निर्णय नं. ७५०७ - जवर्जस्ती करणी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५०७ - जवर्जस्ती करणी । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६२/०३/०२ १०१०७ निर्णय नं. ७५०७ ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायधीश श्री केदारप्रसाद गिरी माननीय न्यायधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत २०६१ सालको फौ.पू.ई.नं. १८ फैसला मितिः २०६२।३।२।५ मुद्दाः जवर्जस्ती करणी । पुनरावेदक/ प्रतिवादीः जिल्ला चितवन वछौली गा.वि.स. वडा नं ३ वस्ने जनक त्रिपाठी समेत विरुद्ध प्रत्यर्थी/वादीः लेखकुमारी गिरीको जाहेरीले श्री ५ को सरकार § अनुसन्धान अधिकारीबाट हुने कानूनअनूरुपको अनुसन्धानबाट संकलित यथार्थपरक र वस्तुनिष्ठ प्रमाणहरु नै कसूर ठहर गर्न मद्दत पुग्ने पहिलो खुट्किलो हो । त्यो खुट्किलो नै कमजोर, आधारविहिन र कानूनअनुरुप भएको छैन र जाहेरवाला र स्वयं पीडित पनि अनुसन्धानको क्रममा प्रहरीमा वयान गर्दा एकै व्यहोरा उल्लेख नगरी अदालतमा वकपत्र गर्दा फरक फरक वयान गरी आफु उपर अपराध नै नभएको भन्ने वकपत्र गर्दछन् भने अन्य प्रमाणको अभावमा अनुमान र शंकाको भरमा कसूर कायम गरी पीडित व्यक्तिलाई समेत न्याय प्रदान गर्न सरल र सुगम हुन नसक्ने । § निश्चय पनि कुनै आमाले आफ्नु छोरीको अस्मिता र भविश्यमाथि प्रश्न चिन्ह लाग्ने गरी उजूर गर्ने अवस्था आउदैंन । तर यसको अर्थ पीडितको आचरण र व्यवहार तथा अनुसन्धान अधिकारीबाट कानून अनुरुपको अनुसन्धान भएको छैन भने अनुमानका भरमा कसूरदार कायम गर्न नमिल्ने । § घटनाको विश्वसनियता पुष्टी हुने आधार र पीडितले आफूले वच्न गरेको प्रयास देखिने वस्तुनिष्ठ आधारमा कसूर प्रमाणित हुने हुन्छ । यी सवै कुराको अभावमा जाहेरी पिडक वा निजको आमा वा नजिकको नातेदारको परेको भन्ने आधारमा मात्र कसैलाई कसूरदार प्रमाणित गर्नु न्याय र कानूनको मान्य सिद्धान्त भित्र नपर्ने । (प्रकरण नं.३३) § जवरजस्तिकरणी अपराधमा मूल चश्मदिद गवाह अर्थात प्रत्यक्ष प्रमाण साधारणतया प्राप्त हुन सक्दैन । खास गरी करणीसम्बन्धी अपराधमा करणी गरिएकी पीडित नै प्रमुख प्रमाण हो । प्रमाण ऐनले जवरजस्ती करणीवाट पीडित व्यक्तिलाई नै प्रमुख प्रमाण मानेको छ । सो ऐनको दफा १०(१)(ख) मा कुनै काम घटना वा अवस्थावाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा प्रमाणमा लिइने प्रमाण मानेको छ । तर यस मुद्दामा पीडितले प्रहरीमा वयान गर्दा आफु उपर प्रतिवादीहरुले जवरजस्ती करणी गरिएको भनेको तर अदालतमा वकपत्र गर्दा त्यस्को ठीक बिपरीत वकपत्र गरेको देखिन्छ । पीडितले अदालत समक्ष गरेको वकपत्रलाई प्रमाणमा लिन नमिल्ने अवस्था नदेखिने । § फौजदारी अपराधमा साक्षीहरुलाई डर, धाक, धम्की दिएर वा कुनै आर्थिक प्रलोभनमा पारेर प्रतिवादी वा अभियुक्तहरुले Hostile बनाउंछन् र यस्तोमा साक्षीलाई ध्ष्ललष्लन बधबथ गरेको भनिन्छ । अन्य प्रमाण भएमा साक्षीलाई Winning away गर्दैमा अपराध कायम नहुने वा प्रतिवादी अभियुक्तलाई सफाई प्राप्त हुने होइन । त्यस्तोमा झुठ्ठा वकपत्र ( Perjury ) गरेमा साक्षी वा पीडित स्वयंलाई पनि सजाय हुन सक्ने । (प्रकरण नं.३४) § प्रस्तुत मुद्दाको जाहेरी दरखास्तदेखिको व्यहोरा सच्चिएको पाइएको, उपयुक्त समयमा पीडित भनिएकी व्यक्तिको शारिरीक परिक्षण नभएको, आरोपित व्यक्तिहरु प्रकाउ परी प्रहरी कार्यालयमा वुझाएको देखिन आएकोमा सो कुरा लुकाउने प्रयास गरी पछि प्रकाउ परेको भनी प्रतिवदेन पेश गरेको, तत्काल आरोपित व्यक्तिहरुको अनिवार्य रुपमा गराउनु पर्ने शारिरीक परिक्षण नगराई घटनाको वास्तकिता लुकाउने प्रयास