निर्णय नं. ४१७७ - नोकरीबाट हटाएको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१७७ - नोकरीबाट हटाएको भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०७/१४ २९३० निर्णय नं. ४१७७ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. ३४१ फैसला भएको मिति : २०४७।७।१४।४ मा पुनरावेदक : तेह्रथुम जि., म्याङलुङ गा.पं. वा.नं. २ बस्ने कुलबहादुर तुम्वाहाम्फे विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयसमेत मुद्दा : नोकरीबाट हटाएको (१) एक पटक सामान्य प्रकृया अपनाई कारवाही शुरु गरी सकेपछि सोही सामान्य प्रकृया पूरा गरी कारवाहीको टुड्डो लगाउनु पर्नेमा सो नगरी नि.से.ऐन, २०१३ को दफा ६(१) को विशेष प्रकृया अपनाई नोकरीबाट हटाउने भनी गरेको श्री ५ को सरकारको निर्णय कानुनसंगत नदेखिने । (प्रकरण नं. १२) (२) निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गर्न सकिने भए पनि कुनै निजामती कर्मचारीलाई नि.से.नि., २०२१ को नियम १०(१) बमोजिम सजायँ गर्दा उचित र पर्याप्त कारण हुनु पर्ने । (प्रकरण नं. १३) (३) कुनै पनि निजामती कर्मचारीलाई पर्चा खडा गरी हटाउँदा स्पष्ट आधार र उचित पर्याप्त कारण विद्यमान हुनु पर्ने । (प्रकरण नं. १५) (४) पर्चा खडा गरी नोकरीबाट हटाउँदा आरोप स्पष्ट रुपले किटिएको हुनुपर्ने र प्रत्येक आरोप कुन कुन कुरा र कारणमा आधारित छ सो खोल्नु पर्ने । (प्रकरण नं. १५) (५) सफाइको मौका दिन अव्यवहारिक भनी पर्चामा लेखिएको अव्यवहारिकको कारण स्पष्ट एवं किटानी हुनुपर्छ केवल अनुमानलाई लिएर अव्यवहारिकको कारण दर्शाई पर्चा खडा गरेकोलाई अव्यवहारिकको कारण भन्न नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुभाष नेम्वाड्ड विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान अवलम्बित नजीर : निवेदक, पुनरावेदक – अर्जुनप्रसाद सिंह विरुद्ध श्री ५ को सरकार मन्त्रिपरिषद् समेत भएको फौ.पु.नं. ४२० को नोकरीबाट हटायो भन्ने मुद्दामा स.अ.सं.ई. बाट प्रतिपादित सिद्धान्त । फैसला न्या.बब्बरप्रसाद सिंह १. प्रशासकीय अदालतका फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) को अवस्था विद्यमान देखिई पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. श्री ५ को सरकारले मिति २०४४।१२।२९ को निर्णयानुसार निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी निजामती सेवा नियमावली, २०२१ को नियम १०.६(५) को अभियोगमा सोही नियमावलीको नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको विषयको सामान्य प्रशासन मन्त्रालयबाट मिति २०४५।१।९ मा पुनरावेदकलाई दिएको पत्र । ३. श्री ५ को सरकारले मलाई नोकरीबाट हटाउने गरी गरेको मिति २०४४।१२।२९ को निर्णयमा चित्त बुझेन । २०३५।९।६ मा सह लेखापाल २०३६।१।७ मा लेखापाल तथा २०४३।६।५ मा शाखा अधिकृत पदमा खुल्ला प्रतियोगिताबाट छनौट भए अनुसार नियुक्ति पाई इमान्दारी तथा निष्ठासाथ काम गर्दै आएको थिएँ । मालपोत कार्यालय ओखलढुड्डामा मालपोत अधिकृतका रुपमा काम गर्दै आएको अवस्थामा श्री ५ को सरकारको निर्देशन प्रति कटु आलोचना गरी जनमानसमा कर्मचारी वर्गप्रति अनास्था फैलाई गुटबन्दी कार्य गरी आएको भनी स्पष्टीकरण माग भएकोमा आफ्नो सफाइको व्यहोरा २०४४।९।२० मा नै पेश गरेको छु । नोकरीबाट अचानक