निर्णय नं. ४१७६ - अंश सट्टा भर्ना दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१७६ - अंश सट्टा भर्ना दिलाई पाउँ भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०७/१४ २३२६ निर्णय नं. ४१७६ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान २०४६ सालको दे.पु.नं. ५३९ फैसला भएको मिति : २०४७।७।१४।४ मा पुनरावेदक/प्रतिवादी : जि.बाँके बैजापुर गा.पं. वा.नं. ६ बस्ने रामचन्द्र थारुसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने मगरु थारु मुद्दा : अंश सट्टा भर्ना दिलाई पाउँ (१) अंशबण्डाको २९ नं. मा भएको व्यवस्थाबाट आफ्नो अंशको सट्टा दावी गर्न अंशियारको बीच पहिले अंशबण्डा हुनु अनिवार्य गरेको । (प्रकरण नं. १९) (२) नाता कायम तर्फ भएको कारवाहीबाट वादी अंशियार कायम भई अंश पाउने नै देखिए तापनि अंशतर्फ कानुन बमोजिम उजूर गर्न जानु भनी वादीलाई सुनाई दिई मात्र फिराद खारेज गर्नु पर्नेमा सो नगरेको शुरु र अञ्चलको र सो नगरी अंश नै दिलाउने गरेको क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्ने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।३।१४ को फैसलामा चित्त नबुझी न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४)(ख)(ग) र १३(७) बमोजिम पुनरावेदन दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. स्वर्गीय महावीरका ५ छोरा स्व.रामप्रसाद, स्व.श्रीप्रसाद, स्व.रामदास, स्व.रुपलाल, स्व.कान्छा भन्ने छोटेलाल थारु भएकोमा रामप्रसादको छोरा भिखु, श्रीप्रसादको छोरा म वादी मगरु थारु, रामदासको पत्नीको नाम नजानेको र छोरा आशाराम–१, खुशीराम थारु–१, तुल्सीराम थारु १, नेतराम थारु १, तिरथमान थारु १, रुपलालको छोरा प्र.रामचन्द्र, प्र.श्यामु र कान्छा भन्ने छोटेलालको छोरा बाबु थारु १ र चन्द्रबहादुर थारु भएकोमा रामप्रसाद थारु पहिले नै छुट्टि भिन्न भएको र अन्य सबै अंशियारहरु सगोलमा नै बसी आएकोमा रुपलाल थारुको नाउँमा दर्ता रहेको बाँके बैजापुर गा.पं. वा.नं. २ग कि.नं. १०, ११ र ५० समेतको ज.वि. ४–०–५ को मोल रु. २५,०००।– जाने जग्गा म समेतको गरी ४ भाग लाग्नु पर्नेमा रुपलाल जीवितै छँदा मलाई थाहा नदिई मेरो मन्जूरी समेत नलिई अंश दिन रुपलाल अंश पाउने यी प्रतिवादीहरु भई आधा आधा जग्गा बाँडी ०४१।९।११ मा अंशबण्डा रजिष्ट्रेशन पास गराएको मिति ०४२।४।२७ मा थाहा पाएको र रुपलाल ०४१।९।१५ मा परलोक भएको हुँदा ४ खण्डमा एक खण्ड मेरो अंश भाग देउ भनी प्रतिवादीसंग भन्दा नदिएकाले अंशबण्डाको २९ नं. अनुसार अंश सट्टा भर्ना बापत मोल रु. ६,२५०।– को ज.वि. १–०–१– जग्गा प्रतिवादीहरुबाट दामासाहीले दिलाई भराई पाउँ भन्ने समेत मगरु थारुको फिरादपत्र । ३. वादीले उल्लेख गरेको पुस्तावारी गलत छ । वादी हाम्रो पुस्ताभित्रको होइन । दावी गरिएको जग्गामा वादीको कुनै अंश भाग लाग्दैन भन्ने समेत प्रतिवादीहरुको संयुक्त प्रतिउत्तरपत्र । ४. मूल पुर्खा महावीरको छोरा स्व.रामप्रसाद, स्व.श्रीप्रसाद, स्व. रामदास, स्व.रुपलाल, स्व.छोटेलाल हुन् र रामप्रसादको छोरा भिखु, स्व.श्रीप्रसादको छोरा रामप्रसाद मात्र थिए । निजलाई ०१९ सालमा बाघले मारेको हो । स्व.रामदासको छोरा आसाराम, खुसीराम, तुल्सीप्रसाद, नेतराम, तिरथमान समेत हुन् । स्व.रुपलालको छोरा प्र.रामचन्द्र प्र.च्यामुथारु हुन् । स्व.छोटेलालक