निर्णय नं. ७५०५ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५०५ - लिखत बदर भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०२/३१ ४१९६ निर्णय नं.७५०५ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत सम्वत २०५८ सालको दे.पु. नं. –७८३१ फैसला मितिः २०६२।२।३१ मुद्दा :– लिखत बदर पुनरावेदक / प्रतिवादी बारा जिल्ला कलैया नगरपालिका वडा नं. २ बस्ने शंकरलाल साह कानु विरुद्ध प्रत्यर्थीः / वादीः ऐ. तेतरीया गा.वि.स. वडा नं. २ बस्ने केशी चोधरी § दाताले क्रेतालाई जुनसुकै अवस्थामा बिक्री गरेको वा हकछाडि दिएको सम्पत्ति उपलब्ध गराउनु निजको दायित्व हुने । § दर्ता श्रेस्तामा कट्टा हुन बाँकी रहेको आधारमा दोहरो लिखत दर्ता गर्नु दुषित कृया हुने र त्यस्तोमा हदम्यादले छेकवार गर्न नसक्ने । (प्रकरण नं.११) § लिखतबाट हकछाडि सकेको जग्गा साविक दर्तावालाले आफ्नो हकै नरहेको अवस्थामा पछि गरिदिएको लिखत र सो लिखतको आधारबाट पछि भएको दर्ता समेत बदर हुने देखिंदा एउटै जग्गामा दोहोरो दर्ता भएकोमा पछिल्लो दर्ताले कानूनी मान्यता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था समेत रहेकाले त्यस्तो पछिल्लो मितिको लिखतको अस्तित्व कायम रहन नसक्ने स्थितिमा हदम्यादको कारण देखाई फिराद खारेज गर्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी विवादको जग्गाको सम्बन्धमा भएको लिखत तथा सोको आधारमा भएको दर्ता समेत बदर हुने । (प्रकरण नं.१५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्यामराज ढुंगेल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत हेटौंडाको ०५७।३।२६ को फैसला उपर प्रतिवादीको तर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. जिल्ला बारा गा.वि.स. उमजन वार्ड नं. ९ बस्ने विपक्षी हरि चौधरीको पिता विपत चौधरीको नाममा दर्ता रहेको जिल्ला बारा गा.वि.स. तेतरिया वार्ड नं. ६ को कि.नं. २९४ को ०–१–१५ र कि.नं. २९२ को ०–१५–१० मध्ये उत्तर तर्फको ०–८–० मिति ०३१।२।१६ मा मलाई हालैको बकसपत्र गरिदिएबाट कि.नं. २९२ को जग्गा कित्ताकाट भई कि.नं. ३४४ को ०–८–० र २९४ को ०–१–१५ दाखेल खारेज भई मेरा नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भई मैले जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको छु । कि.नं. २९२ को ०–१–१५ मध्ये दक्षिण तर्फबाट ०–७–१० सोही मितिमा चुनी चौधरीलाई बकसपत्र गरिदिएको हुँदा कि.नं. ३४५ मा चुनी चौधरीको नाममा दर्ता श्रेस्ता कायम हुन गएको र जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान भएको छ र मैले जोतभोग तिरो तिरान गरी आएको छु । कलैया नगरपालिका वार्ड नं. ५ बस्ने माधव प्रसाद उपाध्यायले कि.नं. ३४५, २९४ को जग्गाबाट टण्टा खिचोला गरे भनि वृजकिशोरबाट मिति ०५४।१०।२१ मा थाहा भएकोले के कति भएको रहेछ भनि लेखतको नक्कल ०५४।१०।२२ मा लिई हेर्दा कि.नं. २९४ को जग्गा मेरा नाममा दा.खा. दर्ता भई जग्गाधनी दर्ता श्रेस्ता कायम भई जग्गाधनी दर्ता प्रमाण पूर्जा मलाई दिएपछि विपत चौधरीको नामको दर्ता श्रेस्ता कट्टा गर्नुपर्नेमा कर्मचारीको गल्तीले दर्ता श्रेस्ता खडै रहन गएको कारणबाट उल्लेखित कि.नं. २९४ को जग्गा विपत चौधरीले शंकरलाल साह कानुलाई मिति ०४६।९।११ मा राजिनामा पारित गरिदिएको र निज शंकरलाल साहले माधव प्रसाद उपाध्यायलाई ०५१।२।३ मा राजिनामा पारित गरिदिएको कुरो थाहा हुन आएकोले मेरो नाममा दर्ता कायम रहेको कि.नं. २९४ को जग