निर्णय नं. ७४९४ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४९४ - अंश चलन । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०१/०७ ३४२४ निर्णय नं. ७४९४ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी संवत २०५६ सालको दे.पु.नं..५८२५र६०१० सम्वत् २०५८ सालको दु.पु.नं. ––७८५९ फैसला मितिः २०६२।१।७ मुद्दाः अंश चलन । पुनरावेदक / वादीः का.जि.का.म.न.पा.वडा नं. ४ वस्ने कान्चनमाला शर्मा समेत विरुद्ध विपक्षी / प्रतिवादीः ऐ ऐ वस्ने विद्युतराज चालिसे समेत पुनरावेदक/प्रतिवादीः विद्युतराज चालिसेको मु.स.गर्ने हेमालक्ष्मी चालिसे विरुद्ध प्रत्यर्थी / वादीः ऐ ऐ वडा नं. ४ वस्ने कान्चनमाला चालिसे पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २ घर भई हाल सँयुक्त अधिराज्य वस्ने अमरनाथ चालिसे समेत विरुद्ध प्रत्यर्थी / वादीः का.जि.का.म.न.पा. वडा नं. ४ वस्ने कान्चनमाला चालिसे समेत § अंशवण्डाको १९(४) को परिप्रेक्ष्यमा आफ्नो हकको अंश जति आफुखुस गर्न पाउने नै हुँदा र सो शेषपछिको वकसपत्रलाई वादीले चुनौती समेत दिन नसकेको अवस्थामा उक्त वकसपत्रलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं..२९ ) § वादीले सम्पत्ति आफ्नो स्वआर्जनको भन्ने आधारको रुपमा आफु उप प्रधानपन्च भएको र विदेश भ्रमणमा गएको कुराहरुलाई वनाएको पाईन्छ तर निज उप प्रधान पन्च भएको र विदेश भ्रमणमा गएको एक मात्र आधार स्वआर्जनको पुष्टि कारण प्रमाण हुन नसक्ने । (प्रकरण नं.३०) § प्रतिवादी अन्जुले पाएको जग्गा वकसपत्रको देखिएपनि आफ्नै पत्नीले पतिवाट वकसपत्र पाएको देखिएकोले प्र. अन्जुको नाममा रहेको सो जग्गा वण्डा गर्न नपर्ने भन्न नमिल्ने । (प्रकरण नं..३१ ) पुनरावेदक वादी तर्फवाटः विद्धान अधिवक्ता श्री वालकृष्ण न्यौपाने र श्री प्रकाश वस्ती पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री वसन्तराम भण्डारी र श्री शतिसकृष्ण खरेल अवलम्वित नजीरः ने.का.प.२०४४, निर्णय नं.३११६, पृष्ठ ६६८ फैसला न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. विपक्षी मध्येका विद्युतराज चालिसे म फिरादीका पति विपक्षी निलम प्रिया देवी सासु र अन्य विपक्षीहरु देवरहरु हुन । विद्युतराज चालिसे संग म फिरादीको २०२९।८।२० मा गन्धर्व विवाह भई २०३३ सालमा जेठी छोरी सौदामीनीको, २०३५ सालमा माहिली छोरी सैसदी २०३८ सालमा छोरा कदम्वराजको जायजन्म भएकोमा विपक्षी पतिले म फिरादी छोरा छोरीलाई कुटपिट गर्ने गरेको र खान लाउन नदिएको घरवाट निकाला गरेकोले अन्यत्र गै वसी विपक्षी पति संग मेरो र छोराको अंश दिनुहोस भनी वारम्वार भन्दा अंश दिन्न भनेकोले फिराद गर्न आएको छु । विपक्षी पतिका ३ दाजु भाई विपक्षीहरु सगोलमा रहेका निजहरुको विचारमा वण्डा नभएकोले विपक्षी सवैवाट वण्डा गर्नुपर्ने सपत्तिको तायदाती लिई फिराद परेको अघिल्लो दिन मानु छुट्टिएको मिति कायम गरी सम्पूर्ण वण्डा गर्नुपर्ने सम्पत्ति ४ भाग लगाई ४ भाग मध्ये १ भाग मेरा पति विपक्षी विद्युतराज चालिसेको १ भाग जम्मा २ भाग अंश छुट्टयाई चलन समेत पाउं भन्ने समेतको २०४७।६।९ को फिराद दावी । ३. वादीले म पति लगायत सासु र देवरहरुसंग अत्यन्त दुर्यवहार गर्ने गरेकोमा घर चलाउनको लागि सगोलको का.जि.का.म.न.पा. वडा २३ (य) कि.नं. १६६ को जग्गामा वनेको घरमा निज वादीलाई राखी छोरा छोरी र म कहीले एउटा घरमा कहिले अर्को