निर्णय नं. ७५०९ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५०९ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६१/१०/१२ २४४६ निर्णय नं.७५०९ ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त ईजलास माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी संवत् २०५७ सालको रिट नं. ––२७५३ आदेश मितिः २०६१।१०।१२।३ विषय :– उत्प्रेषण समेत । निवेदकः सुनसरी जिल्ला धरान न.पा.वडा नं. ४ लक्ष्मी सडक घर भई प्रहरीप्रधान कार्यालय जगेडापुल दरवन्दीमा प्रहरी नायव उपरिक्षक पदमा कार्यरत वद्रीवहादुर प्रधान विरुद्व विपक्षीः श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार काठमाडौ समेत § श्री ५ को सरकारको तजविजि अधिकारलाई आफ्नो कानूनी हकको रुपमा दावी गरी उमेरको हद ५४ वर्ष नपुगेसम्म पदमा रही सेवा गर्न पाउन पर्ने भनी लिएको दावी कानूनसंगत नदेखिने । § कानूनमा नै श्री ५ को सरकारले आवश्यक देखेमा मात्र पदावधि थप गर्न सक्ने गरी तजविजि अधिकार प्रयोग गर्न सक्नेमा रिट क्षेत्रवाट आदेश जारी गरी निवेदकको दावी नै नपुग्ने हक अधिकारको प्रचलन गराउन सक्ने अवस्था नदेखिने । (प्रकरण नं. ८) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजीरः मिति २०५८।५।५ मा निर्णय भएको सम्वत् २०५८ सालको रि.नं. ३५१५ आदेश न्या.राजेन्द्रकुमार भण्डारीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. म निवेदक नेपाल प्रहरीको सेवामा मिति २०२५ साल आषाढ ३२ गतेका दिन देखि स्थायी नियुक्ति भई श्री ५ को सरकारको विभिन्न मितिको निर्णयानुसार पदोन्नती हुंदै हाल श्री ५ को सरकारको मिति २०४८।४।२ को वढुवा तथा पदास्थापन पत्र अनुसार प्रहरी नायव उपरिक्षक पदमा वढुवा भई क्षेत्रिय प्रहरी कार्यालय विराटनगरमा कार्यरत भई रहेकोमा मिति २०५७।३।२ को पत्रले प्रहरी प्रधान कार्यालयमा कार्यरत छु । मलाई मिति २०५७।३।३१ मा सेवा अवधी पुरा हुने भनी मिति २०५७।१।२७ गतेको पत्र वुझाईएपछि मैले आफु कार्यरत रहेको कार्यालयमा प्रहरी नियमावली २०४९ को संशोधन सहितको नियम ९८ बमोजिमको मेरो सेवा अवधि पुरा हुन वाँकी नै रहेकोले नियम ९८ को देहाय ४(क) समेतको सेवा अवधि वाँकी छ्रदै मलाई नियम ९८.१, ९८.२ बमोजिम अनिवार्य अवकाश दिन मिल्ने होईन भनी मिति २०५७।४।२४ गतेको दिन निवेदन दिएकोमा सो निवेदन माथि कुनै कारवाही भए नभएको जानकारी मलाई दिएको छैन । विपक्षी निकायवाट मलाई मिति २०५७।१।२७ मा लेखिएको पत्रानुसारको अवधि भित्र सेवावाट अवकाश नदिएकोले मेरो सेवा अवधि प्रहरी नियमावली २०४९ को नियम ९८.४ क बमोजिम थप गरिएको भन्ने ठानी कार्यरत रही रहेकै अवस्थामा पुनः मिति २०५७।३।७ गतेको पत्रद्धारा मिति २०५७।३।३१ गते देखि १ महिना थप भन्ने जानकारी दिईएवाट वाध्य भई सम्मानित अदालत समक्ष यो निवेदन गर्न आएको छु । प्रहरी नियमवाली २०४९ को नियम ९८ अन्तर्गत गरिएका सेवा अवधि सम्वन्धी विविध नियमहरुका आधारमा मेरा प्रहरी सेवा अवधि अझै नियम ९८ .१. र ३ बमोजिम उमेरको हदले ५ वर्ष र नियम ९८ .४. क को व्यवस्थाले समेत मेरो सेवा अवधि अझै तिन वर्ष रहेको हुँदा मलाई सेवावाट अनिवार्य अवकास दिन मिल्दैन । प्रहरी नियमवाली २०४९ को नियम ९८.१ को व्यवस्था हेरिएमा प्रहरी नायव उपरिक्षक पदको प्रहरी कर्मचारीको जम्मा नोकरी वर्ष तिस वर्ष अथवा उमेर पुरा ५४ वर्ष पुरा भएपछि सेवावाट अनिवार्य अवकास दिने व्यवस्था गरेको निवेदकको यो नियम ९८.१