निर्णय नं. ४१७४ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१७४ - डाँका भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०६/२३ २३८० निर्णय नं. ४१७४ ने.का.प. २०४७ अङ्क ७ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.पु.ई.नं. ३१ फैसला भएको मिति : २०४७।६।२।३ मा निवेदक/प्रतिवादी : रौतहट जि.सरुअठ्ठा गा.पं. वा.नं. ८ बस्ने राजेन्द्रप्रसाद सिंह राजपुत विरुद्ध विपक्षी/वादी : तेजनारायण कापडको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) पुनरावेदन तहबाट बिगोको अंक घटी भई जरिवाना समेत घट्न गई शुरु इन्साफ केही उल्टी भएको अवस्थामा पुनरावेदन गरेबापत थप सजायँ हुने भन्न नमिल्ने । (प्रकरण नं. २७) (२) पुनरावेदन परी सो पुनरावेदनबाट बिगोको अंक घटी जरिवाना समेत घट्न गएको अवस्थामा पुनरावेदनको प्रयोजन नरहेको भन्न नमिल्ने । (प्रकरण नं. २७) विपक्षी/वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज अवलम्बित नजीर : मार्टस पिटर समेत विरुद्ध मध्यमाञ्चल क्षेत्रीय अदालत भएको रि.पु.ई.नं. ५० को बन्दीप्रत्क्षीकरणको मुद्दामा स.अ. पूर्णइजलासबाट मिति ०४६।१२।७।३ मा प्रतिपादित सिद्धान्त । फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराजका हजुरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।१२।२६ मा भएको फैसला दोहर्याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भनी प्रतिवादी राजेन्द्रप्रसाद सिंहले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा लेखिएको व्यहोरा साँचो भए त्यस अदालत संयुक्त इजलासबाट छिनिएको बिन्तिपत्रमा लेखिएको डाँका मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी मौसूफ सरकारबाट हुकुम प्रमांगी बक्स भई आए बमोजिम पूर्णइजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. २०३६।११।२०।२ गते राती खानपिन गरी मेरो भएको परिवार सुती निदाई रहेको अवस्थामा करीब १०–१२१२ बजेको समयमा २१, २२ जना डाँकाहरु आई घरभित्र पसी मलाई समाई कुटपिट गर्न लाग्दा ज्यान बचाउनको लागि बल प्रयोग गरी घरबाट बाहिर निस्कें र सो रात चाँदनीको उज्यालो भएको र डाँकाहरुले बालेको टर्चको उज्यालोबाट समेत राजेन्द्र सिंह, हिरामान सिंह, जगत सिंह, ठगरमियाँ, चन्द्रेश्वर सोनार, रसुल मियाँ, खहेरु राउत, पलट कापडलाई चिने अरुलाई पहिचान गर्न सकिन । डाँकाहरुले जम्मा रु. ९१,३४०।– को धनमाल डाँका गरी भागी गएकोले डाँकाहरु पत्ता लगाई कारवाही गरी डाँका गरी लगेको बिगो दिलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. जाहेरवालाको घरमा डाँकाहरु आई डकैती वारदात गरेको हो । सो डाँका वारदात हुँदा म आफ्नो घरमा नभई श्रीमतीलाई ल्याउनको लागि २ दिन अगावै सरुअठ्ठा गएको थिएँ । भोलिपल्ट मात्र श्रीमतीलाई लिएर फर्केको हुँ । वारदात भएको ठाउँदेखि मेरो ससुराली २ कोश फरकमा पर्दछ । कहाँका डाँकाहरु आई डाँका गरे मलाई थाहा छैन । जाहेरवालासंग मेरो जग्गा मुद्दा परी मैले जितेको हुँदा रिसइवीले गर्दा उजूर दिएको हो भन्ने समेत व्यहोराको पलट कापडको प्रहरीमा भएको कागज । ४. जाहेरवाला तेजनारायणको घरमा डाँका वारदात भएको र डाँकाहरु भाग्दा प्रहरीहरु आई पुगी गोली फायर समेत गरेको कुरा मैले भोलिपल्ट सुनेको हुँ फागु पुर्णिमाको रात म घरमा छु । रातको १० बजे फागु खेलेको छु । जाहेरवालासंग मेरो कुनै रिसइवी छैन जाहेरवाला र मेरो