निर्णय नं. ७५०४ - लिखत बदर दर्ता बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५०४ - लिखत बदर दर्ता बदर । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०२/२७ ३५७९ निर्णय नं.७५०४ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत सम्वत् २०५६ सालको दे.पु.नं. ..५९३६ फैसला मितिः २०६२।२।२७।६ मूद्दाः– लिखत बदर दर्ता बदर । पुनरावेदक / वादीः जिल्ला सप्तरी मानराजा गा.वि.स. वडा नं. ५ बस्ने जयकृष्ण यादव समेत विरुद्ध प्रत्यर्थी / प्रतिवादीः ऐ. ऐ. बस्ने अमेरिका देवी यादव समेत § हक वेहकमा प्रश्न उठी सकेपछि लिखत प्रमाणको महत्व हुने र प्रमाण आधार विनाको कोरा तर्कको कुनै गुन्जाइस नरहने । § प्रमाण ऐनको दफा २७ को उपदफा (२) मा भएको कानूनी व्यवस्था हेर्दा प्रचलित नेपाल कानूनबमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानूनबमोजिम दिएको वा वुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ भन्ने उल्लेख भएको पाइदा अदालतको फैसला बमोजिम वादीहरुले पाउने तायदाती अनुसारको अंश वादीहरुले यो, यति, यसरी यो मितिमा दिए पाएको भन्ने प्रमाणको भार र आफुले वेचेको जग्गा उपर आफ्नो एकलौटी स्वामित्व निर्विवाद हक भोग भएको भन्ने प्रमाणको भार प्रतिवादीमा रहने । § संगोलको सम्पत्ति विक्रि गर्दाको अबस्थामा मुलुकी ऐन लेनदेन व्यवहारको महलको १० नं. बमोजिम अंशियारहरुको मन्जुरी लिनुपर्नेमा पुनरावेदक वादीहरुको मन्जुरी लिएको देखिन नआउंदा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला उल्टी हुने । (प्रकरण नं.१२) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्रीकृष्ण थापा एवं श्री शम्भु थापा प्रत्यर्थी प्रतिवादी तर्फवाटः ने.का.प. २०३०, निर्णय नं. ७२०, पृष्ठ २४ अवलम्वित नजीरः आदेश न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत राजविराजको मिति ०५५।१०।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तरगत दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. हामी वादीहरु मध्ये म खैजनीवतीले दे. नं. १८४८ को अंश दर्ता मुद्दा दिई ५ खण्डमा १/१ खण्ड अंश पाउने ठहरी मिति २०३८।१२।३० मा यस अदालतवाट फैसला भै सो फैसला अनुसार आ–आफ्नो नाउंमा जग्गा नामसारी गराई आफु खुस पाउनेमा सो बमोजिम नगरि प्र. अमेरिका देवीले स्व. पति कपिलेश्वरको नाउंको जग्गा आफ्ना नाउंमा नामसारी मिति २०४८।३।१२ मा प्र. राम किसनु साह तेलीलाई जि. स. गा. वि. स. कल्याणपुर वार्ड नं. २ (क) को कि. नं. १९८ को ०–१–५ जग्गा हाम्रो मन्जुरी वेगर विक्रि गरेकोले ५ खण्डको ४ खण्ड जग्गाको ले. व. द. व. गरी हाम्रा नाउंमा दर्ता कायम गरिपाऊं भन्ने समेत व्यहोराको फिराद दावी । ३. भिन्न भएको कुरामा विवाद छैन । भिन्न भएका अंशियारले लिखत बदर गराउन पाउने कानूनी व्यवस्था नभएकोले वादी दावी खारेज गरिपाऊं भन्ने समेत व्यहोराको प्र. मध्ये अमेरिका देवीको प्रतिउत्तर जिकिर । ४. प्र. अमेरिका देवीको नाउंको हक भोग दर्ताको जग्गा विक्री गर्ने भएकोले मैले रुपैयाँ तिरि खरिद गरी लिएको हुंदा लिखत बदर हुनुपर्ने होईन भन्ने समेत व्यहोराको प्र. राम किसुन साह तेलीको प्रतिउत्तर जिकिर । ५. विवादित जग्गावाट ५ भाग मध्ये चार भाग वादी दावी बमोजिम दर्ता बदर भै वादीहरुका नाउंमा दर्ता कायम समेत हुने ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति ०५३।३।११।३ को फैसला । ६. न्यायिक मनको प्रयोग नगरि गरेको सप्तरी जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुंदा बदर गरि हक इन्साफ गरि