निर्णय नं. ७४९३ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४९३ - अंश चलन । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०१/२२ ३२०६ निर्णय नं.७४९३ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्बत् २०६० सालका दे..पू.ई.नं. .....४० फैसला मितिः २०६२।१।२२।५ मुद्दा :– अंश चलन । पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वार्ड नं. ६ वस्ने हरिप्रसाद खरेल समेत विरुद्ध प्रत्यथी /वादीः ऐ.ऐ.वस्ने भद्रप्रसाद खरेल समेत § वादीहरुले आफूहरु २०२२ सालमा ९ वर्ष र २ वर्षका रहेको भन्ने उल्लेख गरेबाट सो मितिले क्रमशः २०२९ र २०३६ सालमा १६ वर्षका भएपछि अंशवण्डाको ३२ नं को म्यादभित्र नालेश गर्नुपर्ने । (प्रकरण नं.२२) § अंश नैसर्गीक हक भएको र जुनसुकै सगोलको अंशियारका नाउँमा रहेको सगोलको सम्पतिबाट सवै अंशियारले वाडी लिन पाउने । § २०२२ सालको वण्डापत्रबाट वादीहरुको समेतको भागमा परेको जग्गा समेत प्रतिवादी वेनुप्रसाद खरेलका नाउँमा नै दर्ता कायम रहेको देखिदा प्रतिवादीको नाउँमा दर्ता कायम रहेको कि.नंं १२१, ४२, १५२ र २४५ समेतका वादी प्रतिवादीको तायदाती फाँटवारीमा उल्लेख भएको जग्गा नै वादीहरुको अंश भागमा परेको जग्गा रहेको देखिन आउने । (प्रकरण नं.२३ ) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्तात्रय श्री अग्नी खरेल, श्री सतिशकृष्ण खरेल र श्री हरिहर दाहाल प्रत्यर्थी वादीको तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत विराटनगरको मिति ०५३।१२।२७ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान भई संयुक्त इजलासवाट लगाउको मुद्दा साथै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को देहाय (ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश अनुसार यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ : – २. पिताजी हरिप्रसादको २ पत्नी मध्ये जेठी हिमादेबी र कान्छी ईश्वरा देवी हुन । ईश्वरादेबी तर्फका छोराहरुलाई मिति ०३६।२।४ मा अंशवण्डा रजिष्ट्रेशन पास गरी पिता माताले अंश छुट्याई दिई जेठी तर्फका छोरा र माता पिता हामी सगोलमा वसी आएको छौं । हामी जम्मा ८ अंशियारको बीचमा आजसम्म अंशवण्डा भएको छैन । सबै सगोलमै बसी आएको छौं। पैतृक सम्पत्ति सबै माता पिता र दाजु बेणुप्रसादकै जिम्मामा छ । हाम्रो अंशवण्डा गरौं भनि मिति ०५०।३।१२ गते भन्दा तिमीहरुलाई केहि दिदैनौं, कमाएर खाओ भनी जवाफ दिनु भएकोले विवाह नभएका अंशियारको विवाह खर्च परसारी ८ भागको २ भाग अंश छुट्याई दर्ता चलन समेत पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादी दावी झुठ्ठा हो । हामी वादीहरुसंग छुट्टि भिन्न भै आ–आफ्नो व्यवहार गरी आएको छौं । म हरिप्रसाद खरेल र जेठी श्रीमती हिमा देवी र निज तर्फका छोराहरु बिच ०२२ सालमै अंशवण्डा भै सकेको हो । वण्डा हुंदा नावालक रहेका वादीहरुको भाग निजहरुकै आमा हिमादेवी कै संरक्षकमा रहने भनी उल्लेख समेत भएको छ । वादीका आमा दाजुले अंश दिए नदिएको हाम्रो सरोकारको विषय होइन । हामीले वादीलाई अंश दिन वाकी छैन भन्ने समेत व्यहोराको प्रतिवादी हरिप्रसाद र इश्वरादेवीको संयुक्त प्रतिउत्तर पत्र । ४. हामी जेठी तर्फ छोरा मध्ये सम्पत्ति रेखदेख दामकाम गर्ने मुख्य घरको जेठा छोरा वेणु प्रसाद