निर्णय नं. ४१७५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१७५ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०३/१३ २४७५ निर्णय नं. ४१७५ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४७ सालको फौ.सा.नं. ८३ फैसला भएको मिति : २०४७।३।१३।४ मा वादी : मेकबहादुर राना मगरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : स्याङ्जा जिल्ला क्याक्मी गा.पं. वा.नं. ९ बस्ने झुसी दमैनी मुद्दा : कर्तव्य ज्यान (१) गर्भ पतन गराउने उद्देश्यले सम्म योनीभित्र हात हाल्दा गर्भ पतन हुन नसकी मृत्यु हुन गएको भन्ने देखिन आएको स्थितिमा अपराधको अवस्थाबाट प्रतिवादीलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने भनी शुरु अदालतको रायलाई समर्थन जनाएको क्षेत्रीय अदालतको राय मिलेकै देखिँदा निज प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ पाँच मात्र हुने । (प्रकरण नं. १६) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकाशाको लागि जाहेर गरी साधकमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. विमातृ पट्टिका भाई बुहारी हिरामाया २०४३।११।२९ गते साँझ मल बोक्न गएको डोको नाम्लो घरको खाटमा राखी पानी ल्याउन बाल्टीन, गाग्री लिई गएकोमा बाल्टीन समेत बाटोमा राखी नमालुम कता गइछन्, भोलिपल्ट विहान डाँडा वारी भन्ने ठाउँमा बुहारी हिरामायाको लाश छ भन्ने कुरा कौशिलाले भन्न आएकीले हेर्दा मृतक अवस्थामा देखी भाइ विष्णुबहादुर भारत पल्टनमा भर्ती भएको २ वर्ष भएको मृतक बुहारीले भीमबहादुरको छोरा सोती मगरको गर्भ रहन गएको सो पतन गराउने उद्देश्यले गाउँकै झुसी दमेनीसंग गएको र गर्भ पतन गराउन कोशिश गरेको भन्ने कुरा बुझिन आएकोले जाहेर गर्न आएको छु । कर्तव्य, भवितव्य के हो, खुलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत मेकबहादुर रानाको जाहेरी । ३. डाँडावारी भन्ने ठाउँमा पूर्व डिलनारायणको पाखो समेतका ४ किल्ला भित्र वारीका कुनामा पूर्वतर्फ मुख भई आँखा चिम्लीएको, नाकको प्वालबाट रगत बगेको मुख बन्द ओठ कालो, गोली गाँठा अगाडिको भागमा रगत बगेको, योनीबाट रगत बगी जमीनमा जमेको, योनी खुला भई केही बढेको भन्ने समेत घटनास्थल लाश प्रकृति मुचुल्का । ४. छोरा विष्णुबहादुर भारत पल्टनमा नोकरी गरी बसेका छन् । घरमा म र बुहारी हिरामाया र नातिनी ३ जना थियौं । बुहारीको गाउँकै सोती मगरसंग उठबस हुन्छ भन्ने सुनेकोले बुहारीलाई सम्झाउँदा बुझाउँदा नमानी आफ्नै सुरमा हिंड्थी । ०४३।१२।२९ गते मल बोक्न खेतालो गएकीमा अबेर सम्म नआएकीले विवाहको रमिता हेर्न गई होली भनी खाना खाई सुतें । ऐ.३० गते विहान बुहारी हिरामाया डाँडावारीमा मृतक अवस्थामा छ भन्ने हल्ला सुनी जाँदा मृतक अवस्थामा देखेकी हुँ । कसरी बुहारीको मृत्यु भयो, मलाई थाहा जानकारी छैन भन्ने समेत कौशिला मगरनीको प्रहरीमा भएको कागज । ५. ०४३।१२।२९ गते साँझको समयमा हिरामाया मेरो घरमा आई मलाई बोलाई मैले गाउँकै हवल्दार भीमबहादुरको कान्छो छोरा सोती मगरको गर्भ बोकेको ५ महीना भयो । गर्भ पतन गराउने औषधि खाएको ५ दिन हँुदा पनि पतन हुन सकेन, गर्भ झिकी देउ भनेकीले मैले निजको पेटको वरपर माडमुड गरे तर गर्भ पतन हुन सकेन । निजले हात हालेर भए पनि झिकी देउ भनेको हुँदा योनी भित्र हात हाल्दा पनि गर्भ पतन हुन नसकेको र निजलाई बोलाउँदा नबोलेको हुँदा मरी सकी छन् भनी निजलाई त्यही छाडी घरतर्फ गएकी हुँ भन्ने समेत व्यहोराको झुसी दमिनील