निर्णय नं. ८७५४ - सरकारी छाप दस्तखत कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७५४ - सरकारी छाप दस्तखत कीर्ते भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०७/२२ ४५७१ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मितिः २०६८।७।२२।३ संवत् २०६५ सालको CR–०६५२ संवत् २०६६ सालको CR–२३७ मुद्दाः– सरकारी छाप दस्तखत कीर्ते । पुनरावेदक/वादीः त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, का.म.न.पा.वडा नं.१२ टेकु वस्ने अशोकमान शाक्य समेत पुनरावेदक/प्रतिवादीः काठमाडौ जिल्ला का.म.न.पा. वार्ड नं. १२ वस्ने राजेन्द्र शाही विरुद्ध प्रत्यर्थी/वादीः त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रले नेपाल सरकार शुरु अदालतः– मा.न्या.श्री शुष्मालता माथेमा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी § ब्लुबुक यातायात कार्यालयबाट जारी नभै त्यसमा भरिएका विवरण नक्कली भएको भन्ने तथ्य यातायात व्यवस्था कार्यालयको पत्र र विशेषज्ञको लिखत परीक्षण प्रतिवेदनबाट समेत समर्थित भएकाले त्यस्तो नक्कली कागजमा सरकारी अड्डाको छाप समेत लगाइएको अवस्थामा उक्त लिखत बनाउने कार्यबाट मुलुकी ऐन, कीर्ते कागजको प्रावधानबमोजिम कसूर भएको पुष्टि हुने । § कसूरमा इन्कार रहेको मात्र कथनले कुनै अभियुक्तलाई निर्दोष मान्न नसकिने, सो इन्कारी बयानलाई तथ्यपूर्ण ठोस एवं विश्वासप्रद प्रमाणबाट पुष्टि गर्नुपर्ने । § कीर्ते जस्तो फौजदारी अपराधमा कीर्ते गर्ने कार्यमा संलग्न रहेको भनी प्रमाणित हुन नसकेका व्यक्तिहरूलाई अभियोगदावी मात्रको भरमा सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता योगराज बराल प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, राजेश्वर अधिकारी र नेत्र आचार्य अवलम्बित नजीरः सम्बद्ध कानूनः § कीर्ते कागजको महलको १,९,१२ नं. फैसला न्या.रामकुमार प्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६४।७।१२ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षबाट दायर भएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भै पुनरावेदनको रोहमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– नक्कली कागजात तयार गर्ने कार्यमा संलग्न संजीव तुलाधर, अशोकमान शाक्य, रघुराज पन्त, राजेन्द्र शाही र अरुण सेढाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०६२।३।५को निर्णयअनुसार अनुसन्धान कारवाहीका लागि पठाएको छ भनी जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले लेखेको च.नं १३७ मिति २०६२।४।२३ को पत्र । यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा लाइसेन्स सम्बन्धी लेखापढी गर्ने काम गर्दाका अवस्था चिनजान भएका राजेन्द्र शाही म भएको ठाउँमा आई मलाई एउटा ब्लुबुक दिनु पर्‍यो भनेकाले यातायात कार्यालयको भर्‍याङ मुनी फालेको ब्लुबुक मैले दिएको एक हप्तापछि ब्लुबुकमा गाडीको विवरण भरी छाप लगाई दिनु भनी राजेन्द्र शाही आएकाले मैले कार्यालयको छाप लगाई दिएपछि मलाई रु.४,०००।– राजेन्द्रले दिएकाले प्रदूषण जाँच कार्डको स्टीकर समेत लगाई दिएको हुँ । पछि भन्सार नतिरी ल्याएको गाडीको विवरण भरी राजेन्द्र शाहीले लगेको थाहा पाएको हुँ । मैले बा.४ च.४५०७ नं को गाडीको विवरण कीर्ते