निर्णय नं. ४१८६ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१८६ - लागू औषध भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०३/३१ ३०२१ निर्णय नं. ४१८६ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नं. ४६८ फैसला भएको मिति : २०४७।३।३१।१ मा पुनरावेदक/वादी : अस्थायी प्रहरी चेकपोष्ट छोरेपाटनको पत्रले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ध.अं.म्याग्दी राम्चे गा.पं.वा.नं. २ बस्ने खेम भन्ने खरजित पुनसमेत मुद्दा : लागू औषध (१) लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ३ को खण्ड (ख) को (२) मा गाँजा भन्नाले चरेश समेत भन्ने जनाएकोमा ऐ.दफा ४(क) ले गाँजा खेती गर्न मनाही गरेको उक्त ऐनमा २०४३।७।२४ मा भएको संशोधनको ४(क) मा गाँजाको खेती उत्पादन र सेवन गर्नमा प्रतिबन्ध लगाई ऐ.को स्पष्टीकरणमा लागू औषध भन्नाले सो दफाको खण्ड (क) अन्तर्गतको कसूरमा मात्र गाँजा चरेशलाई समावेश गरेको देखिन्छ, प्रस्तुत मुद्दा गाँजा चरेश वसार पसार र बिक्री वितरण सम्बन्धी भएकोबाट सो ऐन अन्तर्गतको अपराध नदेखिने । (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्य फैसला न्या.हरगोविन्द सिंह प्रधान १. प.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०४३।११।१२ गतेका दिन ११.५५ बजेको समयमा भैरहवाबाट पोखरा आएको लु.अं.ख. ८५ नं. को भाडावाला बसमा यात्रा गरी आएका यात्री मध्ये खेम भन्ने खरजित पुनको साथमा रहेको झोला चेक जाँच गर्दा अवैध चरेश २ किलो गाँजा २८० ग्राम फेला परेकोले बरामदी मुचुल्का र मानिस समेत यसै साथ पठाइएको छ कानुन बमोजिम हुन अनुरोध छ भन्ने अस्थायी प्रहरी चेक पोष्ट छोरे पाटनको ०४३।११।१२ को पत्र । ३. बरामद भएको चरेश २ के.जी. र गाँजा २८० ग्राम नाम थाहा नभएको म्यादी धारा पानीको व्यक्तिबाट प्रति के.जी. रु. १,०००।– का दरले २ के.जी. चरेशको रु. २,०००।– मा र गाँजाको धुलो निःशुल्क निजैबाट लिई पोखरा नाम नजानेको जर्मन नागरिकलाई बिक्री गर्न ल्याएको हुँ भन्ने समेत ०४३।११।१३ को बयान कागज र म्याग्दी जिल्ला अर्थुड्डे गा.पं. वडा नं. १ बस्ने मजरमान श्रेष्ठबाट प्रति के.जी. रु. १,०००।– का दरले २ के.जी.चरेशको रु. २,०००।– र गाँजा निःशुल्क ल्याएको हुँ भन्ने समेत व्यहोराको ०४३।११।२२ मा खेम भन्ने खरजित पुन मगरले प्रहरीमा गरेको ततिम्बा बयान कागज । ४. बरामद भई आएको चरेश २ के.जी. र गाँजा २८० ग्राम मैले निज खरजितलाई बिक्री गरेको हैन र मैले त्यस्तो गाँजा चरेश साथमा राख्ने बिक्री गर्ने इत्यादि काम हालसम्म गरेको छैन । त्यस्तो अवैध कारोबार गर्दिन भन्ने समेत व्यहोराको मेजरमान श्रेष्ठले प्रहरीमा गरेको बयान कागज । ५. खेम भन्ने खरजित पुनले बढी मात्रामा अवैध लागू औषध चरेश गाँजा ल्याएको हुँदा बिक्री गरी नाफा कमाउने उद्देश्यबाट लिई आएको विश्वास लाग्छ भन्ने समेत व्यहोराको मौका तहकिकात सरजमीन मुचुल्का । ६. संकलित सबूद प्रमाणबाट प्र.खेम भन्ने खरजित पुन मगरले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा (४) को खण्ड (च) को कसूर गरेकोले ऐ.ऐनको दफा १४ को उपदफा (१) को (ग) अनुसार सजायँ हुन र प्र.मेजरमान श्रेष्ठले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ) को कसूर गरेकोले ऐ.ऐनको दफा ४ को उपदफा (१)(ग) अनुसार सजायँको माग गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी । ७. म्याग्दी तातो पानी बारी बाटोमा जर्मन नागरिक भेट भ