निर्णय नं. ४२१२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२१२ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: माघ अंक: १० फैसला मिति :२०४७/०३/१३ २२५३ निर्णय नं. ४२१२ ने.का.प. २०४७ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. ९०६ आदेश भएको मिति : २०४७।३।१३।४ मा निवेदक : का.न.पं. वा.नं. १३ बस्ने गौरी सरण महर्जन विरुद्ध विपक्षी : प्रधानपञ्च काठमाडौं न.पं.समेत विषय : उत्प्रेषण (१) नक्शा पासको सन्दर्भमा निवेदकले उजूर गर्दैमा हक बेहकको प्रश्न उठेको भनी सम्झन नमिल्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलचन्द्र पौडेल आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. साविक कि.नं. ६८ हाल कि.नं. २२८ को मोही म निवेदकको घरवास समेत भएको जग्गामा विपक्षी मध्येको दिलमाया महर्जनले का.न.पं. मा नक्शा पासको लागि निवेदन दिनु भएको र उक्त घर जग्गा सम्बन्धमा बा.अं.अ. मा मुद्दा चलिरहेको समेत कारणबाट नक्शा पास नहोस भनी काठमाडौं नगर पञ्चायतमा म निवेदकले उजूरी दिएको अवस्थामा पनि का.न.पं. का प्रधानपञ्चको प्रत्यायोजित अधिकार पनि विपक्षी न.पं. का सदस्यहरुले नक्शा पास हुने ठहर्‍याई मिति ०४५।४।३२ मा फैसला गर्नु भएको । ३. प्रथमत विवादित जग्गामा हक बेहकको निर्णय गर्ने अधिकार नगरपञ्चायतलाई छैन त्यस अतिरिक्त नक्शा पास कार्य प्रधानपञ्चले मात्र गर्न सक्ने र निजको यस प्रकारको अधिकार प्रत्यायोजित हुन नसक्ने कुरा नगरपञ्चायत ऐनले नै प्रष्ट पारेको छ । ४. विवादित जग्गामा म मोहीले २०२५ साल देखि नै घरवास गरी आएको साविक जग्गा धनी नारायणभक्त संगको चलन मुद्दामा बागमती अञ्चल अदालतबाट ०४४।६।२२ मा मैले जिति पाएको समेत छु । ५. अदालतको उक्त फैसलाको प्रतिलिपि समेतलाई बेवास्ता गरी विपक्षी का.न.पं. का सदस्यहरुले पूर्वाग्रही बनी एकतर्फी रुपमा गर्नु भएको फैसला कानुनी त्रुटिपूर्ण हुनुको अतिरिक्त का.न.पं. को मिति २०४५।४।३२ को फैसलाले मेरो संविधान प्रदत्त हकमा आघात पारेको हुँदा उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी फैसला बदर गरिपाउँ र निवेदनको टुंगो नलागेसम्म फैसला कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर । ६. यसमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ७. कि.नं. ६८ बाट कि.का. भई कि.नं. २२८ कायम भएको जग्गामा कुनै किसिमको घर छैन कानुनी प्रकृया पूरा गरी म जग्गा धनी कायम भएको उक्त जग्गामा मोही छैन । बिना सबूत प्रमाण आफू मोही भएको र घरवारीको रुपमा जग्गा उपभोग गरी आएको भन्ने निवेदकको उजूरी निरर्थक छ । आवश्यक छानबीन गरी हक बेहक नदेखिए पछि नगरपञ्चायतले मेरो नक्शा पास गर्ने निर्णय गरेको र विकेन्द्रीकरण ऐनमा प्रष्ट व्यवस्था भए अनुसार प्रधानपञ्चले आफूलाई भएको अधिकार सदस्यहरुलाई प्रत्यायोजन गर्न पाउने नै हुँदा मेरो नक्शा पास गर्ने गरेको निर्णय बदर हुनु पर्ने होइन विपक्षीको रिटनिवेदन नै खारेज गरिपाउँ भन्ने समेत दिलमाया महर्जनको लिखितजवाफ । ८. कि.नं. २२८ को जग्गा धनी तथा मोही नक्शावाला दिलमाया नै हो भन्ने कुरा निजले पेश गरेको ज.ध.द.प्र