निर्णय नं. ७५०३ - दर्ता बदर अपुताली हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५०३ - दर्ता बदर अपुताली हक कायम । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०२/२४ ३४२५ निर्णय नं.७५०३ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. संवत् २०५८ सालको दे.पु.नं.– ८१६९ फैसला मितिः२०६२।२।२४।३ मुद्दाः– दर्ता बदर अपुताली हक कायम । पुनरावेदक र प्रतिवादीः मोरङ्ग जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं.४ बस्ने उद्धवबहादुर रोकाय बिरुद्घ प्रत्यर्थी र वादीः ऐ.ऐ. बस्ने डम्बरबहादुर रोकाहा § कुन हकवाला नजिक कुन हकवाला टाढा भन्ने बिवाद उठेमा जुन व्यक्ति मरि अपुताली परेको हो । निजको आफ्नै पुरुषतर्फको हाँगामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाँगाको हकवाला नजिक नहुने । § मृतक गुमान सिंहको निजको हकवाला निजको सहोदर दाजु जिवित हुँदाहुँदै भतिजा नाताका यि पुनरावेदकले मृतकको अपुताली पाउन सक्ने अवस्था अपुतालीको १ नं.मा भएको प्रावधान मुताविक नदेखिने । § पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्दछन भने छोरा दोश्रो पुस्तामा पर्न आउछ । अपुताली पहिला समान पुस्तामा र त्यस पछि मात्र दोश्रो पुस्तामा जान्छ भनी उल्लेख भएको पाइयो । अपुतालीको १ नं. समेतको आधारमा पुनरावेदक प्रतिवादी मृतकका भतिजा नाताका देखिंदा सहोदर दाजु जिवित छँदाछँदै निजले अपुताली पाउने नदेखिने । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्धान अधिवक्ताद्वय श्री कृष्णप्रसाद भट्टराई र श्री बालमुकुन्द श्रेष्ठ प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प.२०४५, अंक २, नि.नं.३३५२, पृष्ठ ९६ फैसला न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) अन्र्तगत पुनरावेदन अदालत, विराटनगरको मिति २०५७।१०।२ गतेको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:– २. जंगबिरका २ छोरामा जेठा म फिरादी डम्बरबहादुर र कान्छो मृतक गुमान सिंह रोक्काहा हुन । गुमान सिंह तर्फ कुनै छोरा छोरीको जन्म नभै निजको श्रीमती २०१३ सालमा नै स्वर्गवास भएकी र भाई गुमान सिंहको २०५३।९।६ गते मृत्यु भएको हुँदा निजको अपुताली खाने नजिकको हकवाला एक मात्र म फिरादी हुँ । निज भाई नामका जग्गाहरु भाईको मृत्यु पछि मैले नै भोगी आएको छु । बिपक्षी मृतकका भतिजा नाताका हुन । मृतक भाई नामको जि.सुनसरी राजगन्ज सिनुवारी गा.बि.स.वडा नं.९ क कि.नं.८२ को ज.बि.०–११–५ ऐ.९(ख) कि.नं.७५ को ज.बि.१–०–६ र ऐ.९ (ङ) कि.नं.३२ को ज.बि.०–५–१० धुर समेत जग्गाहरु मेरा नाममा नामसारी गरिपाऊँ भनी मालपोत कार्यालय, सुनसरीमा निवेदन दर्ता गरी कारवाही भै रहेको अवस्था बिपक्षीले पनि आफ्नो नाममा उक्त जग्गा नामसारी गरिपाऊँ भनी निवेदन दिएछन, मालपोत कार्यालय, सुनसरीले मिति २०५३।१२।५ का दिन उल्लेखित जग्गाहरु बिपक्षी उद्धवबहादुर रोकाहाका नाममा नामसारी गरी दिई सकेको हुँदा नामसारी भइ गएको जग्गामा हक बेहकको प्रश्न खडका भएकोले सुनसरी जिल्ला अदालतमा हक कायम गर्न नालेस गर्न ३५ दिन भित्र जानु भन्ने मालपोत कार्यालय, सुनसरीबाट निर्णय भएकोले उल्लेखित जग्गा अपुताली हक कायम गरी बिपक्षीले आफ्ना नाममा दा.खा.दर्ता गराएको जग्गाको नामसारी दर्ता बदर गरी मेरा नाममा दर्ता कायम गरिपाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. काका गुमान सिंह रोकाहालाई पालन पोषण र हेरचाह औषधोपचार लगायतका सम्पूर्ण कर्तव्यहरु मैले गरेको