निर्णय नं. ७४९५ - किर्ते जालसाज ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४९५ - किर्ते जालसाज । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०२/२६ ४६७९ निर्णय नं.७४९५ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत २०६०सालको फौ.पु.नं. ३५०८ फैसला मितिः २०६२।२।२६।५ मुद्दाः – किर्ते जालसाज । पुनरावेदकरप्रतिवादी जि. वाँके नेपालगंज न.पा.वडा नं. १४ वस्ने सज्जन अली शेष विरुद्ध प्रत्यर्थीरवादीः हाल जि.वाँके इन्द्रपुर गा.वि.स. वडा नं. ८ वस्ने गोवरे कुर्मि § पुनरावेदन अदालतले फैसलामा लिएका निर्णयाधारको त्रुटीहरुलाई विश्लेषण गरी सो फैसला वदरको माग दावी लिएको पुनरावेदनपत्रको अनुहारवाट नदेखिने भन्ने निर्णयाधार लिई कानून व्यवसायीले मसौदा गरेको छु भनी प्रमाणित गरी सही गरेको पुनरावेदनपत्रमा यी पुनरावेदक प्रतिवादीलाई सजाय गर्न नमिल्ने । § पुरा गर्नुपर्ने कार्यविधि पुरा गरेपछि आफुलाई चित्त नवुझेको फैसलाको ठहर वुदाको खण्डमा चित्त नवुझेको कुरा खुलाई दायर गरेको पुनरावेदनपत्रमा पुनरावेदन अदालतको फैसलाको निर्णयाधारको त्रुटीहरु यो–यो छैन र यो यति यसप्रकारवाट पुनरावेदन जिकिर लिनुपर्छ भनि मुद्दाका पक्षलाई अदालतले तोक्न नमिल्ने । § यस अदालतमा दायर गरेको पुनरावेदनपत्रमा आफ्नो फैसलाको निर्णयाधारमा यो यति त्रुटी छन ती त्रुटीको विश्लेषण गरी आफ्नै फैसलाको वदरको माग नगरेको भनि पक्षको अधिकारलाई संकुचन गरी जिल्ला तथा पुनरावेदन अदालतले यस अदालतमा परेको पुनरावेदनपत्रलाई जालसाजीको संज्ञा दिन नमिल्ने । (प्रकरण नं.२५) § यी पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्र साथ पेश गरेको वारेसनामामा हस्ताक्षर ल्याप्चे झुठ्ठा वनाएको वा भैरहेको सच्चा लिखतलाई कुनै तरिकाले उडाई अर्कै मतलव निस्कने व्यहोरा पारेको एउटा कामलाई भनि सहिछाप गरेको लिफा कागज अर्कै व्यहोराको लिखत लेख्ने इत्यादी काम गरेकोवाट अर्काको जीउ धन वा हक जाने नोक्सान हुने वा सो केही नभए झुठ्ठा काम गर्ने आँफैलाई वा अरु कसैलाई फाइदा प्रमाण हुने जस्ता किर्ते कागजको १ नं. को परिभाषाभित्र प्रस्तुत मुद्दाको तथ्य मेल नखाने । (प्रकरण नं.२६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सिताराम अग्रवाल प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री दिनेश त्रिपाठी श्री लल्लनप्रसाद श्रीवास्तव र श्री कमलेश द्धिवेदी अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत नेपालगंजवाट शुरुको निर्णय सदर गर्ने गरी भएको मिति २०५६।१२।८ को फैसला दोहोर्‍याई पाउँ भनि परेको प्रतिवादीको निवेदनमा यस अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड(क) को आधारमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको मिति २०६०।३।६ को आदेशानुसार पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ : – २. शान्तिदेवी मेरो अंश र अपुताली मुद्दाको विपक्षी हुन । निजको एकमात्र उद्देश्य मलाई हराई रज्जा कुर्मिनीको सम्पूर्ण सम्पति आफ्नो एकलौटी हक स्थापना गर्नु हो । यसै क्रममा वाँके जिल्ला अदालतवाट मेरो माग दावी सदर भएको र पुनरावेदन अदालतवाट विपक्षी शान्ती देवीको माग सदर भएकोले सर्वोच्च अदालतमा मलाई पुनरावेदन गर्न वाध्यता भई विपक्षी प्रतिवादी शान्ति देवीले मैले गर्ने पुनरावेदन कसरी निष्फल हुन जाओस भन्ने धारणाले आफ्नो अधिकृत वारेस र मेरो जालसाजी मुद्दाका विपक्षी समेत भएको प्रतिवादी सिपाहीलाल संग मिलोमतो गरी २०४२ सालको दे.पु.नं. ४८७/५ को अंश