निर्णय नं. ४१६४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१६४ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०८/१२ २३०७ निर्णय नं. ४१६४ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४१ सालको रिट नम्बर १९४३ आदेश भएको मिति : २०४३।८।१२।५ मा निवेदक : जिल्ला पर्सा गा.पं.वा.नं.१ परमानन्दप्रसाद वरै विरुद्ध विपक्षी : ऐ.वा.नं. ३ बस्ने शिवदुलारी वरेनीसमेत विषय : उत्प्रेषण (१) भूमिसुधार ऐनको कार्यविधि पूरा नगरी विपक्षीको नाममा मोही नामसारी गरी दिने गरेको विपक्षी कार्यालयको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २६(१) को त्रुटी भएको देखिंदा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) रिटनिवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अवध किशोर सिंह विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.पृथ्वीबहादुर सिंह १. जग्गाधनी शिव दुलारीको बहुअर्वा भाठा गा.पं. वडा नं. २ कि.नं. १२४ को ०–१५–१० दोयम जग्गाको मोही मेरो बाबु जगरनाथप्रसाद हुनुहुन्छ । निज २०२८।६।१० मा स्वर्गीय भए पछि जग्गाधनीले आमा र दाजुभाइहरु मध्ये मलाई नै मोही पत्याई जग्गा जोत्न दिनु भई अहिले सम्म अवछिन्न रुपमा जोतभोगमा छ । गा.पं. ले चन्द्रदेवप्रसादले जोती आएको छ भनी भू.सु.का. को नाममा सिफारिश गरी दिई नामसारी गरी पाउँ भनी निजको निवेदन परेको र जग्गाधनी बुझ्दा प्रतिवाद नगरी स्वीकार गरी बसेको देखिंदा निवेदकको माग बमोजिम मोही नामसारी गरी दिने ठहर्छ, भनी अधिकारीज्यूबाट मिति २०३९।८।२९ मा फैसला भएको र भाइ चन्द्रदेव समेतको नाम उल्लेख गरी मोही नामसारी गरिपाउँ भनी मैले निवेदन भू.सु.का. पर्सामा मिति २०४१।६।११ मा दिएकोमा चन्द्रदेवप्रसादको नाममा मोही नामसारी हुने गरी मिति २०३९।८।२९ मा निर्णय भएको देखिंदा यसबाट अर्को निर्णय गर्न नमिल्ने हुँदा यो उजूरी खारेज हुने ठहर्छ भनी श्री अधिकारीज्यूबाट मिति २०४१।९।१९ मा निर्णय भयो । अतः श्री अधिकारीज्यूको मिति २०३९।८।२९ को निर्णयबाट संविधानको धारा १०(१) ११(२)ङ तथा १५ अन्तर्गतको संवैधानिक हक हनन् भएकोले हक प्रचलन गरी पाउन उत्प्रेषण लगायत रिट जारी गरिपाउँ भन्ने संविधानको धारा १६।७१ अन्तर्गत रिटनिवेदन । २. जिकिर : स्व.बाबुले जगरनाथको हामी २ छोरा भएको र आमा पनि जीवित रहेको कुरामा विवाद छैन, विपक्षी चन्द्रदेवले आमा र मलाई नदेखाई दिएको निवेदन बेरित छ । स्वास्नी छोरा छोरी छैन भनी वार्ड अध्यक्षले लेखेको पत्र गलत छ । जग्गाधनीबाट मोही रोजाई पाउँ भनी चन्द्रदेवको निवेदन पनि हैन नामसारी गराई पाउँ मात्र छ, ऐ.को हकमा २६(१) बमोजिम पत्याएको कुनै पनि प्रमाण पेश गरिसक्नु भएको छैन । मिति २०३९।६।२१ गते तामेल भएका म्याद कस्को नाम र कहाँ कस्को घरमा तामेल भयो र गा.पं. ले पनि धनीको नाममा म्याद टाँस गरेन वडा नं. ३ का साक्षी पनि छैन । अ.बं. ११० नं. को त्रुटी भई बेरीतसंग तामेल भएपछि जग्गाधनीले थाहा पाउने र प्रतिवाद गर्ने कुरा नै भएन म्याद रितपूर्वक तामेल भयो भएन त्यसतर्फ विचार नगरी जग्गाधनीले मोहीलाई स्वीकार गरी बसेको भनी अधिकारीज्यूको अनुमान गरी गर्नु भएको फैसला मिलेको छैन । भू.सु.का. बाट जगरनाथको पत्नी र छोरा भए नभएतर्फ सरजमीन बुझिएन भू.सु.का. को पत्र मिति २०३९।८।२२ मा गा.पं. मा जाँदा प्र.पं. उ.प्र.पं. वा सचिवले जवाफ नदिई अरुको गलत जवाफलाई आधार मानी भएको फैसला गैरकानुनी छ । तथा अधिकारीज्यूले जग्गाधनीको तर्फबाट मोहीलाई पत्यार गर्नु भएको फैसला ऐन