निर्णय नं. ९२२३ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२२३ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७०/१२/३१ ४८०६ नेकाप २०७१, अङ्क ८, नि.नं.९२२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय आदेश मिति : २०७०।१२।२३।१ ०६६–WO –०७९० मुद्दा : उत्प्रेषण/परमादेश । निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ थापाथली स्थित मुक्तिश्री प्रा.लि. को तर्फबाट अधिकारप्राप्त ऐ. प्रा.लि. का अध्यक्ष काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने अजेयराज सुमार्गी पराजुली विरूद्ध विपक्षी : महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथ, काठमाडौंसमेत § निवेदक कम्पनी र विपक्षी हिमालयन स्प्रिङ वाटर प्रा. लि. कम्पनीका बीच भएको सम्झौता अनुसार विपक्षी कम्पनीको सम्पूर्ण सम्पत्ति निवेदकलाई हस्तान्तरण गर्ने विषयमा सम्झौता भएकोमा विपक्षीहरूबाट करारबमोजिमको दायित्व पूरा नगरेको भनी सो करारीय दायित्व पूरा गरिपाउँ भन्ने विषयमा करारसमेतका मुद्दा परिरहेको देखिँदा उक्त करारमा अन्तर्निहित विषयका सम्बन्धमा जिल्ला अदालतमा विचाराधीन रहेको करारसमेतका मुद्दाहरूबाट निवेदन दावीको विषयमा न्याय निरूपण हुने । § एउटै विषयवस्तुको सम्बन्धमा देवानी मुद्दा दिई विचाराधीन अवस्थामा रहेकोमा पछि फेरि सोही विषयमा सरकारवादी ठगी मुद्दा पनि चलाउन पाउनुपर्छ भन्ने निवेदकको माग दावीलाई उचित र तर्कसङ्गत भन्न मिल्दैन। सबै विषयको समाधान फौजदारी मुद्दा मात्रै नहुने र जहाँ देवानी मुद्दाबाट उपचार पर्याप्त छ, त्यहाँ फौजदारी मुद्दा लाग्ने अवस्था नै हुँदैन । देवानी विषयमा परेका मुद्दाहरूबाटै रिट निवेदकले माग गरेको विषयमा उपचार प्राप्त हुने अवस्थाको विद्यमानता छँदाछँदै देवानी विषय रहेको करारीय दायित्वको विषयमा फौजदारी मुद्दा चलाउने भन्ने कुरा कानून, न्याय र विवेकसम्मत्समेत नदेखिने । (प्रकरण नं.३) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता केदारभक्त श्रेष्ठ विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता किरण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधानको धारा ३२, १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र ठहर देहायबमोजिम छ : सेयरको मूल्य रू.१,८०,००,०००।-(अठार करोड रूपैयाँ) कायम गरी उक्त प्रा.लि.का सेयरधनी सञ्चालकहरू विपक्षी केदारभक्त श्रेष्ठसमेतलाई मिति २०६४।८।१४ मा रू.२,७५,००,०००।- (दुई करोड पचहत्तर लाख रूपैयाँ) बुझाई निजहरूले पनि बुझी लिई ६० दिनको भाखा राखी सो भाखाभित्र उल्लिखित सेयरहरू हस्तान्तरण गरिदिन लिखित सम्झौता र कबुलियतनामा समेत भएको थियो । सम्झौता अनुसारको भाखाभित्र उक्त कम्पनीको सम्पूर्ण सेयर हामी निवेदकलाई बिक्री गरिदिनुपर्नेमा बद्नियत राखी हामीलाई थाहै नदिई झुक्यानमा पारी अर्को हिमालयन न्याचुरल स्प्रिङ वाटर कम्पनीलाई उक्त सम्झौताको भाखाभित्रै मिति २०६४।१०।१० मा बिक्री नाउँसारी गरी दिएका रहेछन् । विपक्षीहरूले हामीलाई भाखाभित्र बिक्री नामसारी गरी दिनुपर्ने उल्लिखित कम्पनीको सम्पूर्ण सेयर बिक्री गरी नदिन र धोखा गफलतमा पारी हामीबाट लिएको रकम पचाई खाने नियतले अन्यत्र बिक्री नामसारी गरी दिने कार्य विपक्षी केदारभक्त श्रेष्ठसमेतले गरेकोले हामीलाई नोक्सान पार्ने तथा सेयरको मूल्य शून्य गराउने कार्य गरेकोले ठगी गरेको कुरा प्रष्ट हुन आयो । हामी विरूद्ध ठगी गरेको कुरामा मुलुकी ऐन, ठगीको महलको १,२ र ८ नं. बमो