निर्णय नं. ७५०१ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५०१ - उत्प्रेषण परमादेश । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०७/२० २६२७ निर्णय नं.७५०१ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत २०६० सालको रिट नं. – ३३२८ आदेश मितिः २०६१।७।२०।६ विषय :– उत्प्रेषण परमादेश । निवेदकः का.जि.का.म.न.पा. वडा नं. १९ बस्ने डा.अशोकचन्द्र श्रेष्ठ विरुद्ध विपक्षीः श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय, रामशाहपथ, काठमाडौं समेत § निवेदकले प्रि–इन्टर्नशीप नगरेकोले स्थायी दर्ता गर्न मिल्दैन भनि नेपाल मेडिकल काउन्सिलले गरेको निर्णय निवेदकले M.S. (Master of Surgery) गरी विशेषज्ञ चिकित्सकको हैसियत प्राप्त गरेको अवस्थातर्फ ध्यान नदिई गरेको देखिएवाट मेडिकल काउन्सिल ऐन, २०२० को दफा १५ को उपदफा ३(क) विपरीत देखिंदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने। § निवेदकले जनरल सर्जरी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी विशेषज्ञता हासिल गरिसकेको अवस्थामा निवेदकको हकमा कानूनबमोजिम दर्ताको सम्बन्धमा निर्णय गर्नु भनि विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने । (प्रकरण नं.८) निवेदक तर्फवाटःअधिवक्ता श्री हरिहर दाहाल तथा सुवर्ण थापा विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. म निवेदकले सन् १९७० मा पुरानो शिक्षा अन्तर्गत प्रवेशिका परीक्षा उत्तीर्ण गरी सन् १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तहको शैक्षिक योग्यता पछि काठमाडौं मै रसियन भाषा सिकेर सन् १९९२ मा श्री ५ को सरकार शिक्षा मन्त्रालयको स्वीकृतिबाट सिभिल इन्जिनियरिङ्ग पढ्न मित्र राष्ट्र रुसमा गएँ । अन्तर्राष्ट्रिय शिक्षा प्रणाली तथा प्रचलन अनुसार मित्र राष्ट्र रुसमा कुनै पनि विषयमा आई. एस. सी. या + २ या प्रमाणपत्र तहको शैक्षिक योग्यता पश्चात त्यहाँको कुनै पनि स्टेट युनिभर्सिटीमा आफ्नो इच्छा अनुसार तथा सक्षमता अनुसार कुनै पनि विषयमा अध्ययन गर्न पाउने व्यवस्था भएकोले र यस्तै मेरो पनि यहाँ प्रमाणपत्र तहको शैक्षिक योग्यता भएको एवं आफूसँग १५–२० वर्ष अगाडि देखिको चिकित्सा तथा स्वास्थ्य सेवामा निकै ज्ञानहरु, अनुभवहरु तथा सीपहरु भएकोले त्यहाँ पढ्न गएको विषय बदलेर जनरल मेडिसिन विषय पढ्नको लागि त्यहाँको Srwednyaya Scola Secondary School (यहाँको कलेज या + २ तहको) Programme अनुसारको आधारभूत विज्ञानका विषयहरुलाई (Biology, Chemistry, Physics र Math_ Basic Course र अथवा Pre Medicine Course को रुपमा Preparatory Course अन्तर्गत सन् १९९२ देखि १९९३ सम्म पढी उत्तीर्ण गरें । उक्त कोर्ष मैले चिकित्साशास्त्र अध्ययन गर्नु भन्दा अगावै पूर्वाधारको आधारभूत विज्ञानका विषयहरुको रुपमा पढी उत्तीर्ण गरिसकेको थिएँ । त्यसपछि मात्र सन् १९९३ सेप्टेम्बरमा त्यहाँ रुसकै चेभोकसारी शहर स्थित चुभास स्टेट युनिभर्सिटीमा जनरल मेडिसिन विषय पढ्न भर्ना भएँ । यसरी आपूmले पूर्व अध्ययन गर्न गएको विषय परिवर्तन गरेर सो विश्वविद्यालयमा जनरल मेडिसिन विषय अध्ययन गरेकोलाई श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट पनि स्वीकृति भएको छ । त्यहाँ पनि चिकित्साशास्त्र अध्ययनको प्रारम्भिक वर्षमा (चिकित्साशास्त्रसँग असम्बन्धित विषयहरु पनि पढाइने वर्ष र चिकित्साशास्त्र विषयको Clinica