निर्णय नं. ७५१३ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५१३ - उत्प्रेषण परमादेश । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६२/०३/२८ २७९१ निर्णय नं.७५१३ ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्बत २०५५ सालको रिट नं. ३५६४ आदेश मितिः २०६२।३।२८।३ विषयः– उत्प्रेषण परमादेश । निवेदकः जि.खोटाङ्ग वुइपा गा.वि.स.वडा नं. ५ वस्ने नारायण दत्त राई समेत विरुद्ध प्रत्यर्थीः का.जि. गोठाटार गा.वि.स.वडा नं. १ वस्ने हरिप्रसाद पुडासैनी समेत § विवादित जग्गाको दोहोरो श्रेस्ता कायम भएको वा वेपत्ते दर्ता भएको भए सोको लगत कट्टा गर्दा सो निर्णयवाट प्रत्यक्ष असर पर्ने दर्तावाला यी निवेदकहरुलाई वुझी सो सम्बन्धमा निजहरुको आफ्नो भनाई राख्ने मौका समेत प्रदान गरी कानूनबमोजिमको निर्णय गर्नुपर्ने । § दर्तावालाको हक भोगमा असर पर्ने गरी मालपोत कार्यालयवाट भएको निर्णयलाई मालपोत ऐन, २०३४ को दफा ७(३) को आधारमा सामान्य त्रुटीसम्म सच्याइएको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१७) § मालपोत कार्यालयवाट रैकर लगत कट्टा गरी विवादित जग्गाहरु पशुपती भण्डार तहविलका नाममा दर्ता गर्ने गरी भएको निर्णय र पशुपती भण्डार तहसिल कार्यालयलाई सोही मितिमा लेखेको पत्र समेत प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको देखिएकोले निवेदकहरुको हक स्वामित्वमा असर पर्ने गरी भएको उक्त निर्णय लगायतका पत्रहरु समेत उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्रकरण नं.१८) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री प्रकाश राउत प्रत्यर्थी तर्र्फवाटः विद्वान अधिवक्ताद्वय श्री कमलवहादुर वोगटी र श्री नारायणप्रसाद भट्टराई अवलम्वित नजीरः आदेश न्या.चन्द्रप्रसाद पराजुलीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः– २. वागमती गुहेश्वरी घाटदेखि माथि दक्षिण धिको पाखा, उत्तर आवादी, पश्चिम गुहेश्वरी घाट, पूर्व आवादी समेत ४ किल्ला भित्रको वागमती खोला सोभ्mयाई उकास भएको जग्गा दर्ता गरी पाउन २००९ सालमा श्री ५ मा विन्तिपत्र चढाएकोमा व्यहोरा वुझी हुने रहेछ भने ऐन सवाल बमोजिम निवेदक (हाम्रा दाता समेत)का नाउंमा दर्ता गरी दिनु भन्ने हुकुम वक्से बमोजिम सो दर्ताको लागि माग गर्ने पूर्ण हलुवाई समेतका जवान २१ का नाममा ५,५ रोपनीका दरले तिरो लिने गरी लगत कायम गर्न चलनपूर्जि दिनु भन्ने विभागीय मन्त्रालय समितिवाट भएको आदेशानुसार कारवाही टुङ्गीई ०२१ सालमा वहाली पाउदा तिरो ठेकि चलन नपाई जग्गाको तिरो कायम गरि वहाली नपाएको, पाएको वाहाली अनुसार लालपूर्जा पनि नपाएकोले सो बमोजिम जनही ५ रोपनीका दरले पाउन मेरो दाता योगमाया र वच्चुराम डंगोलको आमा हिरादेवी समेत २० जना र आप्mना हकमा समेत ज्ञानमान महर्जनको मिति २०२८।७।२८ मा विन्तिपत्र चढाएकोमा आवश्यक कारवाहीको लागि हु.प्र. वक्स भई भूमी प्रशासन कार्यालयमा वयान गरी निवेदकहरु तारेखमा रही आएको र वाहाली बमोजिम हाम्रा नाममा दर्ता पाउँ भनी उजुर गर्दा हाम्रो नाममा दर्ता नगरी अरुकै नाममा गुठी जनाई नापीमा लेखाई दिएकोमा २०२८।१०।५ मा हाम्रो दाताका वा ले एक किसिम्बाट दर्ता भई सकेको उकासको मूख्य जग्गाधनीको हकै मेटाउने गरी के कस्तो निस्सावाट गुठी हो भन्ने जनाई नापी गराएको हो निजहरुलाई झिकाई बुझि पाउँ भनि निवेदन दिएका । यसै आधारमा सर्भे उजुरी शाखाले आवश्यक छानविनको प्रक्रिया पुरा गरी हाम्रा दाताका ना