निर्णय नं. ७५१२ - अंश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५१२ - अंश । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६२/०३/०१ २७६० निर्णय नं.७५१२ ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत् २०५६ सालको दे.पु. नं. ५४८० फैसला मितिः २०६२।३।१ मुद्दाः– अंश । पुनरावेदक/वादीः मोरङ्ग जिल्ला डागिहाट गा.वि.स. वडा न.. ७ वस्ने लालविर खवास समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ. वस्ने चेची खवासनी § २०२४ सालमा वादी रन्थु खवास र लालविर खवासको नाममा केहि जग्गा दर्ता भएको देखिएकै आधारमा यी वादी प्रतिवादीहरु बीच अंश वण्डा भई छुट्टि भिन्न भै सकेका भनि मान्नु न्याय र कानून संगत हुने देखिन नआउने । (प्रकरण नं.१६) § अंशवण्डा नभएको व्यहोरा लेखि गा.वि.स.मा दिएको निवेदनलाई प्रस्तुत मुद्दाका प्रतिवादीले अन्यथा भन्न सकेको नदेखिंदा समेत वादी प्रतिवादीहरु छुट्टि भिन्न भएका भन्ने प्रतिवादीको भनाई प्रतितलायक नदेखिने । (प्रकरण नं.१७) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री प्रभुनारायण चौधरी, श्री हरिहर दाहाल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अर्जुनप्रसाद सिंहः पुनरावेदन अदालत विराटनगरवाट भएको मिति ०५२।१।५ को फैसला उपर दोहर्‍याई हेरी पाउँ भनि वादी पक्षले दिएको निवेदनमा यस अदालतको मिति ०५६।५।१६ को आदेशले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः– २. स्व. ढोढन खवासका चार छोराहरु मध्ये जेठो स्व. जगजित खवासको एक मात्र छोरा म वादी लालविर खवास हुँ । माईला स्व. जितलाल खवासको कुनै सन्तान नभएको र प्रतिवादी चेची खवासनी निजकी श्रीमती हुन् । साइलो वादीहरु मध्येको म रन्थु खवास हुँ । कान्छो स्व. धुम नारायणको पत्नीको पनि मृत्यु भएको र निजहरुको एकमात्र छोरी कलरनी खवासको विवाह भै सकेको छ । हामीहरुको २०२३ साल देखि मानु छुट्टिई भात भान्सा अलग भएपनि आयस्ता भाग शान्ति खादै भोग्दै आएकोमा स्व. धुम नारायणकी छोरी कलरनीले विपक्षी चेची खवासलाई प्रतिवादी वनाई २०४४ सालको अंश मुद्दा दिई मिति ०४४।११।१० मा दुवै पक्षले मिलापत्र गरी निज कलरनीले पिताको अंश भाग पाई चित्त वुझाई वसेकी हुँदा विपक्षी तथा हामी वादीहरु २ जना समेत ३ जनाको बीचमा अंशवण्डा हुन वाँकी छ । विपक्षीलाई हामी बीच कानून बमोजिम अंश वण्डा गरौ भन्दा इन्कार गरेकी हुंदा ०२३।१।१लाई मानु छुट्टिएको मिति कायम गरि विपक्षीबाट तायदाती फाटवारी लिई ३ भाग लगाई सो मध्ये २ भाग हाम्रो अंश छुट्याई चलन समेत चलाई पाउँ भन्ने वादीहरुको फिराद दावि । ३. विपक्षीको फिराद दावी झुठा हो । जेठा जगजित खवासको परलोक भएपछि निजको छोरा विपक्षी वादी मध्येको लालविर, विपक्षी रन्थु खवास, मेरो श्रीमान जितलाल र धुमनारायण एकासंगोलमा वसि आएको र सगोलको जग्गा मेरो श्रीमान जितलाल खवासको नाउमा रहेकोमा यी वादी र मेरो श्रीमानको हित्त चित्त नमिल्दा २०२३ साल फाल्गुनमा चल सम्पत्ति हात हातै बुझि लिई आफ्नो परिवार लिई वेग्लै वसी मेरो श्रीमान र देवर धुम नारायण सगोलमै वसि मिति ०२४।२।६ मा अचल जग्गा पनि नरम गरम मिलाई घरसारमा अंश वण्डा गरी सो बमोजिम विपक्षीहरुले पाउनु भएको आ–आफ्नो अंश भागको जग्गा जिम्दारी पटवारीको श्रेस्तामा मेरो लोग्नेको नामवाट खारेज गराई आ–आफ्नो नाउंमा दाखेल दर्ता गराई लिनु भएको छ । सो अनुसार विपक्षी रन्थु खवासले