निर्णय नं. ७५१४ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५१४ - कर्तव्यज्यान । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६१/१२/१९ ३०२२ निर्णय नं.७५१४ ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत् २०६० सालको फौ.पु.नं. ३०१९ फैसला मितिः २०६१।१२।१९।६ मुद्दाः– कर्तव्यज्यान । पुनरावेदक प्रतिवादीः भारत सिलगुडी घर भै हाल कारागार शाखा झापामा थुनामा वस्ने बवुवा भन्ने अनवर हुसेन बिरुद्ध प्रत्यर्थी वादीः गणेश रेग्मीको जाहेरीले श्री ५ को सरकार § मानिस आफैले ज्वलनशिल पदार्थ खन्याई आगो लगाए पछि आगोको जलन र पिडा पर्नु स्वभाविक हुनेमा यस्तो केही नदेखिने । § सचेत अवस्थामा आफैले ज्वलनशिल पदार्थ खन्याई आगो लगाउने मानिस एउटा प्लाष्टिकको गुन्द्रि समेत पुरा नजल्ने गरि स्थिर रुपमा घोप्टो परि रहन सक्ने अवस्थाको अनुमान गर्न नसकिने । § मृतक लाशको नजिकै रहेको विछ्याउना, एवं खुट्टा मुनि रहेको कपडा समेत नजलेको अवस्था देखिएवाट मृतक आफैले ज्वलन शिल पदार्थ खन्याई आगो लगाई आत्महत्या गरेको भन्ने देखीन नआउने । § वारदातको अवस्थावाट मृतकको मृत्यु आफैले ज्वलनशिल पदार्थ शरिरमा खन्याई आगो लगाई आत्महत्यावाट भएको नदेखिई कर्तव्यवाटै भएको देखिन आउने । (प्रकरण नं.३५) § वारदातको अवस्थामा प्रतिवादी सो स्थानमा मौजुद रहेकोमा विवाद नरहेको, श्रीमती जलिरहेको वखत निजलाई वचाउने प्रयासमा नलाग्नु, समेतका परिस्थिती जन्य प्रमाणसमेतले पुनरावेदक प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको वयानलाई समर्थन गरी रहेको देखीएवाट मृतक अम्विका भन्ने निसा हुसेनको मृत्यु पुनरावेदक प्रतिवादी बबुआ भन्ने अनवर हुसेन कै कर्तव्यवाट भएको देखिन आउने । (प्रकरण नं.३६) § आफ्नै श्रीमतीलाई कर्तव्य गरि मारी सकेपछि आत्महत्या देखाई सजायवाट वच्न मृतकको शरिरमा ज्वलनशिल पदार्थ खन्याई आगो लगाएपछि आफु वाहिर निस्की भित्र वाट ढोकाको चुकुल समेत लगाएको तत्काल मृतकलाई वचाउने प्रयास सम्म पनि नगरेको वारादातको अवस्था देखिएवाट अ.वं. १८८ नं. वमोजिम १० बर्ष मात्र कैद गर्न प्रस्तुत गरेको पुनरावेदन अदालतको राय मनासिव नदेखिदा पुनरावेदक प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद हुने । (प्रकरण नं.३७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री यमुना भटृराई प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्याधिवक्ता श्री सुरेन्द्र थापा अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत इलामको मिति २०५९।८।९ को फैसला उपर प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. मेरो छोरो बर्ष २२ को अनबर हुसेनको श्रीमती बर्ष १७ को अम्वीका भन्ने निसा हुसेनको मिति ०५७।१२।५ गते आफ्नै डेरा कोठामा आगोले जली मृत्यु भएको भन्ने समेत व्यहोराको एमडी हकिमको जाहेरी दर्खास्त । ३. जि. झापा अनारमनी गा.वि.स. वार्ड नं. २ स्थित नवराज दाहालको घर, सो घरको चार वटा कोठा मध्ये पुर्व तर्फको अनवर हुसेनको डेरा कोठा रहेको सो कोठा भित्र अम्वीका भन्ने निसा हुसेनको उक्त लाश रहेको मृतक लाशको पश्चिम दक्षिण ठाउंको भई पुर्व उत्तर गोडा भई कम्वर भन्दा मुनिको भाग जलेको माथि लगाएको चोलो समेत डढेको कपाल जली डल्लो परेको दाहिने स्तन नजलेको, दाहिने खुट्टा अगाडिको भाग र नलिखुट्टा समेत नजलेको, योनी जली कालो भएको मलद्धारवाट मल निस्कीएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का