निर्णय नं. ४२१० - आगलागी कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२१० - आगलागी कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: माघ अंक: १० फैसला मिति :२०४७/०९/१७ २८३४ निर्णय नं. ४२१० ने.का.प. २०४७ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४७ सालको फौ.सा.नं. ५१ फैसला भएको मिति: २०४७।९।१७।३ मा वादी : प्रेमबहादुर गोदार समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी: कारागार शाखा, कास्कीमा थुनामा रहेकी घ्यूकुमारी भन्ने घ्यूमाया गोदार क्षेत्री मुद्दा : आगलागी कर्तव्य ज्यान (१) मर्ने घरभित्र सुती निदाएका अवस्थामा मार्ने नियतबाट प्रतिवादीले घरमा आगो लगाई दिई सो आगोले पोलेको पीरबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको इन्साफ मनासिब हुने । (प्रकरण नं. १५) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकाशाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मेरा दाजु बलबहादुर गोदारका २ श्रीमतीमा जेठी पहिले नै परलोक भएकी कान्छी घ्यूकुमारी जीवित छन् । घरमा अमेल भएको कारणबाट घरमा आगो लगाई दिन्छु भनी भनेकी थिइन भन्ने कुरा सुनिएको थियो । यस्तैमा मिति २०४४।८।२५ गते राती करिब १०।३० बजेको समयमा दाजु बलबहादुरको घरमा आगो लागी भएको थाहा पाई जाँदा आगो निभाउन लागेको रहेछन् । दाजु बलबहादुरको सम्पूर्ण शरीर खग्रास भएको अवस्थामा निकालियो । अस्पतालमा भर्ना भई उपचार भइरहेको छ । मार्ने नियतबाट आगो लगाएको हुँदा कारवाही गरी नोक्सानी भएको बिगो रु. २१,७८५।– समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति २०४४।८।२७ गतेको धनबहादुर गोदारको जाहेरी । ३. मेरा पति बलबहादुरले मलाई खान लाउन नदिने कुटपिट गर्ने गरी आएकोले बेग्लै घरसारमा बस्ने गरी आएकी थिएँ । लोग्नेको अन्यायपूर्ण व्यवहार सहन नसकी सुतेको मौकामा घरमा आगो लगाई लोग्ने बलबहादुरलाई मार्छु भन्ने मनमा तरड्ड उठी मिति २०४४।८।२५ गते राती १० बजे आगो लगाएकी हुँ लोग्नेको उपचार हुँदा हुँदै मृत्यु भएको हो भन्ने समेत व्यहोराको घ्यूकुमारी भन्ने घ्यूमायाले प्रहरीमा गरेको ततिम्बा बयान सहितको बयान । ४. मेरो आमा घ्यूकुमारीले मेरो बाबु बलबहादुर सुतेको बेलामा घरमा आगो लगाएको कारणबाट बाबु बलबहादुर आगोले डढी अस्पतालमा भर्ना हुनु भएकोमा मिति २०४४।९।५ गते साँझ ९.४५ बजे मृत्यु भएको हो ज्यानसम्बन्धी महल बमोजिम घ्यूकुमारीलाई कारवाही र सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४४।९।६ गतेको प्रेमबहादुर गोदारको जाहेरी । ५. आगोले पोलिएको कारणबाट बलबहादुरको मृत्यु भएको भन्ने समेत पोष्टमार्टम फाराम मृतक बलबहादुरको घरमा आगो लागी भएको देखिँदा जाँदा मूल ढोकामा रिबनले बाँधिएको रहेछ, ढोका फोरी भित्रबाट बलबहादुरलाई पोलिएको अवस्थामा बाहिर निकालिएको हो । उपचार हुँदा हुँदै बलबहादुरको मृत्यु भएको हो आगो लागीबाट रु. ३०,०००।– क्षेती भएको छ । घ्यूकुमारीले घरमा आगो लगाएकी हुन् भन्ने समेत व्यहोराको सूर्यबहादुर गोदारसमेतले प्रहरीमा गरेको बयान । ६. सरजमीन मुचुल्का भई मिसिल सामेल रहेछ । ७. घ्यूकुमारीले घरमा आगो लगाएको कारणबाट बलबहादुर डढी सख्त घाइते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदा हुँदै मिति २०४४।९।५ गते मृत्यु भएको भन्ने कुरा देखिन आएकोले घ्यूकुमारीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजायँ गरी नोक्सानी भएको बिगो रु. ३०,०००।– घ्यूकुमारीबाट जाहेरवाला प्रेमबहादुरलाई भराई द