निर्णय नं. ४१७८ - जिऊ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१७८ - जिऊ मास्ने बेच्ने भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०४/१७ २४१४ निर्णय नं. ४१७८ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ५७९ फैसला भएको मिति : २०४७।४।१७।४ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा काठमाडौंमा थुनामा रहेको वाङछेन लामा विरुद्ध विपक्षी/वादी : दावा छिरिङ शेर्पाको जाहेरीले श्री ५ को सरकार मुद्दा : जिऊ मास्ने बेच्ने (१) यी प्रतिवादी समेत उपर पीडितले तथा अर्का जाहेरवालाले समेत झुठ्ठा पोल उजूर गर्नुपर्ने तथ्ययुक्त कारण प्रतिवादी तर्फबाट देखाउन सकेको पाइएन । यस अवस्थामा प्रतिवादीले बिक्री गर्ने काममा मिलेमतो गरी सहयोग गरेको देखिन आएको हुँदा ज्यू मास्ने बेच्नेको ४ नं. को कसूर गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल विपक्षी/वादी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.बब्बरप्रसाद सिंह १. म.क्षे.अ. को मिति २०४५।५।१९ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. वाङछेन लामा र पाल्साङ लामा समेतले मेरो बहिनी कुसाङ छुटिन सेर्पेनीलाई का.जि. जोरपाटीबाट ललाई फकाई विदेश भारत बम्बैमा फकाई लगी बिक्री गरी सकेको हुँदा कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. निज कुन्साङ भन्ने केटीलाई निमा वाङगेलले मिति २०४३।३।९ गते बौद्धबाट मसंग जोरपाटीसम्म एउटै ट्याक्सी चढी आएका थियौं त्यसपछि निज कुन्साङलाई निमा वाङगेलले भारत स्वास्नी बनाई लगे भन्ने समेत प्रतिवादी पाल्साङ तामाङले प्रहरी अधिकृत समेत समक्ष गरेको बयान । ४. निमा वाङगेलले निज कुन्साङ भन्ने केटीलाई आफ्नो नोकरी भएको भारत जम्बु कश्मीरमा लिई गएको हो मैले निज केटीलाई फकाई विवाह गरेको होइन दुवै केटा केटीले मन्जूरीले आफैंले विवाह गरेका हुन भन्ने समेत प्रतिवादी वाङछेन लामाको बयान कागज । ५. यसमा वाङछेन लामा र पाल्साङ लामाले जाहेरवालाको बहिनी कुन्साङ छुटिन सेर्पेनीलाई ललाई फकाई गरी जाहेरी बमोजिम विदेश भारत बम्बैमा बिक्री गरेको देखिन आयो सो देखिँदा निज पाल्साङ लामा र वाङछेन लामाले जीऊ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको देखिँदा सोही ऐनको १ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी । ६. प्रहरी प्रतिवेदन अनुसारको कसूर मैले गरेको छैन जाहेरवालाको बहिनीलाई मैले चिनेको छैन मेरो डेरामा बसेकोले मेरो मामालाई पक्राउ गर्न मलाई पोल गरेको हो मलाई पक्राउ गरेपछि मामालाई पक्राउ गर्न सकिन्छ भनी झुठ्ठा उजूर गरेको हो भन्ने समेत वाङछेन लामाले अदालतमा गरेको बयान । ७. प्रहरी प्रतिवेदन अनुसारको कसूर गरेको छैन अभियोग अनुसार मलाई सजायँ हुनु पर्ने होइन जाहेरवाला र निजकी बहिनी समेतलाई मैले चिनेको छैन साथै जाहेरीमा लेखिएका अरु केटीहरुलाई पनि मैले चिनेको छैन भन्ने समेत पाल्साङ लामाले अदालतमा गरेको बयान । ८. पाल्साङ लामा र निमा वाङगेलको साथ ०४२ साल आषाढको दोश्रो हप्तातिर काठमाडौंबाट बस चढी सुनौली हुँदै टे«न बसमा ४ दिन पछि बम्बई पुगियो बम्बई पुगेपछि नाम थाहा नभएको आइमाइको घरमा लगी राखी त्यसको २–३ दिनमा मेरो अगाडिमा रु. ९०००।– निज पाल्साङ लामा र निमा वाङगेलले लिई निज पाल्साङ लामा र निमा वाङगेलले मलाई छाडी कता गए मलाई थाहा भएन । पछि मल