निर्णय नं. ४१६९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१६९ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०२/११ २४३९ निर्णय नं. ४१६९ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. १७२१ आदेश भएको मिति : २०४५।२।११।३ मा निवेदक : कारागार शाखा काठमाडौंमा थुनामा रहेको अशोक पैनाली बाहुन विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) चोरीका महलको तत्काल प्रचलित २८ नं. बमोजिम लागेको जरिवाना बापत हद कैद वर्ष ४ भन्दा बढी गर्न कानुनद्वारा नमिल्ने । (प्रकरण नं. १४) (२) पाँचवा पटक पारी नकवजनी चोरी गरेकोले सो बापत कैद वर्ष ३ हुने र चोरीका २८ नं. का हदले हुने कैद वर्ष ४ समेत निवेदकलाई कैद जम्मा ७ वर्ष हुनेमा ठेकिएको कैद वर्ष ६।७।१५ र ४।१।१५ गरिएको मिलेको नदेखिई गैरकानुनी देखिने । (प्रकरण नं. १५) प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. वादी श्री ५ को सरकार, प्रतिवादी म रिट निवेदक समेत भएको चौथा पटक नकवजनी चोरी मुद्दामा काठमाडौं जि.अ. का मिति २०४२।६।८ का फैसला र २०४२।१२।१४ का लगतले चौथा पटक पारी नकवजनी चोरी गरेको ठहराई जम्मा जरिवाना रु. ३२,९८५।– र म्यादी कैद वर्ष २।७।१५ दिन र जरिवाना बापत चोरीका २८ नं. बमोजिम कैद वर्ष ४। गरी जम्मा कैद वर्ष ६।७।१५ दिन ठेकी प्रहरी हिरासतमा २०४१।९।३० देखि थुनामा रहेको हुँदा सोही मिति देखि कट्टी हुने गरी ०४८।५।१५ गते छुटी जाने गरी कैद पुर्जी गरिदिएको र वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको नकवजनी चोरी मुद्दामा ललितपुर जि.अ. का २०४२।३।३१ का फैसलामा कैद महीना १।१५ र जरिवाना रु. ३८,७००।– बापत चोरीका २८ नं. ले कैद वर्ष ४।– गरी जम्मा कैद वर्ष ४।१।१५ दिन गर्ने गरी कैद म्याद ठेकी कैद पुर्जी नदिई ०४२।१०।२५ मा मौखिक सुनुवाई भयो । ३. काठमाडौं जि.अ. ले म्यादी कैद वर्ष २।७।१५ दिन र जरिवाना रु. ३२,९८५।– बापत कैद वर्ष ४। गरी जम्मा कैद वर्ष ६।७।१५ दिन कैद म्याद ठेकी २०४१ साल देखि थुनामा रही २०४८।५।३० गते छुटी जाने र ललितपुर जि.अ. ले म्याद कैद महीना १।१५ दिन र जरिवाना रु. ३८,७००।– बापत कैद वर्ष ४।– गरी जम्मा कैद वर्ष ४।१।१५ दिन कैद म्याद ठेकी पठाएको छ । ल.पु.जि. अन्तर्गतको मुद्दा भुक्तानी गर्न पर्दा २०४८।६।३० गते देखि २०५२।७।१५ गते छुटी जान पर्दा मेरो वैयक्तिक स्वतन्त्रतामा आघात पर्न गएको छ । किनकी दुवै अदालतको सजायँ गणना गर्दा कैद वर्ष १०।९ महीना हुन्छ । का.जि.अ. र ल.पु.जि.अ. को समेत सम्पूर्ण मुद्दा पाँचौ पटक हुन्छ । पाँचौ पटक नकवजनी चोरी मुद्दामा म्याद कैद ठेक्नु पर्दा कैद वर्ष ३।– हुन्छ र जरिवाना बापत कैद ठेक्नु पर्दा जतिसुकै पटक र जतिसुकै बिगो भए तापनि चोरीको २८ नं. ले हद कैद वर्ष ४। भन्दा बढी ठेक्न नहुने कानुनी व्यवस्था छ । तसर्थ मेरो हकमा पाँचौं पटक चोरी मुद्दाको म्याद कैद वर्ष ३।– र जरिवाना बापत कैद वर्ष ४ गरी जम्मा कैद वर्ष ७ मात्र कायम गरी २०४१।९।३० गते देखि २०४८।९।३० गते छुटी जाने गरी कैद लगत कायम गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर । ४. यसमा वादी श्री ५ को सरकार प्रतिवादी निवेदक समेत भएको नकवजनी चोरी मुद्दामा का.जि.अ. बाट २०४२।१२।१४ मा फैसला भएको मिसिल र ऐ.ऐ.मुद्दामा