निर्णय नं. ९२२० - जबर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२२० - जबर्जस्ती करणी भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०३/२४ ४६३७ नेकाप २०७१, अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७१।३।२४।३ ०६६–CR–०३८२ मुद्दा : जबर्जस्ती करणी । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, शान्तिनगर गा.वि.स. वडा नं. १ मा घर भै हाल कारागार कार्यालय, झापामा थुनामा रहेका बिरू भन्ने बीरबहादुर मगर विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला झापा, सतासीधाम गा.वि.स. वडा नं. ९ बस्ने सनमाया खपाङ्गी मगरको जाहेरीले नेपाल सरकार § जबर्जस्ती करणीमा वीर्य स्खलन हुनु स्वभाविक हुन्छ तर वीर्य स्खलन हुनैपर्छ भन्ने अनिवार्यता भने हुँदैन । मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को स्पष्टीकरणको (ग) मा “योनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछ” भन्ने स्पष्ट कानूनी प्रावधान रहेको देखिन्छ । तसर्थ, जबर्जस्ती करणीको विवादमा वीर्य स्खलन पनि एउटा प्रमाण हो तर वीर्य स्खलन नहुँदैमा जबर्जस्ती करणी नहुने भनी यसलाई अनिवार्य तत्त्वको रूपमा कानूनले राखेको नभई योनीमा लिङ्ग केही भागमात्र प्रवेश गरे पनि जबर्जस्ती करणीको वारदात हुन पर्याप्त हुने । पीडित बालिकाको Post Fourchette मा Redness देखिनुले योनीमा लिङ्ग रगडेको र केही मात्रा मै भए पनि प्रवेश गरेको मान्नुपर्ने नै हुन्छ । यसप्रकार, पुनरावेदक प्रतिवादीले अनुसन्धानको सिलसिलामा आरोपित कसुरमा साबित रही गरेको कागजलाई पीडित बालिकाको Post Fourchette मा Redness देखिनु र पीडितले यी प्रतिवादीलाई किटानी पोल गर्नुबाट सम्पुष्टि (Corroboration) भई रहेको यस अवस्थामा प्रतिवादिले पीडितलाई जबर्जस्ती करणी गरेको नै देखिने । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीको तर्फबाट : वैतनिक विद्वान्‍ अधिवक्ता हरिशंकर कर्ण प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान्‍ उपन्यायाधिवक्ता भरतराज शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं., ३(२) नं, १० नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री अवधविहारीप्रसाद सिन्हा पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री पुरूषोत्तम पराजुली मा.न्या.श्री केशवप्रसाद मैनाली फैसला न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६६।२।२७ को फैसलाउपर प्रतिवादीबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : मिति २०६३।१०।१ गते साँझ ६ बजेको समयमा मेरी नाबालिका नातिनी वर्ष १२ की मन्जिला खपाङ्गी मगरलाई जिल्ला झापा, शान्तिनगर गा.वि.स वडा नं. १ बस्ने बिरू मगरले वर्षेनी लाग्ने माइमेलाका दिन माइपारीको जङ्‌गलमा अरूणा दिदीलाई खोज्न जाउँ भनी झुक्याएर जिल्ला झापा, सुरूङ्गा गा.वि.स. वडा नं. ८ स्थित माइपारीको जङ्‌गलमा लगी मुखसमेत बन्द गरी जबर्जस्ती करणी गरेको हुँदा निजलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त । जिल्ला झापा, सुरूङ्गा गा.वि.स. वडा नं. ८ स्थित पूर्व ५०० मिटर पर गाउँ, पश्चिम चिहानघारी, माइखोला, दक्षिण कोटीहोम माथिको सिसौको घारी जङ्‌गल, उत्तर सिसौको झाडी बुट्यानको बीचमा गोरेटो बाटोको दक्षिण घारीभित्र १०/१२ फुटजति जङ्‌गलको घारी माडिएको भन्ने घटनास्थल मुचुल्का । मन्जिला खपाङ्गी मगरको Post Fourchette मा Redness (रातोपना) देखिन्छ, करणी भएको हो होइन यकिन