निर्णय नं. ७५०० - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५०० - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०९/२० २९९७ निर्णय नं. ७५०० ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राम नगिना सिंह माननीय न्यायाधीश श्री बलराम के.सी. संवत २०६० सालको रिट नम्वर ३१६४ आदेश मितिः २०६१।९।२० विषयः— उत्प्रेषण समेत । निवेदकः मध्य मस्र्याङ्गदी जलविद्युत आयोजना अन्तर्गत लम्जुङ्ग जिल्ला उदिपुर गा.वि.स.मा परियोजनास्थल रहेको जर्मनमा दर्ता रहेको डेविडाग भन्ने DYWIDAG International Gmbll कम्पनी, स्पेनमा दर्ता भएको ड्रागाडोस भन्ने DRAGADOS Obtras Y Proyectos S A कम्पनी र चिनमा दर्ता भएको सि.डब्लु.ई. भन्ने China International Water and Electric Corporation भन्ने कम्पनीको संयुक्त करारीयस्वरुप डि.डि.सि.जे.भी.भन्ने डेविडाग ड्रागाडोस सिं.डब्लु. ई. ज्वाइन्टभेन्चरको तर्फबाट ऐ.का अधिकार प्राप्त प्रतिनिधि ऐ.ऐ.बस्ने लोथर रुइक विरुद्ध विपक्षीः श्रम कार्यालय गण्डकी अञ्चल, पोखरा समेत § निवेदक कम्पनी नेपाल कानूनबमोजिम दर्ता भएको कम्पनी पनि नभएको र निवेदक Joint Venture कम्पनी कारखाना वा संगठन वा संस्था वा फर्ममा नपर्ने हुँदा उक्त कम्पनीको हकमा श्रम ऐन, २०४८ लागु हुने नदेखिने । § श्रम ऐन, २०४८ ले निवेदक कम्पनीको हकमा लागु नभएपछि दफा ७३ मात्र लागु हुने भन्ने प्रश्न नआउने । § श्रम ऐन, २०४८ को दफा ७३(५) बमोजिम निर्णय गरेको भन्नेसम्म उल्लेख छ । उक्त ऐनको दफा ७३(५) बमोजिम निर्णय गर्न दफा ७३ को सम्पूर्ण व्यवस्था हेरिनुपर्ने । § निवेदक कम्पनी श्रम ऐन, २०४८ को परिभाषा बमोजिमको प्रतिष्ठान पनि नभएको हुँदा बिपक्षी केशव सिं ठकुरीलाई हटाउने निर्णय गर्ने र पत्र दिने व्यक्ति श्रम ऐन, २०४८ बमोजिमको व्यवस्थापक पनि नभएको हुँदा श्रम कार्यालयले उजुरी लिई सुनवाई गरी गरेको निर्णय एवं आदेश कार्यान्वयन गर्न निवेदनमा उल्लेखित मितिमा लेखिएका पत्रहरु अधिकारक्षेत्रबिहिन भएको स्पष्ट देखिने । (प्रकरण नं.१५) § आफूलाई कानूनले नदिएको अधिकार कसैले पनी प्रयोग गर्न पाउदैन । कानूनी राज्यमा सबैले आफूलाई कानूनबमोजिम प्राप्त अधिकार मात्र प्रयोग गर्नु पर्दछ । यदि कसैले नभएको अधिकार प्रयोग गर्दछ वा भएको अधिकार भन्दा बढि अधिकार प्रयोग गर्दछ अर्थात Lack of Jurisdiction or Excess of Jurisdiction हुन्छ भने त्यस्तो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१६) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी: नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. निवेदक DYWIDAG International Gmbll कम्पनी जर्मन कानूनबमोजिम जर्मनीमा, DRAGADOS Obras Proyectos S A कम्पनी स्पेनको कानूनबमोजिम स्पेनमा र China International Water and Electric Corporation चीनको कानूनबमोजिम चीनमा स्थापना भै कानूनी व्यक्तित्व प्राप्त कम्पनीहरु हौं । नेपाल विद्युत प्राधिकरणले सन् ६ अगष्ट २००० मा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरी टेण्डर दाखिला गर्ने माग गरे अनुरुप त्यस्तो अन्तर्राष्ट्रिय प्रकृतिको टेण्डर पेश गर्न ता १९ अक्टुवर २००० मा निवेदक कम्पनीहरु बीच सम्झौता भै उपरोक्त टेण्डर दाखिल गरेको र जि.लम्जुङ्ग स्थित उक्त मध्य मस्र्याङ्गदी जल विद्युत आयोजनाको लटसी अन्तर्गत निश्चित समय