निर्णय नं. ४२११ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२११ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: माघ अंक: १० फैसला मिति :२०४७/०९/१७ २५४३ निर्णय नं. ४२११ ने.का.प. २०४७ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४७ सालको फौ.सा.नं. ४४ फैसला भएको मिति: २०४७।९।१७।३ मा वादी : प्र.ह.अवधराम यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी: जि.गुल्मी बाझकटेरी गा.वि.स. वा.नं. ८ बस्ने पुतली मगर्नी मुद्दा : कर्तव्य ज्यान (१) विवाहित लोग्ने बाहेकका पर पुरुषसंगको अनुचित सम्बन्धबाट गर्भ रहन गई जन्मेको जातक बच्चालाई अरुले देखे थाहा पाए बेइज्जत हुन्छ भन्ने लागी लोकापवादबाट मुक्त हुन नवजात शिशुलाई कर्तव्य गरी मारेको भन्ने देखिँदा घटी सजायँको लागि क्षेत्रीय अदालतले लगाएको राय मनासिब देखिँदा अपराध गर्दाको अवस्थाको विचारबाट समेत प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं. का ऐन बमोजिम सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएकोले निज प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ पाँच मात्र सजायँ हुने । (प्रकरण नं. २१) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. जंगबहादुरकी छोरी पुतली भन्नेले मिति २०४३।२।२० गते छोरो पैदा गरी २१ गते विहान मारी घरमुनी मकैवारीमा लगी खाल्टो खनी गाडेकी र छिमेकी यमकुमारी घर्ती र छवी कमिनी बच्चा पाउने बेलामा भएका पुतलीको गर्भबाट पैदा भएको छवि कमिनीले देखेकी भन्ने हल्ला भई रिपोर्ट पर्न आएको के कसो हो सो ठाउँमा पुगी लाश समेत फेला पारेकोले डोर खटाई पाउँ भन्ने मिति २०४३।२।२४ गतेको अवधरामको प्रतिवेदन । ३. लाश खाल्डोबाट निकाली हेर्दा आँखा बन्द रहेका मुख खुल्ला रहेको नाक मुख र आँखा किरा परेको आँखा नाक मुखबाट रगत निस्की किरा परेको लिंगमा किरा परेको नाइटो लामो भएको र सो नाइटोमा सेतो धागो बाँधिएको किरा परी सकेकोले लाश निकै दुर्गन्ध भएको भन्ने समेत शेरबहादुर झाँक्री समेतले गरी दिएको मिति २०४३।२।२६ गतेको लाश प्रकृति मुचुल्का । ४. छोरी पुतली मेरै घरमा बसी आएको छ र निजले गर्भ बोकेको कुरा थाहा भएन । मिति २०४३।२।१८ गतेमा लोग्ने जंगबहादुर तम्घास गई मिति २०४३।२।२१ गते घरमा गएको हो । ऐजन २३ गते छवि कमिनी र यमकुमारीले पुतलीले छोरा पाइछ भन्ने कुरा गरेकीले थाहा पाएँ । जनता भेला भएपछि खार खेर गर्दा छोरा जन्माई कर्तव्य गरी मारी मकैं वारीमा गाडेको कुरा बताएको हो भन्ने समेत पुतलीको आमा कलि झाक्रीले प्रहरी डोरमा मिति २०४३।२।२६ गतेमा गरेको ठाडो कागज । ५. मिति २०४३।२।२० गते म पुतलीको घरमा साग माग्न गएको अवस्थामा पुतली घर भित्र उपल्लो चौकामा सुतेकी थिइन म पनि निजकै कोठामा गई बसे । त्यसैबेला बच्चा बोलेको चाल पाई के हो भन्ने सोद्धा छोरा हो कतिखेर जन्मियो भन्दा दिउँसो तिर हो नाल पनि काटी सके भनिन् र मैले पनि थाङना सितै बच्चा देखेकी हुँ साँझ पर्न लागेकोले म घर आएँ यी कुरा कतै नभन्नु भनेकी हुन् मैले पुतलीले छोरा पाइछ भनी गाउँमा कुरा गरेकी हुँदा पुतलीले कसको गर्भ बोकिन र किन मारीन थाहा छैन, भन्ने समेत व्यहोराको यमाकुमारी घर्ती मगरले मिति २०४३।२।२६ गतेमा प्रहरी डोरमा गरेको ठाडो कागज । ६. लाश सडी गली सकेकोले पोष्टमार्टम गराउने स्थिति नभएको भन्ने रामबहादुर पाण्डे समेतले गरी दिएको मिति २०४३।२।२७ गतेको मुचुल्का र लाश पोष्टमार्टम गर्न डाक्टर नभएकोले पोष्टमार्टम हुन नसक