निर्णय नं. ४१८४ - लिलाम दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१८४ - लिलाम दर्ता बदर भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०६/२९ ३१३७ निर्णय नं. ४१८४ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.वि.नं. ३५ फैसला भएको मिति: २०४७।६।२९।२ मा निवेदक/वादी : जि.मोरड्ड बबिया विर्ता गा.पं. वा.नं. १ बस्ने छत्रबहादुर भट्टराई विरुद्ध विपक्षी/प्रतिवादी : वि.न.न.पं. वा.नं. १५ स्थित कृ.वि.बैं.का अञ्चल प्रबन्धक प्रभुप्रसाद पराजुलीसमेत मुद्दा : लिलाम दर्ता बदर (१) ऋण लिएकै बैंकमा गई रुपैयाँ बुझाउनु पर्ने । (प्रकरण नं. ११) (२) ऋण लिएको बैंकमा ऋण नबुझाई अर्को बैंकमा बुझाउन पाउने सुविधा प्राप्त छ भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) रुपैयाँ बुझाएको सूचना लिलाम हुने मिति सम्ममा सम्बन्धित बैंकमा पुग्न नसकेको समेतबाट लिलाम हुने निश्चित मिति तोकी कानुन बमोजिम भएको लिलाम बदर हुनसक्ने तथा सो लिलाम बदर गरी लिलाममा सकार गरी लिनेका नाममा भएको नामसारी दर्ता समेत बदर हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ११) फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. पू.क्षे.अ. को फैसला उपर इन्साफ जाँच गरी पाउँ भनी बिन्तिपत्र परेकोमा इन्साफ जाँच गरी कानुन बमोजिम निर्णय दिनु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्स भई आए बमोजिम यस अदालतको विविधको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म छत्रबहादुर भट्टराईका नाम दर्ताको जि.मोरंग बबिया गा.पं. वडा नं. १(ग) कि.नं. ११८ को ०–१३–१८, ऐ.कि.नं. १३६ को १–१–८, कि.नं. १३५ को ०–६–४ समेत जम्मा २–१७–४ जग्गा धितो राखी विपक्षी कृषि विकास बैंकबाट पम्पसेट लिए बापत ०३०।७।३० मा रु. ४८५०।– ऋण लिएको थिएँ । सो ऋण मध्ये रु. २,७००।– बुझाएको छु । उक्त रुपैयाँ बुझाएपछि विपक्षी बैंकले कानुन विपरीत व्याज जोडी बढी हिसाब गरेको हुँदा बाँकी रुपैयाँ बुझाउन बाँकी नै थियो २०४०।९।८ गते मेरो नाउँमा जम्मा ९,५५१।४६ देखाई रुपैयाँ नबुझाएमा जग्गा लिलाम हुने भनी २०४०।८।१७ गते गो.प. मा सूचना प्रकाशित भएको छ । २०४०।९।८ मा लिलाम हुने थाहा पाई २०४०।९।७ गते पायक पर्ने कृषि विकास बैंक उपशाखा कार्यालय बेलवारीमा गई जम्मा रु. ९,९००।– बुझाएको छु । रुपैयाँ बुझाएर पनि मेरो उक्त जग्गा लिलाममा गराई कि.नं. ११८, १३६, १४६ सिम कि.नं. १३५ मध्ये उत्तरतर्फबाट ०–१–६ समेत २–९–० जग्गा विपक्षी राधेश्याम दलीले रु. १२,०००।– मा लिलाममा सकारेछन र बैंकको पत्रको आधारमा सो जग्गा विपक्षी राधेश्यामका नाउँमा दर्ता समेत भएको कुरा थाहा पाएकोले गैरकानुनी लिलाम बदर गरी लिलामीको आधारमा राधेश्यामले गराएको दर्ता समेत बदर गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. विपक्षी फिरादीले २०३०।७।३० मा कबूलियत गरी २–१७–४ जग्गा धितो लिखत गरी कर्जा लिनु भएको कबूलियत अनुसार रुपैयाँ नबुझाएकोले मिति २०३१।१२।१९, २०३३।५।२, २०३२।७।११, २०३२।१०।२६, २०३३।११।१८, २०३४।२।१३, २०३४।११।२ मा समेत साँवा ब्याज हर्जाना समेत बुझाउनु भनी लिखित ताकेता गर्दा अटेर गरी ऋण नतिर्ने विचार लिएकोले बैंक ऐन नियमावली बमोजिम २०४०।९।८ मा लिलाम हुने भनी २०४०।७।१७ को गो.प. मा सूचना प्रकाशित गरी २०४०।९।८ मा लिलाम भइसकेपछि बेलबारी कार्यालयबाट २०४०।९।१७ मा छत्रबहादुरले बुझाएको रकम प्राप्त भएकोले निजलाई फिर्ता दिन पत्र पठाई सकिएको छ । लिलाम कायम राखी दर्ता समेत कायम राखी पाउँ भन्ने समेत कृषि विकास बैंक विराटनगरको प्रत