निर्णय नं. ४१९१ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१९१ - जबरजस्ती करणी भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४७/०४/३० ३६८३ निर्णय नं. ४१९१ ने.का.प. २०४७ अङ्क ८ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.ई.नं. २१ फैसला भएको मिति: २०४७।४।३०।३ मा निवेदक/प्रतिवादी : कपिलवस्तु जि.सिद्धिपुर वा.नं. ४ बस्ने सागरप्रसाद श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी : पूर्णकुमारी राना मगरको जाहेरीले श्री ५ को सरकार मुद्दा : जबरजस्ती करणी (१) मानिसको स्खलित वीर्य गुप्ताड्डमा देखिए पनि प्रमाणित नभएको अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरु कै हो भनी यकीन ठहर गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. २७) (२) जबरजस्ती करणीको उद्योग भएको भन्नेतर्फ स्वयं जाहेरवालीको कथन छैन, जबरजस्ती करणीको उद्योगको वारदात भएको तर्फको कुनै सबूद प्रमाण मिसिलमा देखिन्न, वारदात भएको भनिएको होटलमा रहेका अन्य व्यक्ति समेतले जबरजस्ती करणीको उद्योगतर्फ कुनै कुरा लेखिदिएको देखिन्न, तसर्थ शंकारहित तवरबाट यी प्रतिवादीहरु उपर वादी दावी अनुसारको अभियोग प्रमाणित हुन नआएकोले जबरजस्ती करणीको उद्योग गरेको तर्फ समेत प्रमाणको अभाव देखिने र अनुमानको आधारमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २७) डि.वे.का. ०४२।११।५ को फैसला ने.का.प. भाग २७, अड्ढ ११ पृष्ठ ९९६ मा प्रकाशित भएको । निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी/वादी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४२।११।५ मा भएको फैसला दोहर्याई पाउँ भनी प्रतिवादी सागरप्रसाद श्रेष्ठ समेतले न्यायिक समिति मार्फत चढाई पठाएको बिन्तिपत्र र सो सम्बन्धमा न्यायिक समितिको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४५।३।२ मा लेखी आए बमोजिम पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. ०३६।४।७ को रात प्रहरी गस्ती गर्दै जाँदा तौलिहवा बजार स्थित गुल्मेली होटल माथिल्लो तल्लामा गुहार गुहार भनी रोएको शब्द सुनी सो होटलमा १४ वर्षकी केटी अस्तव्यस्त स्थितिमा ७ जना मानिसहरु नजिकै रहेको सो केटीलाई सोद्धा मलाई यिनीहरुले जबरजस्ती भुँई तल्ला देखि माथिल्लो तल्लामा बोकी ल्याई जबरजस्ती करणी गरेका हुन भन्ने कुरा तत्कालै बताएको हुँदा उक्त मानिसहरुलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको ०३६।४।८।३ को प्रहरी ना.नि. मोहन सिं आलेको प्रतिवेदन । ३. म कोठामा सुतेको अवस्थामा ७ जना व्यक्तिहरु माथिल्लो तल्लामा सुत्न गएका थिए तिनीहरु मध्ये १ जना राती ११ बजेतिर मलाई जबरजस्ती तल्लो कोठाबाट माथिल्लो कोठामा लगी कसैले हात कसैले खुट्टा समेत समाई पालै पालोसंग मेरा इच्छा विरुद्ध जबरजस्ती करणी गर्दाको अवस्थामा म आत्तिई चिच्याई गुहार गर्दा प्रहरी पुगी जबरजस्ती गर्ने ७ सातै जनालाई पक्राउ गरी ल्याएकोले मलाई जबरजस्ती करणी गरेकाले निजहरुलाई कानुन बमोजिम कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णकुमारी राना मगर्नीको जाहेरी दर्खास्त । ४. पूर्णकुमारी राना म