निर्णय नं. ७४९७ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४९७ - उत्प्रेषण । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/१२/०९ २७३२ निर्णय नं.७४९७ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५७ सालको रिट नं. ३२९५ आदेश मितिः २०६१।१२।९।३ विषयः– उत्प्रेषण । निवेदकः शाही नेपाल वायुसेवा निगम अर्थ विभागमा लेखा अधिकृत तह ६ मा कार्यरत शान्तकुमार श्रेष्ठ विरुद्ध विपक्षीः शाही नेपाल वायुसेवा निगम नयाँ सडक समेत § जेष्ठताक्रमको सूची नै एकमात्र वढुवाको आधार हुने भए अन्य कानूनी आधार र वढुवा प्रक्रियाको लागि अपनाइने कानूनी प्रावधाननै औचित्यहीन वन्न जाने । § कार्यसम्पादन मूल्यांकन फाराम हेर्दा काटिएको ठाउंमा सम्बन्धीत मूल्यांकनकर्ताको सहिछाप परेकै देखिन्छ । केरमेट भएकै कारणले मात्र कार्यसम्पादन मूल्यांकन फारम त्रुटिपूर्ण भयो भन्न नमिल्ने । § गल्ती त्रुटी भएमा सच्याई सहीछाप गर्ने आम प्रचलन रही आएको छ । वदनियत वा कैफियत गरेको प्रमाणित नभएसम्म त्यतिकै भरले त्रुटिपूर्ण भयो भनि हचुवा आधारमा भन्न र मान्न नमिल्ने । § सुपरीवेक्षक र पुनरावलोकनकर्ताले मूल्यांकन गर्नुपर्ने कार्यसम्पादन मूल्यांकनको विषयमा निजहरुको विवेकाधिकारको औचित्यभित्र प्रवेश गरी यसको यतिनै अंक हुने भनि वोल्न नमिल्ने। (प्रकरण नं.१९) निवदेक तर्फवाटः विद्वान अधिवक्ता वालकृष्ण न्यौपाने विपक्षी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री हरिहर दाहाल श्री हेमराज अधिकारी र पूर्णमान शाक्य अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ (२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार रहेको छः– २. विपक्षी वढुवा समितिले प्रकाशित गरेको विज्ञापन नं. १५।०५६।०५७ प्रशासन सेवा लेखा समूहको वरिष्ठ लेखा अधिकृत तह ७ को रिक्त ११ पद वढुवाद्वारा पूर्ति गर्ने सम्वन्धमा प्रकाशित सूचना बमोजिमको म्याद भित्र मैले पनि संभाव्य उम्मेदवार भएकोले वढुवा फाराम भरेको थिए । म जेष्ठताक्रम नं. ३ मा भएको तर विपक्षी पदपूर्ति समितिले मिति २०५७।३।२९ मा प्रकाशित गरेको वढुवा सिफारिसमा निवेदकको नाम नभएकोले विपक्षी संचालक समिति समक्ष उजुरी गरेकोमा मिति २०५७।७।२९ मा एउटा पत्र मलाई प्राप्त भयो । उक्त पत्रमा तपाईले वढुवा सूचना नं. १५।०५६।५७ अन्तर्गत प्रशासन सेवा लेखा समूह तर्फको वरिष्ठ लेखा अधिकृत तह ७ को रिक्त पद ११ वढुवाद्वारा पूर्ति गर्ने सम्वन्धमा मिति २०५७।३।२९ को पदपूर्ति समितिले वढुवा गरेको वढुवा सिफारिस उपर चित्त नवुझाई मिति २०५७।४।१२ मा श्री कार्यकारीणी अध्यक्ष ज्यूलाई संवोधन गरी दिएको उजुरी संचालक समितिमा पेश हुंदा संचालक समितिको मिति २०५७।७।२८ गतेको वैठकले तपाईको उजुरी आधारहीन देखिएकोले उजुरी खारेज गर्ने निर्णय भएको हुंदा निर्णय अनुसार जानकारी गराईन्छ भन्ने उल्लेख भएको रहेछ । ३. सर्वप्रथम पदपूर्ति समितिको अध्यक्ष र संचालक समितिको अध्यक्ष एकै जना हुनु हुन्छ । जसले वढुवा गरेको हो उसैले पुनरावेदन सुन्ने कार्य प्राकृतिक न्यायको सिद्धान्त विपरित हुन्छ । वढुवा भएका कुनै पनि व्यक्तिले लोक सेवा आयोगको सामान्य सिद्धान्त २०४३ द्वारा निर्धारित समयमा कार्य संपादन मूल्यांकन फाराम भरेको छैनन । हरेक साल र हरेक ६।६ महिनाको कार्यसम्पादन मूल्यांकन सोही समयमा कार्यरत सुपरीवेक्षक र पुनरावलोकन कर्ताले मूल्यांकन गर्नुपर्नेमा काम हेर्दै नहे