प्र.केशरबहादुर बस्नेतले प्रहरीमा गरेको बयान । ६. जाहेरवालाको घरमा अर्जिलाल खवास हरिप्रसाद सरदार, उजारु चौधरी, जोखन वातर, रामनारायण, केशर बहादुर बस्नेत समेत १२ जना भई डाँका गरी फर्कंदा मृतकले तिमीहरुलाई चिने भनेकाले रामनारायणले भालाले छातीमा हानी मारेपछि हामी