निर्णय नं. ७५०२ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५०२ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०१/०२ ३४०५ निर्णय नं.७५०२ ने.का.प. २०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री हरिजंग सिजापती संवत २०५८ सालको रिट नम्वर २८६५ आदेश मितिः २०६२।१।२।६ मुद्दाः– उत्प्रेषण समेत । निवेदकः पाटन संयुक्त क्याम्पसको हेड असिष्टेण्ट ल.पु.जि. चापागाउं गा.बि.स. वडा नं.७ बस्ने विश्वनाथ नेउपाने विरुद्ध विपक्षीः श्रीमान उपकुलपतिज्यू, त्रिभुवन विश्वविद्यालय किर्तिपुर, काठमाडौं समेत § एउटै जरियाबाट मुद्दा चलेको मध्ये कसैलाई पुनर्बहाली गर्ने र कसैलाई पुनर्बहाली गर्न नमिल्ने भनी दोहोरो मापदण्ड त्रि.वि.वि.ले अपनाइएको पाइयो । उक्त निर्णय सो दोहोरो मापदण्ड समेतको आधारमा कानूनसम्मत नदेखिने । (प्रकरण नं. १०) § निवेदकले भ्रष्टाचारको अभियोगमा सफाई पाइसकेको स्थितिमा र त्यो Finality of Judgement को विपरीत जान नमिल्ने देखिंदा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २१(क) ले गरेको कानूनी व्यवस्था बमोजिम निजलाई दावीको पदमा पुनर्बहाली गरी निजले पाउने सेवा शर्त उपलव्ध गराउन कानूनले बाधा गर्न सक्ने नदेखिंदा त्रि.वि.वि. कार्यकारी परिषदबाट भएको निवेदकलाई पुनर्बहाली गर्न नमिल्ने भनी गरिएको निर्णय र त्यसैलाई हवाला दिएको पत्र कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री महेश थापा, श्री राजु कटुवाल विपक्षीतर्फवाटः विद्वान अधिवक्ता श्री नारायण प्रसाद खनाल अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. निवेदक २०२८ साल देखि पाटन संयुक्त क्याम्पसमा मुखिया पदमा नियुक्ति भई मिति २०३६।१०।१ देखि पाटन संयुक्त क्याम्पसको सहायक लेखापाल पदमा कार्यरत थिए । त्यसपछि मिति २०४०।२।५ मा हेड असिष्टेण्ड पदमा पदोन्नती भई सोही कलेजमा कार्यरत रहेको थिए । पाटन संयुक्त क्याम्पसको लेखा आर्थिक हिनामिना भएको भनी त्यस क्याम्पसको कर्मचारीहरु उपर छानविन भैरहेकोमा मिति २०४९।४।१ को पत्रानुसार निवेदकलाई श्री ५ को सरकार विशेष प्रहरी विभागमा उपस्थित हुन जानु भनी पत्र प्रेषित गरियो । ३. आ.ब.०३९।४० को विद्यार्थीहरुका व्यक्तिगत खातामा भएको आम्दानी रकम दैनिक आम्दानी खातामा नदेखाई रु.१३,१७०।– हिनामिना गरेको आरोप लगाई निवेदकलाई विशेष प्रहरी विभागमा बयान गराइयो । त्यसै क्रममा “गैह्र जिम्मेवार तरिकाबाट सुनियोजित ढंगबाट आफूलाई गैरकानूनी फाइदा र पाटन संयुक्त क्याम्पसलाई आर्थिक हानी पुर्याई वदनियत साथ भ्रष्टाचार गरेको हुँदा त्रि.वि.नियम २८,१८.१ को ५ बमोजिम भविष्यमा विश्वविद्यालय सेवाको निमित्त अयोग्य नठरिने गरी त्रि.वि.कार्यकारी परिषदको मिति २०५०।४।२२ को निर्णयानुसार सेवाबाट हटाइएको छ” भन्ने व्यहोराको पत्र निवेदकलाई मिति २०५०।५।८ मा दिइयो । त्यसै गरी त्रि.वि.नियम २९.१ बमोजिम गठित पुनरावेदन आयोग समक्ष निवेदकले पुनरावेदन गरेकोमा प्रत्यर्थी रजिष्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखा त्रिभुवन विश्वविद्यालय, किर्तिपुरबाट मिति २०५०।७।१५ मा पुनरावेदन दरपीठ गरी फिर्ता पठाईयो । ४. निवेदकउपर सोही भ्रष्टाचारको कसूरमा श्री ५ को सरकार वादी भै भ्रष्टाचार मुद्दा दायर गरिएकोमा ललितपुर जिल्ला अदालतबाट मिति २०५२।१।४ मा तथा पुनरावेदन अदालत, पा