निर्णय नं. ७५११ - नागरिकता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५११ - नागरिकता । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६२/०३/१० ३९११ निर्णय नं.७५११ ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री परमानन्द झा संवत् २०५७ सालको फौ.पु.नं. ....२७५३ फैसला मिति २०६२।३।१०।६ मुद्दा :– नागरिकता । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा अर्जुनधारा गा.वि.स.वडा नं. ६ घर भई सोही गा.वि.स.को अध्यक्ष पदमा कार्यरत कुन्दन भट्टराई समेत विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला प्रशासन कार्यालय, झापाको जाहेरीले श्री ५ को सरकार § पुनरावेदकहरूले गोपाल विश्वकर्माले नागरिकताको प्रमाणपत्र पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा पेश गरेको अनुसूची १ अनुसारको निवेदनपत्रमा लेखिएको व्यहोरा आफूले जानेबुझेसम्म साँचो हो भनी सिफारिस गरेको देखिन्छ । सम्बन्धित व्यक्तिले फारममा भरेको व्यहोरा नै निजहरूको जानकारीको मूल श्रोत हुन्छ । आफ्नो इलाकाभित्र बसोबास गर्ने व्यक्तिहरूले नागरिकताको लागि सिफारिस माग्न आएमा सामान्यतः आफूले जानेबुझेको आधारमा नै सिफारिस गरिने । § पुनरावेदकहरूले गाउँ विकास समितिमा रहेको जनसंख्या कार्ड लगायतको श्रेस्ताबाट गोपाल विश्वकर्मा वीरबहादुरको छोरा भएको भन्ने देखिएको र भक्तबहादुरले गोपाल आफ्नो भाई हो भनेको आधारमा आफूले जानेबुझेसम्म निवेदन व्यहोरा साँचो हो भनी गरेको सिफारिस मिसिल संलग्न कुनैपनि कागजातहरूबाट पुनरावेदकहरूले नागरिकता दिने दिलाउने उद्देश्यले जानीजानी झुठ्ठो विवरण दिई सिफारिस गरेको भन्ने कसूर स्थापित हुन सकेको नदेखिदा पुनरावेदकहरूलाई नेपाल नागरिकता ऐन, २०२० को दफा १५ को कसूरमा जनही रु.२००।– जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालतकोे फैसला मिलेको नदेखिने । (प्रकरण नं.२१) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्रीमण गौतम प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल अवलम्विन नजीरः आदेश न्या.परमानन्द झाः पुनरावेदन अदालत, इलामबाट मिति २०५७।२।३१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम प्रतिवादीका तर्फबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छः– २. झापा अर्जुनधारा ६ बस्ने गोपाल विश्वकर्माले वंशजको नाताले नेपाली नागरिकता पाउँ भनी झुठ्ठा विवरण पेश गरि नागरिकता बनाउन आएकाले गोपाल विश्वकर्मा र भक्तबहादुर विश्वकर्मालाई आवश्यक कारवाहीको लागि पठाइएको छ । अनुसन्धान गरी मुद्दा दायर गर्न अनुरोध छ भन्ने जिल्ला प्रशासन कार्यालय झापाको पत्र । ३. मेरो काकाको छोरा गोपाल विश्वकर्माको बाबु मानबहादुर विश्वकर्माको पहिला नै मृत्यु भइसकेको हुंदा गोपाल विश्वकर्मा १५।१६ वर्षको उमेर भएदेखि भारतको के कुन ठाउँमा गई मजदुरी गरि बेला बेलामा मेरो घरमा आउने जाने गरेका र निजले नागरिकता बनाई दिनु पर्‍यो भनेको हुँदा मैले एउटै बाबुको छोरा हो भनी सनाखत गरि गा.वि.स. अध्यक्ष कुन्दन भट्टराई, वडा अध्यक्ष डेगनाथ खतिवडालाई सिफारिस गर्न लगाई नागरिकता प्राप्त गर्नको लागी जिल्ला प्रशासन कार्यालय झापामा आई नागरिकता बनाउन लाग्दा शंका गरी जिल्ला प्रहरी कार्यालय झापामा पठाएको हो भन्ने समेत भक्तबहादुर विश्वकर्माले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज । ४. मेरो आमा बाबु म सानै हुंदा मुत्यु भएको हुंदा वडाबाबु विरबहादुर विश्वकर्माको छोरा भक्तबहादुर विश्वकर्मालाई सहोदर दाजु भनी झुठ्ठा विवरण लेखाई गा.वि.स. अध्यक्ष समेतलाई एउटै बा