निर्णय नं. ९२२१ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२२१ - अंश चलन भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०३/२५ ५६१३ नेकाप २०७१, अङ्क ८, नि.नं.९२२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।२५।४ ०६७-CI-०३३५ मुद्दाः अंश चलन । पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १३ बस्ने मानबहादुर श्रेष्ठ विरूद्ध प्रत्यर्थी/वादी : विजया श्रेष्ठको हकमा संरक्षक भै आफ्नो हकमा समेत जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १३ बस्ने भगवती श्रेष्ठ § प्रतिवादी र निजका पिता चेतबहादुर श्रेष्ठबीच २०६३।४।१४ मा मानो जोडिएको लिखत पारित भए पनि सोही मितिमा प्रस्तुत अंश चलन मुद्दा दायर भएको देखिएको र अंश चलन मुद्दा दायर हुनुअगावै प्रतिवादी मानबहादुर र निजका पिता चेतबहादुर श्रेष्ठको बीचमा मानो जोडिएको लिखत पारित भई एकासगोलमा बसेको भन्ने देखिन आएन । सो मानो छुट्टिएको मिति २०६३।४।१४ भन्दा अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती फाँटवारी दुबै पक्षबाट माग्ने मोरङ जिल्ला अदालतको मिति २०६३।१२।१९ को आदेशबाट कायम हुनआएको मानो छुट्टिएको मिति २०६३।४।१४ मा नै वादीका पति र ससुराबीच पारित भएको मानो जोडिएको लिखतबाट वादीका ससुरा बाजे चेतबहादुर श्रेष्ठलाई वादीका सगोलका अंशियार मान्न नमिलेबाट चेतबहादुर श्रेष्ठलाई समेत सगोलको अंशियार कायम गर्नुपर्ने भन्ने पुनरावेदन जिकिर मनासिब देखिन नआउने । (प्रकरण नं.२) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय चूडामणि पोख्रेल र विनोद शर्मा प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् अधिवक्ता सुरेन्द्रकुमार खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अंशबन्डाको १८ नं. § मुलुकी ऐन, स्त्री अंश धनको १ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री भीमकुमार ओझा पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री दीपककुमार कार्की मा.न्या.श्री सुरेन्द्र वीर सिंह बस्न्यात फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६५।१।८ को फैसलाउपर मुद्दा दोहोर्याई हेरी पाउँ भनी प्रतिवादीबाट परेको निवेदनमा यस अदालतबाट मिति २०६७।५।२३ मा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : विपक्षी हाम्रा पति पिता नाताका हुनुहुन्छ । ससुरा चेतबहादुर श्रेष्ठ र विपक्षी पति पिताको बीचमा मिति २०५५।९।२३ मा र.नं. ३१५८ मा अंशबन्डा भइसकेको र अन्य अंशियार कोही पनि छैनन् । विपक्षीसँग २०५५ सालमा मेरो विवाह भई छोरी विजया श्रेष्ठको जायजेथासमेत भएको छ । विपक्षीले मसँग सानातिना कुरामा निहुँ खोजी मरणासन्न अवस्थामा पर्ने गरी कुटपीट गरी र खान लाउनसमेत नदिई घरबाट निकाला गर्नुभयो । उपरोक्त कारणले विपक्षीसँग हामीलाई अंश दिनु होस् भन्दा पालन पोषण पनि गर्दिन अंश पनि दिन्न भनी जवाफ दिनु भएकाले यो फिराद गर्न आएको छु । अत: उपरोक्तबमोजिम विपक्षीले हामीउपर अमानवीय हरकत व्यवहार गर्नु भएको हुँदा लोग्ने स्वास्नीको महलको ४ नं. तथा अंशबन्डाको १० नं. अनुसारको अन्याय गर्नुभएकाले ऐ. २०, २१, २२, २३ नं. बमोजिम तायदाती फाँटवारी पेस गर्न लगाइ ऐ. १ र २ नं. अनुसार ३ भागको २ भाग अंश दिलाइ पाउँ भनी ऐ. ३५ नं. बमोजिमको हदम्यादभित्र अ.बं. ८२ नं. ले हक पुग्ने कुरामा यसै फिरादपत्र साथ