निर्णय नं. ४१८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१८३ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/१०/०५ २२२९ निर्णय नं. ४१८३ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. २२४७ आदेश भएको मिति : २०४३।१०।५।२ मा रिट निवेदक : वि.न.न.पं.वा.नं. ८ बस्ने महावीरप्रसाद अग्रवाल विरुद्ध विपक्षी : भू.सु.का.मोरंगका भूमिसुधार अधिकारीसमेत विषय : उत्प्रेषण (१) तोकिएको समयभित्र नबुझाई धरौटी समेत नराखी नालेश उजूर परेपछि बाली लिई आउनु भनी भू.सु.का. ले आदेश गरेपछि मात्र धरौटीमा राखेकोलाई कानुन बमोजिम कूत बुझाएको वा धरौट राखेको मान्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधान धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४२।१२।५।३ मा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ । २. मोरंग जि.जितुवा कठकुप्पा गा.पं. वार्ड नं. ४ कि.नं. १६० को ज.वि. ३–४–० जग्गाको म निवेदक जग्गाधनी भई विपक्षी अवध गोप मोही हुनुहुन्छ । २०४१ सालको कूत विपक्षीले नदिएको र धरौटी पनि राख्नु नभएको हुँदा कूत धान मन ३६–३२–० को मोल रु. ३३१२।– विपक्षीबाट दिलाई भराई मोही निष्काशन गरी पाउँ भनी मैले भू.सु.का. मोरंगमा निवेदन दिएकोमा ०४१ सालमा अति वृष्टीबाट बाढी पसी बाली क्षति भएको हुँदा वादीलाई देखाई उक्त २०४१ सालको कूत माफी दिनु भएको थियो भन्ने समेत विपक्षी अवोधकुमारको प्रतिवाद भएकोमा कार्यालयको मिति ०४२।१०।१५ को आदेश बमोजिम मोहीलाई दावीको सालको कूत बाली लिई आउनु भने बमोजिम मोहीले बाली लिई हाजिर भएबाट इजलास रोहवरमा जग्गाधनीले बाली बुझ्न इन्कारी गरेकोले जिल्ला मोल निर्धारण समितिले तोकेको प्रतिमन मूल्य रु. ८५।– का दरले हुने जम्मा रु. ३१२८।– भराई दिन र मोहीले बाली बुझाउन तत्पर रहेकोमा जग्गाधनीले बाली बुझ्न इन्कार रहेको हुँदा दफा २९(१) बमोजिम मोही निष्काशन हुने ठहर्दैन भन्ने व्यहोराको भू.सु.का.मोरङको मिति ०४२।१०।२८ को निर्णय । ३. मोहीले दैवी परी बाली नाश भएमा बाहेक अन्य अवस्थामा ऐनले तोकेको म्याद भित्र कूत बुझाउनु पर्ने र जग्गाधनीले नबुझेमा धरौटी राख्नु पर्ने अनिवार्य कानुनी व्यवस्थाको विपरीत कूत नबुझाएको र धरौट पनि नराखी म जग्गाधनीको उजूर परेकोमा भू.सं. ऐनको दफा २९(१) अनुसार मोहीबाट निष्काशन गर्नु पर्नेमा ऐनको म्याद नाघेपछि कूत बुझाउन ल्याएकोलाई मान्यता प्रदान गरी सो कूत मैले नबुझेको मोही निष्काशन नहुने गरी गरेको मिति ०४२।१०।२८ को भू.सु.का. मोरंगको निर्णय त्रुटिपूर्ण हुँदा सो निर्णय बदर गरी निष्कासनतर्फ कानुन बमोजिम निर्णय गर्नका लागि भू.सु.का. मोरङको नाममा परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ । ४. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४२।१२।७।५ को आदेशले प्राप्त हुन आएको लिखितजवाफ निम्नानुसार रहेछ । ५. रिट निवेदक जग्गाधनी र अवध गोप मोही भएकोमा ०४१ सालको कूतबाली मलाई नबुझाएको र धरौट समेत नराखेको हुँदा कूत दिलाई मोहीबाट निष्काशन गरी पाउँ भनी रिट निवेदकको यस कार्यालयमा उजूरी परेको र प्रतिवादी मोहीको प्रतिवाद परी कारवाहीको क्रममा भएको आदेश अनुसार प्रतिवादीले वादीले तोके अनुसारको कूत बाली लिई उपस्थित भएका र जग्गाधनील