निर्णय नं. ४१६७ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१६७ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०६/०९ २४९९ निर्णय नं. ४१६७ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. १४२५ आदेश भएको मिति : २०४६।६।९।२ निवेदक : जिल्ला तनहुँ राइपुर गा.पं. वा.नं. ७ बस्ने गेहेन्द्रकुमार विश्वकर्माको हकमा गगनबहादुर विश्वकर्मा विरुद्ध विपक्षी : जि.शिक्षा अधिकारी, जि.पं.सचिवालय शिक्षा शाखा स्याङ्जासमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) कैदबाट बच्नको लागि नाम बदली नागरिकता लिएको देखिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. म भारती नि.मा.वि. काल्खु स्याङजामा शिक्षक भई अध्यापन गराई आएकोमा शिक्षा शाखा स्याङजामा ०४६।१।१५ मा हाजिर हुन आउनु भनी मेरा नाममा पत्र जाँदा म जिल्ला शिक्षामा हाजिर हुन जाँदा अपरिचित ४ जना प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङजामा जाउँ भनेकोले साथ लागी जाँदा मलाई १ रात थुनामा राखी जिल्ला प्रहरी कार्यालय तनहुँमा लगी ५ दिनसम्म दानापानी बिना गैरकानुनी तरीकाले थुनामा राखियो । ०४६।१।२१ गते तनहुँ जिल्ला अदालतमा लगी मलाई सोधपुछ गरी मेरो परिचयको कुनै वास्ता नगरी मेघबहादुरको जाहेरीले वादी श्री ५ को सरकार भएको गर्भ पतन मुद्दामा गेहेन्द्र कामीलाई लागेको कैद वर्ष १।१।६ वापत ०४७ साल ज्येष्ठ २६ गते छुटी जाने गरी कैद म्याद ठेकिएको थुनुवा पुर्जी दिइयो । म गेहेन्द्र कामी हैन गेहेन्द्रकुमार विश्वकर्मा हुँ भनी नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरु समेत देखाउँदा पनि सो पुर्जी बुझ्न बाध्य हुनु पर्‍यो र मैले अहिले गैरकानुनी रुपबाट बन्दी जीवनयापन गरिरहेको छु । एकालाई लागेको कैद बापतमा विपक्षीहरुले म गेहेन्द्रकुमार विश्वकर्मालाई थुनामा राखेको कार्य संविधानद्वारा प्रदत्त संवैधानिक हकमा आघात पुग्न गएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको गेहेन्द्रकुमार विश्वकर्माको हकमा गगनबहादुर विश्वकर्माको निवेदन । ३. यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो यो आदेश प्राप्त भएका ७ सात दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०४६।२।२२ मा भएको आदेश । ४. मेघबहादुरको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी गेहेन्द्र कामी समेत भएको गर्भ पतन मुद्दामा निजलाई ०४७ साल ज्येष्ठ २५ गतेसम्म ‘ख’ श्रेणीको सिधा खान दिई कैदमा राखी ऐ.२६ गते छाडी दिनु भन्ने तनहुँ जिल्ला अदालतको पत्र साथ उक्त अदालतले निज कामीलाई यस कारागार शाखामा उपस्थित साक्षीहरुले कसूरदार व्यक्ति यिनै हुन् भनी यस कार्यालयमा बुझाएको उक्त मितिबाट जेल नियम अनुसार निजले पाउने सबै सुविधा दिई यस जेलमा कैदमा राखिएको छ । जेल नियम विपरीत गरी निजलाई कुनै किसिमको कष्ट दिइएको नहुँदा निवेदकको रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय कारागार शाखा तनहुँको लिखितजवाफ । ५. छाद्धि प्र.मा.वि. ढोर तनहुँम