निर्णय नं. ७५१० - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५१० - उत्प्रेषण । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०५/१५ ३०३४ निर्णय नं.७५१० ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत् २०५९ सालको रिट.नं. –३६४२ आदेश मितिः २०६१।५।१५।३ विषयः– उत्प्रेषण । निवेदकः जिल्ला झापा पथरिया गा.वि.स.वडा नं. ३ घर भै हाल का.जि.का.म. न.पा. वडा नं. ३२ वस्ने वर्ष २७ को अधिवक्ता पूर्णप्रसाद राजवंशी विरुद्ध विपक्षीः श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय रामशाहपथ काठमाडौं समेत § रसायन एग्रोभेटले आपूर्ति गरेको Alpha cypermethrin 5% WP नामक विषादी, WHO को फ्याक्स व्यहोराबाट प्रमाणित परिक्षीत एवं मान्यता प्राप्त विषादी भएको पुष्टि गरेको तथा नेपालमा आपूर्ति गर्नु भन्दा अगाडिनै व्राजिल, चीन, स्पेन, जोर्डन, भीयतनाम जस्ता राष्ट्रहरुमा उक्त विषादी प्रयोग भइसकेको भन्ने देखिदा उक्त विषादी भारतमा पेष्टी साइड एक्ट १९६८ को सेक्सन ९(४) बमोजिम दर्ता भएको र सन १९९९ र २००० मा नेशनल एन्टी मलेरिया प्रोग्राम अन्तर्गत गुजरातमा प्रयोग र परीक्षण भइसकेको, त्यसबाट वातावरणीय र जनस्वास्थ्यमा कुनै समस्या नदेखिएको तथा नेपालमा पनि विषादी पञ्जिकरण गर्न अधिकार प्राप्त निकाय वाली संरक्षण निर्देशनालय विषादी पंजीकरण कार्यालयबाट जीवनाशक विषादी ऐन, २०४८ एवं जीवनाशक विषादी नियमावली, २०५० बमोजिम भारत रसायन एग्रो (प्रा.)ली द्वारा उत्पादीत अल्फा साइपर मेथ्रिन ५५ डव्लु पी. नामक विषादी दर्ता भइसकेको भन्ने लिखितजवाफ व्यहोरावाट देखिएको हुंदा उक्त विषादी WHO वाट मान्यता प्राप्त नभएको, विश्वका कुनै मुलुकमा पनि प्रयोगमा नल्याइएको, परिक्षण नगरिएको भन्ने लगायतको निवेदन जिकीरसंग सहमत हुन नसकिने । § विषादी आयात गर्ने सम्वन्धमा प्रक्रिया बमोजिम टेण्डर स्वीकृत भई विषादी झिकाई तराइका विभिन्न २० जिल्लामा छर्ने काम समेत सम्पन्न भइसकेको देखिंदा प्रस्तुत रिट निवेदनको प्रयोजननै समाप्त भएकोले मागवमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री पदम गिरी विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजीरः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ :– २. प्रत्यर्थी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग लोजिस्टिक म्यानेजमेन्ट डिभिजनद्वारा औलो तथा कालाजारको नियन्त्रण गर्न नेपाल अधिराज्यको सम्पूर्ण तराई र अन्य केही क्षेत्रहरुमा समेत प्रत्येक वर्ष छरिने विषादी आपूर्तिको लागि ८ फेव्रुअरी २००२ मा वोलपत्र आव्हान गरिएको रहेछ । उक्त वोलपत्र बमोजिम विभिन्न ८ वटा कम्पनीहरुले वोलपत्र दाखिल गरेपछि अन्तत टेण्डर दाता मध्ये विपक्षी भारत रसायन एग्रोभेट लिमिटेडलाई ALPHACYPERMETHRIN 5% wp भन्ने विषादी आपूर्ति गर्नका लागि निजको वोलपत्र स्वीकृत गरिएको रहेछ । खास गरी लामखुट्टेको टोकाईवाट मानवमा संक्रमण हुने कालाजार तथा औलो रोग नियन्त्रणका लागि प्रत्येक वर्ष गर्मि यामको सुरुवातमा नेपाल अधिराज्यको सम्पूर्ण तराई क्षेत्र र प्रभावित अन्य क्षेत्रहरुमा समेत छर्ने प्रयोजनको लागि उक्त भारत रसायनले आपूर्ति गर्ने भनेको विषादी विश्वको कुनै पनि मुलुकमा परिक्षणनै नभई नेपालमा मात्र पहिलो पटकको परिक्षणक