निर्णय नं. ४१७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१७९ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०७/२८ २५४३ निर्णय नं. ४१७९ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको रिट नं. ६४६ आदेश भएको मिति : २०४७।७।२८।४ मा निवेदक : बिराटनगर प्रधान कार्यालय भएको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रीजको तर्फबाट अधिकार प्राप्त संचालक सुवोधकुमार अग्रवाल विरुद्ध प्रत्यर्थी : श्री ५ सरकार भन्सार कार्यालय विराटनगरसमेत विषय : उत्प्रेषण (१) निवेदकले आयात गरेका मालसामानहरु हेर्दा उद्योगको स्थापनाको लागि चाहिने निर्माण सामाग्री र जगेडा पार्टपुर्जाहरु नै भएकोले निवेदकले भन्सार छुटको सुविधा नपाउने भन्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान अवलम्बित नजीर: सम्वत् ०४६ सालको रिट नं. १३४७ निवेदक सुशीलकुमार अग्रवाल वि.भन्सारसमेत आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधान ०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. यो उद्योग कम्पनी ऐन (संशोधन सहित), २०२१ अन्तर्गत ०४४।६।५ मा दर्ता भएको हो । यस प्रा.लि. ले ०४४।७।२९ देखि ०४४।९।१३ गतेसम्म भन्सार कार्यालय विराटनगर हुँदै प्रज्ञापनपत्र बमोजिमका उद्योगमा प्रयोग हुने यन्त्र उपकरण औजार, जगेडा पुर्जा इत्यादि पैठारी गरेका थिए । उद्योग विभागबाट ०४४।३।२४ मा आयात इजाजतपत्र प्राप्त गर्दा इजाजतमा तोकिएको १२ महीनाको अवधि भित्रै उद्योगले नियमित उत्पादन शुरु गरेको हो, उद्योगको आवश्यक मेसिनरी औजार, पार्टपुर्जा पैठारी गर्दा कानुन बमोजिम एक (१%) मात्र भन्सार महसूल लाग्नेमा प्रत्यर्थी भन्सार कार्यालयबाट उल्लेखित सामानहरुमा विभिन्न मितिमा ५% देखि २५% सम्म भन्सार महसूल लिएर मात्र सामान छोड्ने काम भयो । प्रत्यर्थी कार्यालयलाई बराबर यो हिसाबले भन्सार महसूल लिन पाउने होइन भनी अनुरोध गर्दा भन्सार विभागको निर्देशन र ०४४।७।२३ वा २४ गतेको च.नं. १४३५ को पत्रानुसार भन्सार महसूल तिर्नै पर्छ १% भन्सार महसूल लाग्ने भन्ने कुरा विभागीय निर्देशन विपरीत हुँदा केही गर्न सक्तैन । विभागमा नै जानुस भन्ने मौखिक जवाफ दियो । उक्त १४३५ को पत्रको प्रतिलिपि रिट निवेदकलाई दिइएन । ३. यस्तो सामानहरु पैठारी गर्दा तत्कालीन औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १०(ख) को देहाय खण्ड १ ले केवल एक प्रतिशत मात्र भन्सार महसूल लाग्ने किटानी कानुनी प्रावधान छ जसलाई सोही ऐनको दफा १० र २१ को शसक्त व्यवस्थाबाट अन्य कुनै पनि नेपाल कानुनले अन्यथा गर्न सक्ने स्थिति छैन । उक्त ऐनमा ०४४।७।१ गते दोश्रो संशोधन हुँदा दफा १० परिवर्तन भई वर्तमान दफा १०(च) अन्तर्गत विशेष सुविधा थियो, यो दफा १०(च) को देहाय खण्ड (२) ले अनुमति पत्रमा तोकिएको अवधिभित्र उत्पादन शुरु गर्ने उद्योगले अनुमति प्राप्त गर्दाको बखत कायम रहेको व्यवस्था बमोजिमको सुविधा सहुलियत र संरक्षण पाउनेछ भन्ने विशेष व्यवस्था भएको पाइन्छ । यो दफा प्रारम्भ भएको मिति ०४४।७।१ अगावै अनुमति प्राप्त गरी इजाजतपत्रमा तोकिएको म्यादैभित्र उत्पादन शुरु गर्ने उद्योगले अनुमति प्राप्त गरेको मिति ०४४।३।२४ का दिन बहाल रहेको औद्योगिक व्यवसाय ऐन, ०३८ अन्तर्गतको भन्सार सुविधा पाउने प्रष्ट छ । पछि आएर अर्थ मन्त्रालयले निर्णय गरी ८०% सम्म भन्सार मह