निर्णय नं. ४१८७ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१८७ - परमादेश भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०७/१८ २४५५ निर्णय नं. ४१८७ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ९७४ आदेश भएको मिति : २०४७।७।१८।१ मा निवेदक : बुटवल न.पं. वा.नं. ६ वर्ष ६१ को लालप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी : जि.नवलपरासी बेलानी गा.पं. वा.नं. ७ बस्ने अरुण डिष्टिलरीको साझेदार सिकिनमान थैवसमेत विषय : परमादेश (१) संयुक्त निवेदनबाट कारवाही शुरु भएपछि कारवाही टुंगो लगाएको जनाउ सम्बन्धित पक्षलाई दिनु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शुसीलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान एवं विद्वान अधिवक्ता श्री शुसीलकुमार पन्त आदेश न्या.महेशरामभक्त माथेमा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. विपक्षी सिकिनमान थैवले निम्न कोटीको मदिरा उत्पादन गरी बिक्री गर्न अरुण डिष्टिलरी स्थापना गरी चलाउन श्री ५ को सरकार अर्थ मन्त्रालय अन्तःशुल्क विभागबाट इजाजत प्राप्त गरी निवेदकसंग बरोबर साझेदारीमा निवेदकको पुर्जी लगाई डिष्टिलरी तैयार गरी आ.ब. २०३३।३४ देखि संयुक्त लगानीमा सञ्चालन भई आएकोमा सो व्यहोरा उल्लेख गरी म निवेदक लालप्रसादको नाउँ डिष्टिलरीको इजाजतपत्रमा साझेदारमा समावेश गर्न हुन दुवै थरको मन्जूर भई ०४२।९।९ मा विपक्षी सिकिनमान र निवेदकले साझेदारीको लिखत कबूलियत लेखी सहिछाप गरी एक एक प्रति लिई दिई सोही मितिमा साझेदारी सम्बन्धी सम्झौताको लेखत समेत संलग्न गरी डिष्टिलरी इजाजतपत्रमा बरोबर हिस्सेदारमा दुवै जनाको नाउँ समावेश गरिपाउँ भनी अन्तःशुल्क विभागमा संयुक्त निवेदनमा दर्ता गरेका थियौं । ३. विपक्षी सिकिनमान थैवले डिष्टिलरी बनाउन र सञ्चालनको लागि पटक पटक गरी पूँजी लगानी गराई लिएको निजसंग भएको डिष्टिलरीको श्रेस्ताबाट प्रमाणित छ । सो कुराको लिखत समेत गरी दिएको भए तापनि सो अनुसार बरोबरको साझेदारीमा निवेदकको नाउँ समावेश गराउनु पर्नेमा हालसम्म गराउनु भएको छैन । निवेदक समेतको संयुक्त दर्खास्त परेपछि उक्त डिष्टिलरीमा निवेदक र विपक्षी सिकिनमान दुवैको साझेदारी कायम गरी सूचना दिनु पर्नेमा अन्तःशुल्क विभागबाट सो गर्नु भएन यसबाट निवेदकको संविधानको धारा ११(२)(ङ), १५ तथा धारा ९(ख) समेतको हक अधिकारमा आघात पुगेकोले निवेदकको मिति ०४२।९।९ को संयुक्त दर्खास्त र सो साथ संलग्न साझेदारीको लिखत अनुसार डिष्टिलरीमा साझेदार कायम गर्नु भनी अन्तःशुल्क विभागका नाउँमा परमादेश लगायत जुन रिट आज्ञा, आदेश पुर्जी उपयुक्त हुन्छ जारी गरी हक संरक्षण गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. यसमा विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति ०४६।१०।९।२ को आदेश । ५. रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ३ अनुसार नवलपरासी जिल्लामा मदभट्टी ठेक्का प्रथालाई क्रमशः हटाउँदै लगी त्यसको सट्टा आधुनिक तथा वैज्ञानिक डिष्टिलरी स्थापना गरी स्वास्थ्यकर मदिरा उत्पादन गराई विक्री वितरण गराउने लक्ष्य अनुरुप उक्त जिल्लामा डिष्टिलरी स्थापना गर्न चाहने व्यक्तिहरुबाट दर्खास्त आव्हान गर्दा सिकिनमान थैवले दर्खास्त दिएकोले