निर्णय नं. ४१९० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१९० - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/१०/१५ २२५३ निर्णय नं. ४१९० ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीन न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २१६६ आदेश भएको मिति: २०४३।१०।१५ मा रिट निवेदक: जि.सुनसरी गा.पं. सिमरिया वा.नं. ६ बस्ने लिलादेवी खडगी विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी भू.सु.का. सुनसरीसमेत विषय : उत्प्रेषण (१) बण्डापत्रलाई प्रमाणमा लिई पाउँ भनी प्रतिउत्तर परिसकेपछि सम्बन्धित माल कार्यालय बुझी सो अंशबण्डालाई प्रमाणमा लिई निर्णय गर्नु पर्नेमा सोलाई प्रमाण नै नलिई मोही कायम गरी दिने गरी भएको भूमिसुधार कार्यालय सुनसरीको निर्णय त्रुटिपूर्ण देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी र विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.प्रचण्डराज अनिल १. नेपालको संविधान धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार अधिकारीको मिति ०४१।१२।२७ को निर्णय बदर गरिपाउँ भन्ने यस अदालतमा मिति ०४२।१।१७ मा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ । २. मेरो जग्गामा मोहियानीमा जोत्दै नजोतेका विपक्षीले बलभद्र खडगीको छोरा शिवकुमारको नाउँमा १ नं. फाराम भरी ४ नं. जो.अ.नि. पाएको सर्वेमा बलभद्रका छोरा विजयकुमार खडगीका नाउँमा सर्वे भई दर्ता रहेको सिमरिया गा.पं. वार्ड नं. ८ (क) कि.नं. ३६ को ०–९–९ ऐ.कि.नं. ३७ को ०–१६–५ ऐ.कि.नं. ४० को ३–४–५ र कि.नं. ६० को १–८–५ समेत जम्मा ५–१८–४ जग्गाको मोहियानी प्रमाणपत्र पाउँ भन्ने समेत झुठ्ठा व्यहोराको निवेदन विपक्षी भू.सु.का. मा दिएको रहेछ । ३. शिवकुमार, विजयकुमार र बलराम बीच ०२०।३।१० मा अंशबण्डा भई छुट्टि सकेपछि मात्र ०२२।८।१ मा सुनसरी जिल्लामा भू.सु. ऐन लागू भएको हुँदा शिवकुमारको १ नं. भरी ४ नं. जो.अ.नि. लिएको आधारमा विजयकुमारका नाउँको जग्गाको मोही हुन नसक्ने कि.नं. ३६, ३७ को जग्गाको हाम्रो ज.ध.द.प्र.पु. मा किसानको महलमा मेरो नाम छ भन्ने विपक्षीको भनाई झुठ्ठा हो, भर्पाई कबूलियत पनि विपक्षीसंग छैन अतः विपक्षी मोही होइनन् भन्ने मेरो प्रतिउत्तर परेको थियो । ४. बण्डापत्र पेश गर्न नसकेको दुवै दाज्यू भाइ एकै परिवारको देखिएकोले शिवकुमारको नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा सो जग्गाको वादी मोही होइन भन्न नमिल्ने, कि.नं. ४० कि. फोड भई कि.नं. ८५, ८६ भएकोमा कि.नं. ८५ को ३–०–० चन्द्रकुमारी भट्टराईका नाउँमा कि.नं. ८६ को ०–४–५ बुद्धिप्रसाद रेग्मीको नाउँमा ०३७।२।२६ को राजीनामाबाट गई सकेको उजूरी ०४०।३।५ मा दर्ता गरेको देखिँदा सो कि.नं. ४० तर्फ केही बोलिरहनु परेन, कि.नं. ३६, ३७ को जग्गा लिलादेवीका नाउँमा कायम हुन आएको कि.नं. ६० को कि.फो. भई कि.नं. ९१, ९२ भएको कि.नं. ९१ को ०–८–३१२ कृष्णकुमारी खड्गीका नाउँमा र कि.नं. ९२ को १–०–२ लिलादेवीका नाउँमा विजयकुमार परलोक भई नामसारीबाट आएको देखिँदा मोही कायम हुने ठहर्छ भन्ने भू.सु.का. सुनसरीको फैसला । ५. २०२० सालमा मो.वि. मालबाट बण्डा पास भइसकेपछि भू.सं. ऐन लागू भएको हुँदा शिवकुमारको नाउँको जग्गाको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको विजयको नाउँको हो, कि.नं. ९१ को जग्गा दर्तावाला भनिएको कृष्णकुमारीलाई नबुझी म