निर्णय नं. ४१६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१६८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४७/०६/०२ २४८६ निर्णय नं. ४१६८ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको रिट नं. ८७४ आदेश भएको मिति : २०४७।६।२।३ मा निवेदक : कारागार शाखा काठमाडौंमा थुनामा बस्ने वीरबहादुर थापा मगर विरुद्ध विपक्षी : ललितपुर जिल्ला अदालतसमेत विषय : उत्प्रेषण मुद्दा : ज्यान तथा थुनुवा भाग्यो भन्ने (१) ज्यान मुद्दाबाट सर्वश्वसहित जन्मकैद बापत कानुन बमोजिम २० वर्ष कैद ठेकिई सकेपछि कारागार ऐनको दफा २४ बमोजिम कैद ठेक्न नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (६) मा देखाइएको २० वर्षको हद सोही दफाको उपदफा (३)(४) र (५) बमोजिम भागेबापत थप कैद ठेक्दा कायम गर्नु पर्ने हो भन्ने नदेखिने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना विद्वान अधिवक्ता श्री रमनकुमार श्रेष्ठ विपक्षतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज आदेश न्या.हिरण्येश्वरमान प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. राजबहादुर गुरुङको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक भएको कर्तव्य ज्यान मुद्दामा संलग्न रही कसूर गरेको ठहर गरी कास्की जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजायँ हुने गरी गरेको फैसलाको कलम एक र सोही मुद्दामा ०२९।८।३ गतेबाट अविछिन्न रुपमा थुनामा बसी ०३७।२।१३ मा जिल्ला कार्यालय कारागार शाखा नख्खुबाट भागी ०३७।८।१० मा पक्राउमा परी ०३७।१०।२० गते विपक्षी नं. १ मा थुनुवा भाग्यो भन्ने मुद्दामा बयान गरेको एक समेत २ मुद्दा मध्ये थुनुवा भाग्यो भन्ने मुद्दामा २०३८।३।१६ मा विपक्षी नं. १ बाट फैसला भएको के कति कैद लाग्यो भन्ने कुरा फैसला पढी बाची सुनाई दिएको हुँदा थाहा भएन । थुनाबाट भागेको अभियोगमा के कति सम्म सजायँ हुनसक्ने रहेछ भनी कारागार ऐन, ०१९ हेर्दा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई सजायँ गर्नु पर्छ भनी कारागार ऐनको दफा २४ को उपदफा (ङ) को देहाय दफा (३) मा उल्लेख भएको, उपदफा (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरु बमोजिम डेढी बढाई सजायँ गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुन सक्ने सजायँको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भन्ने ऐनको दफा २४(५) मा उल्लेख भएको, उपदफा (३), (४) वा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरु बमोजिम सजायँ गर्दा बीस वर्ष भन्दा बढी कैद हुने गरी सजायँ गरिने छैन र गर्न हुँदैन भनी उपदफा (६) मा उल्लेख भएको पाइन्छ । म निवेदकले भागी गएको अवस्थामा कुनै प्रकारको अपराध नगरेको हुँदा उल्लेखित कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहर गरी कास्की जिल्ला अदालतबाट ठेके ठेकाएको कैद मात्र म निवेदकले भुक्तान गर्नु पर्नेमा कारागार ऐन, ०१९ को दफा २४(६) ले बीस वर्ष भन्दा बढी र दण्ड स. ८, १० र ४१ ले समेत सजायँ हुने गरी कैद ठेक्न नमिल्ने हुँदा उल्लेखित ज्यान मुद्दाको मात्र शुरुमा थुनामा बसेको मितिबाट कैद कट्टि मिन्हा हुने गरी कैदको लगत ठेक्नु ठेकाउनु भनी विपक्षीहरुको नाउँमा उपयुक्त आदेश पुर्जी जारी गरिपाउँ भन्ने जिकिर । ३. यसमा के कसो भएको हो विपक्षीहरुका